Posts

Showing posts from May, 2015

८ हजार ९ सय ४४ रन पुरयौड़ै ​एण्डरसन र कुकले रचे इतिहास...

Image
जेठ १७ – ईंग्ल्याण्डका तिब्र गतिका बलर जेम्स एण्डरसन टेष्ट क्रिकेटमा सबैभन्दा बढि विकेट लिने इङलिस खेलाडी बनेका छन् । न्युजिल्याण्डसँग जारी दोश्रो टेष्टको दोश्रो दिन २ विकेट लिएका एण्डरसन टेष्ट क्रिकेटमा ४ सय विकेट लिने पहिलो बेलायती खेलाडी बन्दै इतिहास रचेका हुन् । यसअघि कुनैपनि इङलिस क्रिकेटरले टेष्ट क्रिकेटमा ४ सय विकेट लिएका थिएनन् । यससँगै टेष्ट क्रिकेटमा ४ सय विकेट लिने एण्डरसन १२ औं खेलाडी बनेका छन् । १ सय ४ औं टेष्ट खेलिरहेका  ३२ बर्षीय एण्डरसनले न्युजिल्याण्डका मार्टिन गुपटिलको विकेट लिँदै आफ्नो ४ सय विकेट पूरा गरेका थिए ।   यस्तै ईंग्ल्याण्डका कप्तान एलेस्टर कुक पनि टेष्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने इङलिस खेलाडी बनेका छन् । न्युजिल्याण्ड विरुद्धकै जारी टेष्टको पहिलो इनिङमा ७५ रन बनाएका कुकले यसअघि ग्राहम घोचको नाममा रहेको ८ हजार ९ सय रनको रेकर्ड तोडेका हुन् । कुककाे ८ हजार ९ सय ४४ रन पुगेकाे छ । झण्डै २ वर्षपछि लयमा फर्किएका ३० वर्षका कुक टेष्ट क्रिकेटमा सबैभन्दा बढि शतक बनाउने इङलिस खेलाडी समेत हुन् । उनले १ सय १३ टेष्टमा २७ शतक प्रहार गरेका छन् । सन् २०१३ को अन्त्यबाट

"मेरो प्यारो देश" खेल भन्दा फरक प्रसङ्ग: अशोक कुमार (लेख)

Image
नाम: अशोक कुमार, एडमिन: फेशबुक पेज: एन.पि. एल्  स्पोर्टस अस्थाई ठेगाना: मलेसिया हाल हाम्रो देश नेपाल, ठुलो प्राकृतिक प्रकोपको चपेटामा गुज्रिएको छ,जहाँ हजारौं मेरा नेपाली आमाबुवा दजुभाई दिदिबहिनी हरुले अकालमा ज्यान गुमाउनु पर्यो र लाखौंको घर बस्ने वास उठेको छ भने अरबौको क्षति भएको अबस्था छर परम्परा पूर्खा देखिको इतिहास पनि मेटाउने अबस्थामा विषम परिस्थितिको चपेटा बाट "म" पनि अछुतो भने छुइन। येस घडीमा नेपालर नेपालीको लागि बिश्व भरिबाट सहयोग आइरहेको छतर सधै सहयोगले मात्र पुग्दैन हामी आफै जुट्नु पर्छ र देशलाई पुनः पुरानै स्थितिमा होइन नयाँ ढंगले विकसित मुलुक मध्ये एक बनाउनु पर्छ । तर अहिले र पहिला देखिनै नेपाल र नेपालीको लागि केही गर्छौ र गरिएका छौँ भनि भ्रममा पार्ने नेपाली राजनैनिक पार्टीर ठुलो मैहु भनौंदा नेताज्यु हरुले अब भने पक्कै केही गर्ने बेला आएको छ र मौका पनियेहि हो सुध्रिने र सुधारने ! येस्तो परिस्थितिमा पनि जनताको मन जित्न सकेनन् भने अब त्यो नेतार पार्टीको अश्तित्व समाप्त हुने निश्चित छ ,यद्यपि यो मौकालाई सदुपयोग गरि देश र जनताको भाबनालाई कदर गरिदेश बिकास गरियो भने त्यो

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव...

