Posts

अफगानिस्तान टी-२० विश्वकपका लागि छनोट: पपुवा न्यूगिनी बाहिरियो | Cricket

Image
टी-२० विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको हो। पपुवा न्यूगिनीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। अफगानले पहिलो बलमा नै भरपर्दा ब्याट्सम्यान मोहम्मद सेहजादको विकेट गुमाएको थियो। तर, नवरोज मंगोलले अविजित ६५ रनको पारी खेले। कप्तान अस्गरले २२ रन बनाए भने नजिबुल्लाह जादरानले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि चाल्र्स अनिमीले नटआउट ३७ रनको महत्वपूर्ण पारी खेलेका थिए।

India announce squad for Srilanka test

India are scheduled to fly to Sri Lanka on August 1 with the first Test at the Galle International stadium to be played on August 12.. INDIA SQUAD: ->Virat Kohli (c) ->Murali Vijay ->Shikhar Dhawan ->KL Rahul ->Cheteshwar Pujara ->Rohit Sharma ->Ajinkya Rahane ->Wriddhiman Saha (wk) ->Ravichandran Ashwin ->Harbhajan Singh ->Bhuvneshwar Kumar ->Varun Aaron ->Umesh Yadav ->Ishant Sharma ->Amit Mishra

पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट हुन

पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता हुने भएको छ माछापुच्छ्रे क्रिकेट क्लब पोखराको आयोजनामा साउन १६ गतेदेखि पश्चिमाञ्चलका क्लवहरुबीच लिग क्रिकेट हुने भएको हो। हप्तामा एउटमात्रै खेल हुने उक्त प्रतियोगिता ४ महिनासम्म चल्नेछ। प्रत्येक शनिबार नगर प्रशिक्षण केन्द्र नदीपुरमा खेलाइने खेल राउण्ड रोविनको आधारमाखेलाइने। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष दिपेश खत्रीलप्रतियोगितामा ८ टिमको सहभागिता रहने जानकारी दिए। हरेक टिमले अन्य सबै टिमसँग प्रतिष्पर्धा गनुपर्नेछ। नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष खत्रीले बताए। प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, बलर, व्याट्सम्यान, फिल्डर र सर्वोत्कृष्ट क्याचरलाई पुरस्कृत गरिने खत्रीले बताए। प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए।

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी  | Cricket

Image
काठमाडौं, श्रावण ७ । श्रीलंका विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले जितेको छ। बुधबार राती सम्पन्न चौथोे एकदिवसीय खेल ७ विकेटले जित्दै पाकिस्तानले श्रीलंकाली भूमिमा शृङ्खला कब्जा गरेको हो। ५ खेलको एक दिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल खेल्नुपर्व पाकिस्तानले ३/१ को जित निकालेको हो। बुधबार सम्पन्न चौथो एकदिवसीय खेलमा श्रीलंकाले पेश गरेको २ सय ५७ रनको लक्ष्य पाकिस्तानले ४१ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानका लागि अहमद सेहजादले ९५ रन तथा मोहम्मद हफिजले ७० रनको योगदान दिए। बलिङतर्फ श्रीलंकाका लसिथ मालिङगा, मिलिन्दा सिरिवर्दना र सुरङगा लक्मलले एक–एक विकेट झारे। यसअघि टस जितेर पहिले व्याटिङ गेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो। श्रीलंकाका लागि थिरिमानेले सर्वाधिक ९० रन तथा तिलकरत्ने दिलसानले ५० रनको योगदान दिए।

अलराउन्डर सागर पुन र बलर जितेन्द्र मुखिया स्वदेश आइपुग

Image
राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सागर पुन र बलर जितेन्द्र मुखिया स्वदेश आइपुगेका छन्। ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपाली टोली आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा छ। स्कटल्यान्डमा नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने योजना बनाएको छ। नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग ५० ओभरको दुई खेल खेल्नेछ उक्त टोलीमा नअटाएका उनीहरूसँगै ओपनर एवं विकेटकिपर सुवास खकुरेल र विनोद भण्डारी पनि नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ(क्यान)का महासचिव उत्तम कर्माचार्यले जनाएका छन्।

नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यास खेल खेल्न

Image
टोलीमा नअटाएका ओपनर एवं विकेटकिपर सुवास खकुरेल र विनोद भण्डारी पनि नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव उत्तम कर्माचार्यले जनाएका छन्। स्कटल्यान्डमा नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यासखेल खेल्ने योजना बनाएको छ। नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग ५०ओभरको दुई खेल खेल्नेछ। प्रशिक्षक पुबुदु दासानायकेका अनुसार नेपालले लिग च्याम्पियनसिपअघि स्थानीय टोलीसँग अभ्यास खेल्ने छ। उनले भने, 'हामीले स्कटल्यान्डको स्थानीय क्लबसँग दुई खेल खेल्ने प्रयास गरिरहेका छौं। यसले टोलीलाई च्याम्पियनसिपअघि कमजोरी सुधार्न सहयोग गर्नेछ।'

नेदरल्याण्ड ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट | Cricket

Image
आयरल्याण्ड-  नेदरल्याण्ड ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट भएको छ। मंगलबार राती भएको खेलमा नामिबियालाई ४ विकेटले हराउँदै नेदरल्याण्डले बिश्वकपमा स्थान सुरक्षित गरेको हो। नामिबियाले दिएको १ सय ३६ रनको लक्ष्य नेदरल्याण्डले १९ दशमलब २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो। नेदरल्याण्डसँगै सन् २०१६ मा हुने विश्वकपका लागि आयोजक आयरल्याण्ड र स्कटल्याण्ड तथा हङकङ छनौट भएका छन्। छनौट प्रतियोगितामा बुधबार नामिबिया र ओमान तथा अफगानिस्तान र पपुवा न्युगिनीबीच खेल हुनेछ। हङकङसँग हारेपनि आज पपुवान्युगिनीसँग जिते अफगानिस्तानको विश्व कपमा पुग्ने सम्भावना हुनेछ ।