Posts

Showing posts with the label World

अन्तर्राष्ट्रिय घटनाक्रममा सन् २०१६: हाबी हुँदै अतिवाद

Image
सन् २०१६ लाई फर्केर हेर्दा यो वर्ष विश्व राजनीतिमा दक्षिणपन्थ तथा चर्को राष्ट्रवाद हाबी हुने क्रम तीव्र भएको देखिन्छ । यद्यपि यो क्रम वर्ष सुरु नहुँदै एसिया र युरोपबाट थालिइसकेको थियो ।   युरोपेली महासंघबाट बेलायत छुट्टिने निर्णय (ब्रेक्जिट) र अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजय यस वर्षका ठूला दुई घटना रहे । सिरियामा जारी युद्ध र शरणार्थीको बिजोग पनि चर्चामा रहे । घटनाहरू अलग अलग भए पनि यी सबै दक्षिणपन्थतिरको झुकाव, राष्ट्रवाद र अतिवाद प्रेरित थिए । सन् १९४५ तिर आरम्भ भएको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्था असफल हुँदै गएजस्तो देखियो । फ्रान्सिस फुकोयामाले सन् १९८९ मा ‘इन्ड अफ दि हिस्ट्री’ मा ‘अब उदारवादको जमाना’ आयो भन्ने टिप्पणी गरेका थिए । तर २०१६ का घटनाक्रमहरूले उदारवादकै ‘इन्ड अफ दि हिस्ट्री’ जस्तो अवस्था पो देखियो ।  यतिबेला संसारका विभिन्न मुलुकमा राष्ट्रियता र कट्टरपन्थको लहरै छाएजस्तो देखिन थालेको छ । औपचारिक मञ्चहरूमा ‘क्षेत्रीय सहकार्य’, ‘आपसी साझेदारी’ वा ‘विकासमा सहकार्य’ जस्ता नारा दोहोर्‍याइए पनि यथार्थमा मुलुकहरू एक्लाएक्लै अघि बढ्न थालेजस्ता देखि