Image
काठमाडौंमा पत्रकार सम्मेलन गरी सदस्यसचिव लामाले नेपाल क्रिकेट संघ क्यानमा भैरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र बिस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्नेमा  जोड दिनुभयो ।       लामाले सरकारको मातहतमा गठन गरिने बोर्डको नाम नेपाल क्रिकेट विकास बोर्ड राखिने प्रस्ताव सहित बोर्ड गठन गठन तथा सञ्चालन कार्यविधिसमेत सार्वजनिक गर्नुभयो। प्रस्तावमा कानूनी समस्या नभएको बताउँदै लामाले प्रस्ताव  मन्त्रिपरिषदबाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने दावी गर्नुभयोे ।           राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गर्नुभएको छ ।पत्रकार सम्मेनलमा उपस्थित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बोर्ड गठनपछि क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

 श्रीलंका क्रिकेट (एसएलसी) ले जनाए अनुसार, महिला क्रिकेटरसँग सेक्स प्रस्ताव गर्नेको जागिर खोसिएको छ......

Image
क्रिकेट बोर्डले सेक्स महिला क्रिकेटरसँगको सेक्स स्क्यान्डलमा फसेका तीन अधिकारीलार्इ बर्खास्त गरेको छ । यी अधिकारीलेमाथि राष्ट्रिय महिला टिमका खेलाडीसँग टिममा स्थान बनाउन सेक्स प्रस्ताव गरेको आरोप लागेको थियो । श्रीलंका क्रिकेट (एसएलसी) ले जनाएअनुसार पछिल्लो हप्ता सम्झौता समाप्त भएपछि यी तीन अधिकारीलार्इ जागिरबाट बर्खास्त गरिएको हो । आन्तरिक जाँचमा यीमध्ये दुर्इमाथि यौन उत्पीडन र तेस्रोमाथि महिला क्रिकेटरहरुलार्इ यौन दुर्व्यबहार गरेको घटनामा दोषी पाइएको थियो । बोर्डको विज्ञप्तिमा तीनमध्ये कसैले पनि महिला क्रिकेटरसँग शारीरिक सम्बन्ध राखेको प्रमाण नभेटिएको जनाइएको छ । तर जाँचका क्रममा भनिएअनुसार दुर्इ पुरुष अधिकारीले भने महिला क्रिकेटरमाथि यौन दुर्व्यबहार गरेको देखिएको छ । तेस्रा व्यक्ति भने महिला क्रिकेटरमाथि अनुचित व्यबहार गरेकोमा दोषी पाइएका छन् । यसभन्दा अघि खेल मन्त्रालयले अघिल्लो हप्ता जारी गरेको वक्तब्यमा टिमका दुर्इ म्यानेजरले महिला क्रिकेटरसँग यौन सम्बन्ध राख्न प्रस्ताव राखेको पुष्टि गर्दै उनीहरुविरुद्ध कारबाही थाल्ने जनाएको थियो ।

फिफाका १४ अधिकारीमाथि अमेरिकामा छानविन सुरु ...

