Posts

सर्वोच्च अदालतमा डा. केसीको जवाफ

Image
डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि आफूले गरेको संघर्ष र त्यसमा सरकारले गरेको सम्झौतालाई कसैले हक खोसेको रुपमा अर्थ लगाउन नमिल्ने बताएका छन् । नेपालमा जथाभावी रुपमा मेडिकल कलेज खोल्नुहुन्न भनेर आफूले गरेको संघर्षको फलस्वरुप नै राष्ट्रि्रय चिकित्सा शिक्षा आयोग विधेयक संसदमा दर्ता भएको र त्यो पारित नहुञ्जेल नयाँ सम्बन्धन नदिने भनी सरकारले आफूसँग गरेको सम्झौताले कसैको हक हनन नहुने केसीको जिकीर छ । झापाका स्थापना गरिएको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंले सरकार लगायत केसीलाई विपक्षी बनाई दायर गरेको रिटको लिखित जवाफ पेस गर्ने क्रममा डा. केसीले आफूले गरेको संघर्षका कारण कसैको हक हनन नभएको स्पष्ट पारेका हुन् । केसीसँग सरकारले गरेको सम्झौताका कारण आफूले सम्बन्धन नपाई अन्यायमा परेको दाबी गर्दै प्रसाईंले सम्झौता खारेज गर्न माग गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथिको सुनुवाईपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश सुनाइसकेको छ ।   ‘हाम्रो अभियानको उपलब्धिस्वरुप सरकारले माथेमा कार्यदल बनाई प्रतिवेदनको स्वामित्व लिएको छ । प्रति...

आत्महत्या प्रकरणमा : दिपकराज गिरीले दिए यस्तो जवाफ

कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै  नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । उनले चलचित्र पाइरेसी गरेको आरोपमा समातिएका भाइहरुको नियत खराब नरहेकोले प्रहरीलाई आफुले समेत छाडिदिन आग्रह गरेको र सुवेदी हिरासतमुक्त भएको बताएका छन् । तर हिरासतमुक्त भएलगत्तै सुवेदीले आत्महत्या गरेका थिए । त्यो खबर बाहिर आउनासाथ सामाजिक सञ्जाल लगायत मिडियाहरुमा समेत कलाकार गिरीसँग जोडिएर समाचारहरु आइरहेका छन् । कलाकार दिपकराजले अनावश्यक ढंगले घटनालाई नउचाल्न समेत सर्वसाधारण र सञ्चारमाध्यामहरुलाई आग्रह गरेका छन् । सुवदीको मृत्युको खबरले आफुलाई समेत दुःखी बनाएको जनाउँदै उनले सो घटनामा एक प्रतिशत मात्र गल्ती सावित भए आफुहरु सजायको भागिदार हुन तयार रहेको समेत बताएका छन् । गिरीले २०७० सालमा पनि ‘छ एकान छ’ चलचित्र पाइरेसी भएको र त्यसबेला पनि केही युवाहरुलाई प्रहरीलाई अनुरोध गरेरै छाड्न लगाएको स्मरण गरेका छन् । प्रहरीले सुवेदीको आत्महत्या प्रकरणको...

नेप्से सामान्य अंकले ओरालो

बजारमा कारोबार शुरु भएको एक घण्टामै नेप्से परिसूचक घटेर १४५७ अंकमा पुगेको थियो । त्यस पछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको देखिन्छ । बजार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ८१ अंकले घटेर १४६२ दशमलब २३ अंकमा अडिएको छ । सामान्य अंकले घटेको बजारमा ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ रहेको छ । सो दिन कुल १३३ कम्पनीको १२ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८६० रुपैयाँ रहेको छ । सोही बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । बुधबार इन्स्योरेन्स र विकास बैंक समूूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बी...

