Posts

न्यूजिल्याण्ड १० विकेटले विजयी| ODI CRICKET

Image
जिम्बाबे विरुद्धको पहिलो एक दिवसीय म्याचमा ७ विकेटले पराजित भएको न्यूजिल्याण्डले दोस्रो म्याचमा मंगलबार शानदार पुनरागमन गर्दै कीर्तिमानी जितहात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले विना विकेटको क्षतिमा जित हात पारेको हो। न्यूजिल्याण्डका प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल र टमलथमले अविजितशतकीय पारी खेलेका थिए। गुप्टिलले ११६ र लथमले ११० रन बनाए। जिम्बाबेका लागि सिकन्दर रजाले अविजित १०० रन बनाएका थिए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमलेविना विकेटको क्षतिमा यति ठूलो लक्ष्य पछ्याउँदै जित हात पारेको यो पहिलो अवसर हो। यस अघि श्रीलंकाले सन् २०११ मा विश्वकप क्वार्टर फाइनलमा इंग्ल्याण्डविरुद्ध २३१ रनकोलक्ष्य पछ्याउनेक्रममा विकेट नगुमाइ जित हात पारेको थियो।

भूकम्प पीडितको सहयोगार्थ मलेसियामा क्रिकेट प्रतियोगिता हुने  | Cricket

Image
काठमाडौं, श्रावण २० । बैशाख १२ को गोरखा भूकम्पका पीडितको सहयोगार्थ रकम संकलन गर्न मलेसियामा साउन २४ गते हुने मैत्रिपूर्ण क्रिकेटका लागि टिम घोषणा गरिएको छ।  मलेसियाली क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसँग सहकार्य गर्दै क्यान–११ र विश्व–११ टिमबीच मैत्रिपूर्ण क्रिकेट गराउन लागेको हो।  क्यान–११ टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, महबुब आलम, राजेश पुलामीमगर, सोमपाल कामी र अनिल मण्डल छन्। १३ जनाको क्यान टिममा सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण र करण केसी पनि अटेका छन्।  यता, विश्व ११ को कप्तानी श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्याले गर्दैछन्। जयसूर्याले क्रिकेट खेलेर भूकम्प पीडितलाई सघाउने मौका पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।  अन्य खेलाडीमा पाकिस्तानी विकेटकिपर रसिद लतिफ, बंगलादेशी खेलाडीहरु अमिनुल इस्लाम, सोहाग गाजी र अब्दुर रज्जाक छन्। त्यस्तै भारतीय खेलाडी विनुगोपाल रावो, अष्ट्रेलियाका खेलाडीद्धय मार्कस स्टोनिस र स्टिभ ओकिफ, सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका खेलाडीहरु सुरेश नभरत्नम र अहमद फैज रहेको ने...

क्यान ११ विरुद्ध हुने क्रिकेटमा विश्व ११ को कप्तान सनथ जयसूर्या | Cricket

Image
काठमाडौं, साउन १९ - आउँदो आइबार मलेसियामा हुने क्यान ११ विरुद्धको खेलमा विश्व ११ का तर्फबाट श्रीलंकाली पूर्व कप्तान सनथ जयसूर्याले नेतृत्व गर्ने भएका छन्। वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट पीडितहरुको सहयोगका लागि रकम संकलन गर्न मलेसियामा ब्याट फर नेपाल शीर्षकमा क्यान ११ र विश्व ११ बिच क्रिकेट खेल हुन लागेको छ। क्यान ११ विरुद्ध खेल्ने अरु खेलाडीमा पाकिस्तानका क्रिकेटर रसिद लतिफ विकेट किपर छन् । यस्तै भारतका विनुगोपाल राव, बंगलादेशका सोहाग गाजी र अब्दुर रज्जाक, अष्ट्रेलियाका स्टेभ ओकेफ, मार्कस स्टोनिस, सिंगापुरका चेतन नवरत्नम र मलेसियाका सुरेश नवरत्नम तथा अहमद फैज पनि विश्व ११ को टोलीमा छन् । क्यान ११ को कप्तान भने पारस खड्का रहने गरी क्यानले यसअघि नै नेपाल टिमको घोषणा गरिसकेको छ ।