Image
काठमाडौं, जेष्ठ १४ । विश्व फुटबल महासंघ फिफाका ११ पदाधिकारीसहित १४ जनाविरुद्ध आर्थिक अनियमितता, घुसखोरी र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा छानबिन सुरु भएको छ । स्विट्जरल्याण्डको ज्युरीचमा बुधवार पक्राउ गरिएका ७ सहित अरु चार जना फिफा अधिकारी तथा तीन जना मार्केटीङ एजेन्टमाथि अमेरिकामा मुद्दा चलाइएको हो । यसरी मुद्दा चलाइएकामा फिफाका पूर्व एवं वर्तमान उपाध्यक्ष ज्याक वार्नर, जेफ्री वेबलगायत छन् । उनीहरुले पछिल्लो दुई दशकमा कम्तिमा १ सय ५० मिलियन अमेरीकी डलर बराबरको घूस लिएको अमेरिकी अभियोजनकर्ताहरुको दावी छ । सन् २०११ देखि जारी छानविनको क्रममा यी १४ जनाले लगातार आर्थिक अनियमितता गरेको, गैरकानूनी रुपले सम्पत्ति आर्जन गरेको तथा घूसखोरीको आधारमा विश्व फुटबलमा महत्वपूर्ण निर्णयहरु गर्ने गरेको भेटिएको अमेरीकी आरोप छ । संघीय जाँच ब्युरो एफबीआईले समेत छानविन गरिरहेको यस मुद्दा अहिले अमेरीकी न्याय विभागको मातहतमा न्यूयोर्कको पूर्वी जिल्लामा चलिरहेको छ । अभियोजनकर्ताहरुले पछिल्लो २४ वर्षको अवधिमा फिफा र विश्व फुटबलसँग सरोकार राख्ने ४७ वटा वित्तीय अपराधका प्रमाण आफूसँग भएको दावी गरेका छन् । जसम

नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायके अनुसार, तीन खेलाडीको टुंगो लाग्न बाँकी...

Image
नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक: पुबुदु दासानायके २०७२ जेष्ठ १४ बिहीवार, काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भारतमा हुने बन्द प्रशिक्षणबाट तीन खेलाडीको टुंगो लाग्ने बताएका छन्। उनले १५ सदस्यीय राष्ट्रिय टोलीमध्ये १२ खेलाडी निश्चित भइसकेको बताए। 'हामीसँग १२ जना खेलाडी जहिले पनि तयार छन्। बन्द प्रशिक्षणमा रहेका २२ खेलाडीमध्ये १० खेलाडी चार स्थानका लागि भिड्नेछन्। हामीसँग तीनजनाका लागि ठाउँ छ' हाल क्यानडामा रहेका दासानायकेले सामाजिक सञ्जाल फेसबुकमा गरिएको कुराकानीमा अन्नपूर्णसँग भने। नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न टिट्वेन्टी विश्वकप विश्वस्तरको छनोट र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारीका लागि २२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट गरेको थियो। उक्त टोलीले ५ देखि २० जुनसम्म भारतमा बन्द प्रशिक्षण गर्दैछ। आगामी ९ देखि २६ जुलाईसम्म आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वस्तरको छनोट प्रतियोगिता आयोजना हुँदैछ। नेपालले डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको अवे खेल २९ र ३१ जुलाईमा खेल्ने

हाइस्कोरिङ खेलमा पाकिस्तान विजयी

Image
पाकिस्तानी क्रिकेटर: सोएब मलिक  लाहोर (एएफपी), जेष्ठ १४ - सोएब मलिकले छ वर्षयता बनाएको आफ्नो पहिलो शतक मदतले पाकिस्तानले जिम्बावेविरुद्धको पहिलो डे–नाइट वान–डे मंगलबार राति ४१ रनले जित्यो र तीन खेलको सिरिजमा १–० को अग्रता लियो। दुई वर्षमा पहिलो वान–डे खेलिरहेका मलिकले ७६ बलमा १ सय १२ रन बनाए। त्यसमा १२ चौका र दुई छक्का सामेल थिए। पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट क्षतिमा ३ सय ७५ रन बनायो। पाकिस्तानले जिम्बावेविरुद्ध बनाएको अहिलेसम्मको उच्च स्कोर हो। कद्दाफी स्टेडियममा जिम्बावेले त्यसको जवाफमा ५० ओभर उपयोग गरेर पाँच विकेट क्षतिमा ३ सय ३४ रन बनायो। जिम्बावेले हारमा पनि सक्दो प्रयास भने जारी राख्यो। त्यसमा कप्तान एल्टन चिगुम्बुराले ९५ बलमा आक्रामक १ सय १७ रन बनाए। अन्त्यमा जिम्बावेका लागि पाकिस्तानले तेर्साएको उच्च रनरेट बाधक सावित भयो। चिगुम्बुराले दस चौका र चार छक्का प्रहार गरे। उनको यो पहिलो वान–डे शतक हो। यो पाकिस्तानविरुद्ध जिम्बावेको पनि उच्च वान–डे स्कोर हो। यसअघि जिम्बावेले पाकिस्तानविरुद्ध सन् २००२ मा बुलावायोमा भएको खेलमा नौ विकेट गुमाएर २ सय ९५ रन बनाएको थियो। चिगुम्बुर

