Posts

होचा खेलाडीको रोचक प्रेमकथा...

Image
न्युयोर्क : एन्टोन क्राफ्ट, ५२ वर्षका भए। उनी शारीरिक सुगठनको दुनियाँमा कहलिएका खेलाडी हुन्। चार फिट चार इन्चमात्र अग्ला क्राफ्ट होचा खेलाडीको रूपमा आफूले बनाएको कीर्तिमानका कारण चर्चामा आउने गर्छन्।  तर पछिल्लो पटक भने उनी खेलका कारण नभएर प्रेमका कारण चर्चामा रहेका छन्। पछिल्लो समय क्राफ्ट आफूभन्दा निकै अग्ली महिलासँगको प्रेमका कारण चर्चामा आएका हुन्।

रोयललाई उपाधि...

Image
फोटो:- सिटी कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिसाथ  रोयल स्पोटर्स टिम। नेपालगन्ज-, चैत्र २१ - अनुभवी ब्याट्सम्यान महेश क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको रोयल स्पोर्ट्स क्लबले सिटी कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। सिटी कलेजलाई ६ विकेटले निराश पार्दै उसले ५० हजार धनराशिको पुरस्कार हात पारेको हो । सिटीले २५ हजारमै चित्त बुझायो । नेपालगन्ज रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सिटीले निर्धारित २० ओभरमा १८ ओभर १ बल खेल्दै १ सय १३ को योगफल खडा गर्‍यो । उसका लागि गणेश क्षेत्रीले ५१, विनायक गिरीले १८ र रिजवान अन्सारीले १६ रन बनाए । रोयलका रोशन साहुले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । निजामुद्दिन अन्सारीले ३ तथा आकाश विष्ट १ विकेट लिन सफल भए । १ सय १४ रनको लक्ष्य पछ्याएको रोयलले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजय लक्ष्य भेट्टायो । उसका लागि अनुभवी खेलाडी महेश क्षेत्रीले ४०, सुवेन्दु पाण्डेले २९ र आशिष आचार्यले १९ रन बनाए । सिटीका बलर करण शाहले २, अफाक शेख र प्रभात शाहीले १-१ विकेट बाँडेका थिए । ४ विकेट लिएका विजेता टिमका रोशन साहु ...

नेमारले रोनाल्डो र मेसीलाई विस्थापित गर्ने

Image
म्याड्रिड / वर्तमान समयमा अर्जेन्टिनी लियोनल मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच श्रेष्ठताको होडबाजी चलिरहेको छ । पछिल्लो सात वर्षमा फिफा वर्ष खेलाडीमा रोनाल्डो वा मेसीमध्ये एकले बाजी मारेका छन् ।  यसकारण दुईमध्ये को श्रेष्ठ भन्ने चर्चा चल्ने गरेको पाइन्छ । मेसी र रोनाल्डोको जादु चलिरहँदा अन्य खेलाडी उनीहरुको नजिक नै पुग्न नसक्ने युरोपियन सञ्चारमाध्यमले जनाउने गरेका छन् । तर, म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले मेसी र रोनाल्डोलाई ब्राजिलयन युवा स्ट्राइकर नेमार जुनियरले विस्थापित गर्ने दावी गरेका छन् । ‘मेसी र रोनाल्डोलाई टक्कर दिने केबल नेमार नै हुन्, उनीबाहेक अन्य खेलाडीसँग त्यो क्षमता छैनन्,’ फर्गुसनले भने । फर्गुसनले रायन गिग्स, डेभिड बेकह्याम तथा रानाल्डोजस्ता उत्कृष्ट फुटबलरलाई विश्वलाई दिलाएका हुन् । बेकह्याम र रोनाल्डोले लामो समय इंग्लिस क्लब म्यानचेस्टरमै बिताएका थिए । यी दुवै खेलाडीलाई निखार्ने काम प्रशिक्षक फर्गुसनले गरेका थिए । ‘जसरी बेकह्याम र रोनाल्डो फुटबलमा आफ्नो छाप राख्न सफल भएका छन्, नेमारले त्यो भन्दा बढि नाम राख्नेछन्,’ फर्गुसल भन...

Cristiano Goes Top Of The Facebook ‘Likes’

Image
London: The Real Madrid star has overtaken Shakira as the most popular star on the social networking website, racing well ahead of Lionel Messi and Neymar. Despite going through a rough patch on the field at Real Madrid, Cristiano Ronaldo remains a much-loved figure all over the world and has now become the most ‘liked’ person on Facebook. The Real Madrid star’s stature as one of the best footballers of all-time has grown recently as he won a second consecutive FIFA Ballon d’Or for 2014, which was his third overall. While Madrid has dropped to second in La Liga and was almost eliminated from the Champions League in midweek, the 30-year-old remains No.1 to the global audience. The attacker surpassed 100 million Facebook likes in October, but his stature on the social network site has grown since then as he currently has over 107 million fans. Unsurprisingly, Lionel Messi is the second-most popular footballer in the world on Facebook, with 78 million likes. Real Madrid has gathered o...