Bat for Nepal | Squads

Sanath Jayasuriya, the batting legend of Sri Lanka & Paras Khadka are named as a captain of World XI & Nepal for "Bat For Nepal". SQUADS World XI squad: >Sanath Jayasuriya (Srilanka) >Rashid Latif (Pakistan) >Abdul Razzaq (Bangladesh) >Sohail Gazi (Bangladesh) >Aminul Islam(Bangladesh) >Marcus Stoinis (Australia) >Faiz Noor (Malaysia) >Suresh Navaratnam(Malaysia) >Venugopal Rao (India) >Chetan Suryawansi (Singapore) Nepal squad: >Paras Khadka (C) >Gyanendra Malla >Sharad Vesawkar >Mehaboob Alam >Karan KC >Rajesh Pulami Magar >Sompal Kami >Anil Mandal >Raju Rijal (wk) >Avinash Karn >Shakti Gauchan >Siddhant Lohani >Bhuwan Karki

सिद्धान्त लोहनी र राजु रिजाल "ब्याट फर नेपालमा"

Image
ब्याट फर नेपाल अभियान अन्तर्गत विश्व ११ सँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १३सदस्यीय नेपाली टोली घोषणा भएको छ। आइतबार किनरारा ओभलमा हुने खेलमा विश्व ११ को कप्तानी भने श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्नेछन्। लेजेन्डहरुसँगको खेलका लागि नेपाली टोलीमा यू-१९ का कप्तान राजु रिजाल सफल भएका छन्। पहिलो पटक सिनियर टोलीमा मौका पाएका उनले विकेट किपरको भूमिका निभाउने छन्। भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन्। टी-२० विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यू गर्दै राम्रो प्रभाव छोडेका सिद्धान्त लोहनी पनि टोलीमा परेका छन्। क्यान ११ नाम दिइएको नेपाली टीमको अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, सदर भेसवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन्।

टेस्ट सिरिज बराबर | साउथ अफ्रिका v/s बङ्गलादेश | Cricket

Image
बंगलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट सोमबार बराबरीमा टुंगेको छ। टेस्टको अन्तिम चार दिन लगातारको वर्षाले सम्भव भएको थिएन। सेर ए बंगला स्टेडियममा पाँचौं दिन बिहान मैदान खेल्न योग्य नभएपछि टेस्ट बराबरीमा टुंगेको घोषणा गरिएको थियो। टेस्टको पहिलो दिन मात्र खेल सम्भव भएको थियो र त्यसमा बंगलादेशले पहिले ब्याटिङ गर्दै आठ विकेट क्षतिमा २ सय ४६ रन बनाएको थियो। त्यस क्रममा दक्षिण अफ्रिकी बलर डेल स्टेयनले आफ्नो चार सय विकेट पूरा गरेका थिए। चटगाउँमा भएको पहिलो टेस्ट पनि वर्षाले प्रभावित रहेपछि बिनानिर्णय टुंगेको थियो।

Ervine stars in big Zimbabwe win

Image
International century to help Zimbabwe pull off a brilliant seven-wicket win over New Zealand in the first One-Day International on Sunday (August 2). That was after Ross Taylor (112 not out) and Kane Williamson (97) continued their spectacular form to help New Zealand rack up 303 for 4 after being inserted at the Harare Sports Club.  However, Ervine's unbeaten 130 off 108 balls helped Zimbabwe chase down the tall target comfortably as it got to 304 for 3 in 49 overs.  Ervine, promoted to No. 3 by Dav Whatmore, the coach, repaid the faith by going past his previous ODI best of 85.  Zimbabwe began its chase well with Hamilton Masakadza and Chamu Chibhaha putting on 74 for the opening wicket in 14.5 overs. Nathan McCullum, the off-spinner, broke through when Chibhabha was castled for 42.  Ervine then joined Masakadza and the duo utilised the good platform by further consolidating through a second-wicket stand that fetched Zimbabwe 120 runs.  It was McCullum who st...