​डी भिलियर्स बंगलादेश टेष्ट सिरिजबाट बाहिर

Image
जेठ १४ – दक्षिण अफ्रिकी क्रिकेट खेलाडी एबिडी भिलियर्सले जुलाईमा बंगलादेशसँगको टेष्ट श्रृँखला नखेल्ने भएका छन् । बंगलादेश विरुद्ध एक महिनापछि सुरु हुने सिरिजकै बेला पिता बन्ने भएपछि भिलियर्स टेष्ट नखेल्ने भएका हुन् । तर त्यसपछि हुने वन डे सिरिजमा भने भिलियर्सले सहभागिता जनाउने अफ्रिकन क्रिकेट बोर्डले जनाएको छ । भिलियर्सकी पत्नि डेनियल विल अहिले गर्भवती छिन् र एक महिनापछि आमा बन्नेवाला रहेको जनाइएको छ । निकै फर्ममा रहेका भिलियर्सले ९८ टेष्ट खेलीसकेका छन् । भिलियर्स लगातार टेष्ट खेल्ने खेलाडीको सुचीमा एलेन बोर्डर (१५३) ,एलेस्टर कुक (१११),मार्क वाग (१०७) र सुनिल गावस्कर (१०६) पछि पाँचौ स्थानमा रहेका छन् ।

भुकम्पको पिडा बिर्साउन चाहन्छन् क्रिकेटर...

Image
नेपाली क्रिकेट टिमका व्याट्सम्यान महेश क्षेत्री  त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको क्रममा  काठमाडौ, जेष्ठ १३ - आयरल्यान्ड र स्कटल्यान्ड सुहाउँदो पिचमा अभ्यस्त हुन तयारी सुरु हुने क्रममा थियो । त्यसका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरको नेट्सको एउटा विकेटमा मार्बल बिछ्याइएको थियो । बाउन्सी विकेटमा नेपाली ब्याट्सम्यानलाई अभ्यास गराउन । जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा हुने प्रतियोगिताका लागि नेपालको तयारी सुरु हुनै लागेको थियो । वैशाख १२ को महाभूकम्पले देशलाई मर्कायो । नेपाली खेलकुद पनि भूकम्पको चेपुवामा पर्‍यो । कीर्तिपुर मैदान घेरिएको पर्खाललाई पूरै लड्यो । पवेलियनहरू चर्किएका छन् । नेट्सको पूर्वतिरको भाग अघिल्लो साताको हावा हुरीले भत्काएर ढल्ने स्थितिमा पुर्‍याइदियो । त्यहीमुनि फास्ट बलिङमा ब्याट्सम्यानलाई तिर्खान मार्बल बिछ्याइएको थियो । प्रशिक्षक पुबुदु दासानायकेको यो योजना भूकम्प र त्यसपछिको हावाहुरीले सबै उडाइदियो । वैशाख १२ को भूकम्पमा उनी क्यानाडामै थिए । त्यसको केही समयपछि प्रशिक्षण सुरु गर्न उनी काठमाडौं आए । वैशाख २९ को भूकम्पले उनलाई पनि छोप्यो । भूकम्पले

महाभूकम्पको पीडा भुलेर विश्वकप क्रिकेटको तयारीमा छौं : पारस खड्का...

