क्यानले आइसिसीको साधारणसभालाई महत्व दिएन

नेपाल क्रकेट संघ (क्यान)लाई सबैभन्दा बढी आर्थिक सहायता दिने निकाय हो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)। सैद्धान्तिक रुपमा आइसिसीले आफ्ना सदस्यहरुलाई दिने आर्थिक सहायता साधारण सभामार्फत तय गर्नेगर्छ। तर, कार्यबाहक अध्यक्ष दीपक कोइराला नेतृत्वको क्यानको वर्तमान टोलीले भने आइसिसीको त्यही महत्वपूर्ण साधारणसभालाई बेवास्ता गरेको छ। क्यानको असक्षमताका कारण आइसिसीको साधारणसभामा नेपालको सहभागिता नै अनिश्चित देखिएको छ।

      बार्बाडोसमा आइसिसीको साधारणसभा सुरु हुन अब मुस्किलले पाँच दिन बाँकी हुँदा नेपालको सहभागिता नै अन्योलमा परेको छ आइसिसीको साधारणसभामा यसअघि क्यानका अध्यक्ष र महासचिवले सहभागिता जनाउने प्रचलन भए पनि कार्यवाहक अध्यक्ष कोइरालाले आफू सहभागी नहुने स्पष्ट पारिसकेका छन्। उनी प्रचलित अभ्यासलाई बेवास्ता गर्दै आसन्न टी–२० विश्वकप छनोट प्रतियोगितामा टोली नेता बन्ने तयारीमा छन्।

अध्यक्ष कोइरालाले आफू नजाने जनाइसकेको अवस्थामा आफ्नो प्रतिनिधिसमेत तय गर्न सकेका छैनन्। क्यानले यसअघि महासचिव उत्तम कर्माचार्य र सदस्य अरुण सत्याललाई बार्बाडोस पठाउने निर्णय गरेको थियो। यद्यपि यी दुईले समेत बेइमानी गरेको खुल्न आएको छ। आइसिसी साधारणसभामा सहभागी हुन बार्बाडोस जानुपर्ने भएपछि महासचिव कर्माचार्य र सदस्य सत्यालले अमेरिकाको भिजिट भिसाका लागि आवेदन दिएका थिए । तर, त्यसका लागि अमेरिका आउन आवश्यक नदेखिए पछि अमेरिकी दूताबासले उनीहरु दुवैको भिसा अस्वीकार गरिदिएको छ।

     क्यानले फेरि अनुरोध गरेपछि दूताबासले महासचिव कर्माचार्यलाई भने शुक्रबार बोलाएको छ। दूताबासले यसपटक पनि भिसा अस्वीकार गरे आइसिसीको साधारणसभामा नेपालको सहभागिता नहुने पक्का भएको
छ। दूताबासले शुक्रबार नै भिसा दिए पनि महासचिव कर्माचार्यलाई सोबार बार्बाडोस पुग्न मुस्किल हुनेछ। महासचिव कर्माचार्य पनि सहभागी नभएको अवस्थामा नेपालले धेरै अवसर गुमाउन सक्नेछ। यसबाट यसअघि प्रदान गर्दै आइरहेको आर्थिक सहायता बारम्बार रोकिदिएको आइसिसीले यसमा थप कडाइ गर्नसक्छ। नयाँ पत्रिका दैनिकमा दीपेन्द्र गुरुङले खबर लेखेका छन् ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015