क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको म्याद थप्न

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका
प्रशिक्षक पुबुदु दासानायकेको म्याद थप्ने
तयारी गरेको छ। मंगलबारबाट जिम्मेवारीमुक्त
भएका पुबुदुको बुधबार बस्ने क्यानको बोर्ड
बैठकले म्याद थप्ने तयारी गरेको हो। गतवर्ष
नेपाल सरकारसँग एक वर्षका लागि सम्झौता
गरेका पुबुदुको म्याद जून १५ सम्मका लागि
मात्र थियो। आजबाट जिम्मेवारीबाट मुक्त
भएका प्रशिक्षक दासानायके यतिबेला टी-
ट्वान्टी छनौट प्रतियोगिताको तयारीका लागि
नेपाली टीमसँगै भारतमा छन्। पुबुदुको म्याद
थपिएला कि नथपिएला भन्ने चासो व्याप्त छ।
नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक
महासचिव उत्तम कर्माचार्यले क्यानको
बुधबार बस्ने बैठकले पुबुदुको म्याद थप्ने
बताए। 'अहिले नेपाली टोली टी-ट्वान्टी
विश्वकप छनौटको तयारीमा छ। पुबुदुपनि सँगै
छन्,' कर्माचार्यले भने, 'यस्तोमा उनको म्याद
नथप्ने भन्ने कुरै आउँदैन।' कर्माचार्यले
पुबुदुलाई कति समयका लागि थपिन्छ भन्ने
निर्णय बोर्ड बैठकले गर्ने बताए। 'ढुक्क हुनुस्,
म्याद थपिन्छ,' उनले भने, 'भोलि बस्ने बोर्ड
बैठकले कति समयका लागि थप्ने भन्ने
निर्णय गर्नेछ।'
गत जूनमा आफ्नो थपिएको कार्यकाल सकिनु
अगावै आफ्नो बासस्थान क्यानडा फर्किएका
दासानायकेलाई थप एक वर्षका लागि
मन्त्रिपरिषद् बैठकले कार्यकाल थपेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक
दासानायकेलाई निरन्तरता दिन इच्छा
नदेखाएपछि नेपालको क्रिकेट उचाइमा
पुर्याउन योगदान पुर्याएका दासानायके
नेपालमा रहने या नरहने अन्यौल छाएको
थियो। तर, सरकार आफैलै उनको तलब र खर्च
ब्यहोर्ने निर्णय गरी उनलाई थप एक वर्षका
लागि प्रशिक्षक नियुक्त गरेको थियो। २०६९
चैतमा पनि क्यानले दासानायकेको कार्यकाल
एक बर्षका लागि थप गरेको थियो। पुबुदुले सन्
२०११ बाट नेपाली राष्ट्रिय टोलीको
प्रशिक्षकको जिम्मेबारी सम्हाल्दै आएका
छन्। उनी प्रशिक्षक भएपछि नेपालले विश्व
क्रिकेट लिग डिभिजन ४ र ३ मा उपाधि जितेको
छ। त्यस्तै एसिसी ट्रफीमा उनकै नेतृत्वमा
नेपालले संयुक्त अरब इमिरेट्ससँगै संयुक्त
विजेताको उपलब्धि हासिल गरेको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015