Image
काठमाडौं, जेष्ठ १२ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आसन्न ट्वेन्टी ट्वेन्टी बिश्वकप छनौट प्रतियोगिताको लागि तयारी सुरु गरेको छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण नेपाली टोलीले प्रतियोगिताको लागि तयारी सुरु गर्न सकेको थिएन । नेपाली टोलीका कप्तान पारस खड्काले आफुहरु भुकम्पको सम्पूर्ण पीडा बिर्सदै महत्वपुर्ण प्रतियोगिताको तयारीमा केन्द्रित भएको बताएका छन् । प्रतियोगिताको तयारीका लागी केही दिन पछि टोली भारत जाँदै छ । यस्तै, भारतको बसाइ सकिए पछि थप अभ्यास र मैत्रिपुर्ण खेलका लागी टोली इंगल्याण्ड र नेदरल्याण्ड जाने छ । सम्पूर्ण खेलाडीले कडा मिहेनत गरेका कारण प्रतियोगितामा राम्रो खेल खेल्दै बिश्वकपका लागी छनौट हुने लक्ष्य रहेको कप्तान खड्काले बताएका छन् । छनौट प्रतियोगिता आउँदो जुलाई ६ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजना हुँदै छ ।

ण्डले न्युजिल्याण्डलाई १ सय २४ रनले पराजित गर्दै २ खेलको श्रृँखलामा १–० अग्रता...

Image
जेठ १२ – इंग्ल्याण्ड भ्रमणमा रहेको न्युजिल्याण्ड पहिलो टेष्टमा ईंग्ल्याण्डसँग १ सय २४ रनले पराजित भएको छ । साेमबार राती सम्पन्न खेलमा ईंग्ल्याण्डले न्युजिल्याण्डलाई १ सय २४ रनले पराजित गर्दै २ खेलको श्रृँखलामा १–० अग्रता लिएको हो । ईंग्ल्याण्डको घरेलुमैदान लर्डसमा भएको खेलमा ईंग्ल्याण्डले दिएको ३ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पाँचौ दिन २ सय २० रनमै अल आउट भयो । दोश्रो इनिङमा न्युजिल्याण्डका कोरे एण्डरसनले ६७ र विजे वाटलिङले ५९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका कप्तान ब्रेण्डम म्याकुलम सहित ३ जना ब्याट्सम्यान खाता नखोल्दै पवेलियन फर्के । ईंग्ल्याण्डको जितमा स्टुवार्ड वोर्ड र वेन स्टोकले समान ३–३ विकेट लिए । लर्डसमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा ३ सय  ८९ र दोश्रो इनिङमा ४ सय ७८ रन बनाएको थियो । ईंग्ल्याण्डका लागि पहिलो इनिङमा जोए रुटले ९८, वेन स्टोकले ९२, जस वटलरले ६७ र मोइन अलीले ५८ रनको पारि खेलेका थिए । पहिलो इनिङमा न्युजिल्याण्डका ट्रेन्ट वोल्ट र म्याट हेनरीले समान ४–४ विकेट लिए । न्युजिल्याण्डले भने प

टोलीमा पर्न यौनसम्पर्कको प्रस्ताव

Image
फोटो: श्रीलंकाको खेलकुद मन्त्रालय २०७२ जेष्ठ ११ सोमबार, कोलम्बो : श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त अघि सारेको खुलासा गरेको छ। मन्त्रालयले बनाएको एक छानबिन समितिले महिला खेलाडीलाई यौनसम्पर्कका लागि बोर्ड पदाधिकारीले बाध्य बनाएको प्रमाण फेला परेको समाचारमा जनाइएको छ। आफ्ना केही पदाधिकारीले महिला क्रिकेटरलाई राष्ट्रिय टोलीमा पर्न यौनसम्पर्कको लागि बाध्य बनाएको आरोप लागेपछि श्रीलंकाली क्रिकेट बोर्डले गत नोभेम्बरमा छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा महिला खेलाडीलाई यौनसम्पर्कको प्रस्ताव राखिएको आरोप सत्य भएको उल्लेख गरिएको छ। 'छानविन समितिले श्रीलंकाली क्रिकेट बोर्डका महिला व्यवस्थापन समितिका केही सदस्यले राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाई यौनसम्पर्कका लागि बाध्य बनाएको प्रमाण फेला परेको' श्रीलंकाको खेलकुद मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा

आठौं आइपीएल क्रिकेट 2015 को उपाधी 2 दोश्रो पटक मुम्बईलाई..

