भारतीय क्रिकेट टिममा गुटबन्दी: महेन्द्रसिंह धोनी

असार ८ – भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी टिम भित्रको गुटबन्दीका कारण चिन्तित रहेको उनका निजी प्रशिक्षकले बताएका छन्। धोनीका निजी प्रशिक्षक चञ्चल भट्टाचार्यका अनुसार भारतीय टिममा गुटबन्दी रहेको र त्यो विशेष गरी ड्रेसिङ रुपमा देखिने गरेकाले धानी चिन्तित रहेको बताएका छन्।
यही चिन्ताका कारण धानीको प्रदर्शनमा असर परेको निजी प्रशिक्षक भट्टाचार्यले बताए। ड्रेसिङ रुममा वातावरण र टिमका सदस्यबीचको व्यवहार धोनीले चाहेजस्तो नरहेको भट्टाचार्यले बताए।

यस्तै उनले टिम निर्देशक रवि शास्त्रीको व्यवहारका कारण पनि धोनीको प्रदर्शनमा असर परेको आरोप लगाएका छन्। कप्तान धोनीले बंगलादेश विरुद्धको दोस्रो एक दिवसीयमा ६ विकेटले पराजित भएपछि टिमको प्रदर्शन सुधार हुन्छ भने आफू कप्तानी छोड्न तयार रहेको बताएका थिए।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015