विराट चौथौ नम्बरमा

Image
विराट कोहली भारतीय खेलाडीमा ‘अब्बल’ भर्खरै सकिएको आइसिसी विश्वकपमा भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोहलीको धेरै आलोचना भयो। रंगशालामा उनकी प्रेमिका अनुष्का शर्मासमेत रहेको सेमिफाइनल खेलमा विराटले १३ बलमा १ मात्र रन बनाएर आउट भएपछि अनुष्का समेत आलोचनामा परिन्। कति प्रसंशकले त विराटको तस्विर समेत जलाए। तर आइसिसीले भने विराटलाई भारतका खेलाडीमध्ये अब्बल बनाएको छ। आइसिसीले तयार पारेको र्‍याङकिङमा विराट चौथौ नम्बरमा परेका छन्। एकदिवसीय क्रिकेटमा उनी भारतका पहिलो नम्बर ब्याट्सम्यान बनेका छन। भारतीय टिमकै शिखर धवन छैटौं  स्थानमा छन भने कप्तान महेन्द्रसिँह धोनी आठौं नम्बरमा परेका छन्। आइसिसीको नयाँ र्‍याङकिङमा ब्याटिङतर्फ दक्षिण अफ्रिकाका कप्तान एबी डीविलियर्स पहिलो नम्बरमा छन भने बलिङतर्फ अष्ट्रलियाका मिचेल स्टार्क पहिलो नम्बरमा रहेका छन्।

विश्वकप क्रिकेट २०१५ : ब्याटिङका सुपरस्टार...

Image
काठमाडौं, चैत १५ - अष्ट्रेलियाले उपाधि जितसँधै विश्वकप क्रिकेट २०१५ सकिएको छ । यो विश्वकपमा केहि नाम चलेका र आशा गरिएका खेलाडी फ्लप भए भने केहि खेलाडी नयाँ स्टार बनेर उदाय । यो विश्वकपमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका १० ब्याट्सम्यान : १. मार्टिन गुप्टिल, न्युजिल्याण्ड न्युजिल्याण्डका मार्टिन गुप्टिल एघारौं विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । आफ्नो टोलीलाई विश्वकपको उपाधि जिताउन नसकेपनि गुप्टिल विश्वकपको इतिहासमा एकै खेलमा सबैभन्दा धैरै रन बनाउने खेलाडी समेत बने । वेश्ट इण्डिजविरुद्धको खेलमा अविजित २ सय ३७ रन बनाएका गुप्टिलले विश्वकपमा खेलेका ९ खेलमा ६८ दशमलव ३७ को औसतमा कुल ५ सय ४७ रन बनाए । गुप्टिलले यस विश्वकपमा दोहोरोशतक सहित २ शतक र एक अर्धशतक प्रहार गरे । गुप्टिलले यो  विश्वकपमा सर्वाधिक ५९ चौका प्रहार गरे ।  २.कुमार सांगाकारा, श्रीलंका विश्वकपमा एकमाथि अर्को कीर्तिमान बनाएका श्रीलंकाका कुमार सांगाकारा यस विश्वकपमा सर्वाधिक रन हान्ने खेलाडीको सूचिमा दोश्रो स्थानमा रहे । ७ खेलमा ४ शतक प्रहार गरेका सांगाकाराले १ सय ८ को औसतमा ५ सय ४१ रन बनाए । उनले विश्वकप तथा ए...

ICC ले छान्यो ड्रिम टिम, भारतका एक जना पनि परेनन्...

Image
काठमाडौं, चैत १६  - आइसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसी टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ घोषणा गरेको हो । आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमसहित ५ खेलाडी परेका छन् । म्याकुलमलाई यो टिमको पनि कप्तान बनाईएको छ । भारत र पाकिस्तानका एक जना खेलाडी पनि यो टिममा परेनन् । विज्ञहरु सहभागी टिमले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ छनौट गरेको आइसिसीले स्पष्ट पारेको छ ।  आइसिसीका क्रिकेट सम्बन्धी जनरल म्यानेजर तथा टिम छनौट गर्ने टोलीका अध्यक्ष जिओफ अल्लार्डेकले १२ जना खेलाडी छनौट गर्न निक्कै कठिन भएको बताउनुभयो । यो विश्वकपमा २ दोहोरो शतक र ३८ शतक बनेको तथा बलरहरुले पनि २ ह्याट्रिकसहित २८ पटक ४ विकेट लिएका थिए । आइसिसीले घोषणा गरेको टिमको ब्याटिङ अर्डर : मार्टिन गुप्टिल – न्युजिल्याण्ड ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान) कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर) स्टेभेन स्मिथ – अष्ट्रेलिया एबी डि भिलियर्स – दक्षिण अफ्रिका ग्लेन म्याक्सवेल – अष्ट्रेलिया ...