Image
जेठ ११ – इंडियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राती भएको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बईले दोश्रो पटक उपाधी जितेको हो । कोलकताको इडन गार्डेनमा भएको फाइनल खेलमा मुम्बईले ४१ रनको सहज जित हात पार्यो । मुम्बईले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नइले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६१ रन बनाउन सक्यो । चेन्नइका लागि डोयन स्मिथथले ५७, सुरेश रैनाले २८ र मोहीत शर्माले २१ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य पदर्शन गर्न सकेनन् । मुम्बईको जितमा मिचेल म्यागघलनले ३ तथा लासिथ मालिङ्गा र हरभजन सिंहले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले लेण्डन सिमन्स र कप्तान रोहित शर्माको उत्कृष्ट ब्याटिङको मदतमा २ सय २ रनको विसाल योगफल तयार पारेको थियो । मुम्बईका लागि लेण्डन सिमन्सले ६८, रोहित शर्माले ५० तथा किरन पोलार्ड र अम्बति राइडुले समान ३६ रन बनाएका थिए । चेन्नईका डोयन ब्राभोले २ विकेट लिए । प्रतियोगिताको समुह चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको चेन्नई प्ले अफको पहिलो खेलमा पनि मुम्

८ औं IPL, २०१५ को " ट्रफी" कसले चुम्ला ?

Image
 इण्डियन प्रिमियर लिग ‘आइपीएल’ ट्वेन्टी–२० क्रिकेटको उपाधीको लागि आज मुम्बइ ईण्डियन्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । कोलकाताको ईडन गार्डनमा हुने खेल नेपाली समय अनुसार वेलुकी सवा ८ वजे सुरु हुनेछ । प्ले अफको पहिलो छनौट खेलमा चेन्नाई सुपर किङ्सलाई हराँउदै मुम्बई फाइनलमा उक्लेको थियो । उता मुम्बईसँग हारेपछि दोस्रो छनौट खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाखा लगाँउदै चेन्नाईले फाईनलमा स्थान बनाएको थियो । आइपिएल क्रिकेटको इतिहाँसमा सर्वाधिक सफल टोली चेन्नाईले दुई पटक उपाधि जितिसकेको छ भने मुम्बइ ईण्डियन्सले एक पटक मात्रै उपाधि जितेको छ । महेन्द्र सिंह धोनीको कप्तानीम रहेको चेन्नाई यो समेत ६ पटक फाइनलमा पुगिसकेको छ । उता मुम्बईको भने यो तेस्रो पटक फाइनल उपस्थिती हो । यी दुई टोलीहरुविच हालसम्मका खेल हेर्दा ११ पटक मुम्बई विजयी भएको छ भने १० पटक चेन्नाई विजयी भएको छ । प्रतियोगिताका सबै खेलको तथ्यांक हेर्ने हो भने चेन्नाईले ६० प्रतिशत खेल जितेको छ भने मुम्बईले ५७ प्रतिशत खेल जितेको छ ।

आइपिएल क्रिकेटको फाइनलमा चेन्नई र मुम्बई भिड्ने..

जेठ ९ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स्बीच खेल हुने भएको छ । शुक्रबार राती राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको चेन्नईले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो क्वालीफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । यसअघि पहिलो चरणको दुवै खेलमा चेन्नइले बैंगलोरलाई पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

 श्रीलंका क्रिकेटमा यौन प्रकरण, टिममा पर्न घुसको रुपमा ‘सेक्स’...