७० प्रतिशत नेपालीको बैंक खाता यसै बर्षभित्र

अर्थमन्त्री कृष्ण बहादुर महराले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ सार्वजनिक गर्दै यसै आव भित्र ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने घोषणा गरेका हुन् । मन्त्री महराले द्धन्द्धकालमा विस्थापित भएका बैंकका शाखाहरु पुनस्थापित गर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई गाउँगाउँमा शाखा विस्तार गर्न प्रोत्साहन गर्ने, वित्तिय साक्षरता अभियानलाई तिब्र बनाउने लगायतका योजना मार्फत ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने दावी गरेका हुन् । उनले एक व्यक्ति एक बैंक खाता कार्यक्रम अन्तर्गत शुन्य मौज्दातमा खाता खोल्ने अभियान चलाउने र सो वापतको सेवा शुल्क बैंक तथा वित्तिय संस्थालाई सरकारले नै उपलब्ध गराउने नीति रहेको पनि जानकारी गराए । राष्ट्रिय बाणिज्य बैंकले द्धन्द्धकालमा विस्थापित आफ्ना ६५ शाखा पुनस्थापित गराउने तयारी अघि बढाएको जानकारी पनि मन्त्री महराले दिएका थिए । ग्रामिण क्षेत्रमा पुगेर उत्पादन मुलक क्षेत्रमा केन्द्रिय बैंकले तोके भन्दा बढि कर्जा प्रवाह गर्ने बैंकलाई प्रोत्साहन उपलब्ध गराउने पनि उनले घोषणा गरे । उनले ब्याजदर करिडोरलाई कडाईका साथ लागु गर्ने,...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट आयो

Image
सारा संगीतप्रेमीलाई स्तब्ध पार्ने गरी शनिबार लन्डनस्थित नर्थहोल्टको आफू बस्ने घरकै बाथरुममा झुण्डिएको अवस्थामा यमबुद्ध (अनिल अधिकारी) फेला परेको खबर आयो।योसँगै अनेकले अनेक थरिका अनुमानहरु गर्न थाले। केहीले अर्का गायक कुल पोखरेलको जस्तै ड्रग्स ओभरडोज मृत्युको कारण हुनसक्ने अनुमान गरे। तर आज सोमबार गरिएको पोस्टमार्टमको रिपोर्टले त्यस्ता अनुमानलाई फेल खुवाएको छ। यमबुद्धसँग नजिक रहेका लन्डनस्थित स्रोतले जनाए अनुसार लन्डनमा रहँदा उनले ड्रग्स लिने गरेको कसैलाई पनि थाहा छैन।के के भेटियो त पोस्टमार्टम रिपोर्टमा? पोस्टमार्टममा धेरैले अनुमान गरे जस्तो ड्रग्सको मात्रा केही पनि भेटिएन।पोस्टमार्टम रिपोर्टमा अल्कोहलको मात्रा देखियो। परिवार निकट स्रोतका अनुसार राति कामबाट फर्केर श्रीमतीसँग बसी केही वाइन खाएका थिए उनले। पोस्टमार्टममा उनको बंगारा भाँच्चिएको देखियो। झुण्डिँदा यस्तो हुने भएकोले हो कि यसलाई पनि रिपोर्टमा शंकास्पद मानिएको छैन।यसबाहेक कोठामा यमबुद्धले आफ्नो पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेको भेटिएको छ। किन त्यसरी पासपोर्ट च्याते उनले त्यो भने थाहा हुन सकेको छैन।

गुडिरहेको रेलमा सेल्फी : ज्यानै गयो

दिल्लीमा एक किशोरको समूह होडबाजी गर्दै गुडिरहको रेलसँग सेल्फी लिन रेलको लिगमा पुगेका थिए ।फोटो लिने क्रममा उनीहरुले आफू नजिकै रेल आईरहेको देखेका थिए, रेल आएको देखेर तुरुन्त लिग बाहिर निस्किएका उनीहरु मध्ये दुई जनाको भने विपरीत दिशाबाट आएको रेलले किचेर मृत्यु भएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रेल वे पुलिस अधिकृतले जनाए अनुसार फोटो खिच्नको लागि उनीहरुले व्यवसायिक क्यामरा भाडामा लिएका थिए । घटनास्थलबाट प्रहरीले लिएको उक्त क्यामरामा कैद भएको भिडियोमा ती किशोरहरु पालै पालो एक लिगबाट अर्को लिगमा हामफालेको देखिएको प्रहरीले जनाएको छ । 

Six That Left The Cricketing World In Awe

Image
Virat Kohli  28-year-antique played an imperious knock in the 1st ODI to proclaim happening India chase the length of England's 350-control set sights on. Kohli was dismissed for 122, but his sheer presence and shot-making deed deflated the England bowling onslaught ably in the in front the halt. The stylish right-hander showcased all facets of his game - fitness, correctness and firm batsmanship. But as much as his orthodox shots drew approbation, it was the sheer audacity of a six he hit that made this knock even more memorable, a shot that will allocation Indian cricket's landmark footage, along taking into consideration Mahendra Singh Dhoni's 2011 World Cup loud winning shot. Be it ODI or T20 cricket, the Indian captain showcases textbook batting technique at all grow pass. On Sunday even though, Kohli horrified the cricketing world gone a rather unique shot. In the 34th more than, the Delhi batsman executed a breathtaking fragment of finishing to hit Chris Woakes f...