Image
कोलम्बो, जेष्ठ ९ - श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टिममा पर्नका लागि क्रिकेट बोर्डका केही सदस्यले खेलाडीको यौन शोषण गर्ने गरेको तथ्य फेला पारेको छ । श्रीलंकाको खेल मन्त्रालयद्वारा गठित जाँचबुझ समितिले टिममा स्थान पाउनका लागि खेलाडीहरुलाई यौन सम्पर्क राख्न दबाब दिने गरेको रिपोर्ट बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश निमल दिशानायकेको नेतृत्वमा गठित ३ सदस्यीय समितिको रिपोर्ट बुधबार मन्त्रालयलाई बुझाएको थियो । ‘समितिले बुझाएको अनुसन्धान रिपोर्टमा अधिकांश महिला क्रिकेटर माथि यौन शोषण हुने गरेको छ,’ खेल मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘उक्त अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन खेल मन्त्रीले आदेश गरिसक्नुभएको छ ।’ खेल मन्त्रालयद्वारा जारी वक्तव्यमा को–को उक्त अपराधमा संलग्न थिए, उनीहरू विरुद्ध के कस्ता प्रमाण फेला परे तथा संलग्नमाथि कस्तो कारवाही हुन्छ भन्ने बारे भने केही खुलाइएको छैन । हिन्दुस्तान टाइम्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक स्थानीय पत्रिका ‘दिवाइना’ले श्रीलंका महिला टिमकी अग्रज महिला खेलाडीलाई टिम व्यवस्थापनले यौन ईच्छा पुरे नगरेकै कारण टिमबाट

क्‍यानको छनोटप्रति खेलाडीको असन्तुष्टि, कप्तान र प्रशिक्षक पक्षपाती भएको आरोप...

Image
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले आसन्‍न टिट्वेन्टी विश्वकप विश्वस्तरको छनोट र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारीका लागि २२ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरेलगत्तै एक पूर्वअन्तर्राष्ट्रिय खेलाडीले गम्भीर आरोप लगाएका छन्। लामो समय राष्ट्रिय टोलीका लागि खेलेका अनुभवी स्पिनर सञ्जम रेग्मीले राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले छनोटमा पक्षपात गरेको आरोप लगाएका हुन्। 'बन्द प्रशिक्षणमा परेका खेलाडीमध्ये तीनचार जनामात्र राष्ट्रिय टोलीका लागि योग्य छन्, त्यसबाहेक अन्य सबै कप्तान र प्रशिक्षकका कारण परेका हुन्, किनभने उनीहरूको सम्बन्ध क्यानसँग अहिले राम्रो छ।' राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत सञ्जमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन। उनले नरेश बुढाऐर, अमृत भट्टराई,रामनरेश गिरीलगायत खेलाडी टोलीमा नपर्नु दु:खद भएको बताएका छन्। 'हो, उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न सकेका छैनन् तर राष्ट्रिय प्रतियोगितामा भने राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसमा पनि उनीहरू क्यानसँग केन्द्रीय सम्झौतामा छन्' सञ्जमक

Poll: Which team will win IPL 2015?

Image
Poll: Which team will win IPL 2015?

Eden to roll out sporting track for IPL final..

Image
Eden Gardens will sport a different look for Sunday's Indian Premier League (IPL) final. With home team Kolkata Knight Riders (KKR) failing to qualify for the playoffs, the huge cutouts of the Knights that adorned the stadium faade have all been replaced with pictures of the IPL trophy. Even the pitch may sport a new look. The final will be a repeat of the 2010 and 2013 finals with Chennai Super Kings and Mumbai Indians qualifying to compete for franchise cricket's most prized possession. The new track is unlikely to be a paradise for spinners, as is the norm with KKR's home games.        The finalists are unlikely to be tempted to go in with four spinners, a ploy that KKR skipper Gautam Gambhir used successfully to win their last two home matches against Delhi Daredevils and Kings XI Punjab. Only two pitches were used for KKR's seven home matches, one of which was washed out. The final will be played on a fresh track (pitch No. 4). With the Eden hosting four back-tobac

आइपिएल क्रिकेटको फाइनलमा मुम्बइ र चेन्नई भिड्ने

Image
काठमाडौं, जेष्ठ ९ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट प्रतियोगताको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुने भएको छ । शुक्रबार राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको बैङलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । १४० रनको झिनो चुनौति पार गर्न चेन्नईलाई पनि १९ दशमलव ५ ओभरसम्म कुर्नुपर्‍यो । उक्त लक्ष्य उसले ७ विकेट गुमाएर भेट्टायो । पहिलो क्वालिफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई हराएको थियो । फाइनल खेल आइतबार हुनेछ ।

आइपिएल क्रिकेटको फाइनलमा चेन्नई र मुम्बई भिड्ने...

Image
मुम्बइ– इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स्बीच खेल हुने भएको छ । शुक्रबार राती राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको चेन्नईले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो क्वालीफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । यसअघि पहिलो चरणको दुवै खेलमा चेन्नइले बैंगलोरलाई पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

NPL Sports: Poll, Which team will be the "European Champion" between of them...?

Image

भूकम्प पीडितलाई एसियाली खेलकुदका पदक विजेता खेलाडी जोडीको सहयोग..

काठमाडौं, जेठ ७ - अमेरिकालाई कर्मथलो बनाएर बसिरहेका एसियाली खेलकुदका काश्य पदक विजेता किशोर श्रेष्ठ र रजत विजेता सविता राजभण्डारीको जोडीले भुकम्प पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ प्रदान गर्नु भएको छ। यो रकम युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई किशोर–सविताको परिवारले हस्तान्तरण गर्नुभयो। रकम किशोरका बुबा दुर्गामान श्रेष्ठ र बहिनी सहाना श्रेष्ठ तथा सविताका दाजु प्रदिप राजभण्डारीले युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। साथै किशोर सविताका ११ वर्षिय छोरा जोसेफ श्रेष्ठ र ९ वर्षकी छोरी जेसिका श्रेष्ठले पनि १ लाख रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषलाई प्रदान गरियो। यी साना बालकहरुले आफूले जोगाएर जम्मा गरिरहेका पैसा भुकम्प पीडितको लागि प्रदान गरिएको हो। सहयोग रकम ग्रहण गर्दे युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विदेशमा रहेर पनि देशलाई विपत्ती परेको बेला सहयोग गरेकोमा यी खेलकुद पात्रलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो 'यो खेलाडीले गरेको यो प्रयासको उच्च मुल्यांकन हुनेछ।' सविता राजभण्डारी एसियाली खेलकुदका रजत पदक

विराट कोहली र क्रिस गेलको नयाँ कीर्तिमान...

Image
जेठ ७ – रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति भएको इंन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेट अन्तर्गतको एलिमिनेटर खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।राजस्थानलाई ७१ रनले पराजित गरेको बैंग्लोरले फाइनल प्रवेशका लागि शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । बुधबार रातिको खेलमा बैंग्लोरका मुख्य खेलाडी कप्तान विराट कोहली र क्रिस गेलले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । गेलले २७ तथा कोहलीले मात्र १२ रन बनाए । तर कोहली र गेलले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।वेस्टइंन्डिजका गेल र भारतीय टिमका उपकप्तान पनि रहेका कोहलीले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्म दुई हजार ३ सय १४ रन बनाएका छन् । जुन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्मकै सबै भन्दा ठूलो साझेदारी हो । उनीहरुले यो योगफलको रन ४७ इनिंग्समा बनाएका हुन् ।यस्तै दोस्रो नम्बरमा गौतम्म गम्भीर र विरेन्द्र सेहवाग छन् । यी दुईले ५६ इनिंग्समा दुई हजार ९७ रन बनाएका छन् । तेस्रो नक्बरमा माइकल हसी र मुरली विजय छन् । उनीहरुले ४९ इनिंग्समा १८ सय ६९ बनाएका छन् ।चौंथो नम्बरमा रहेका महेन्द

प्रतियोगिता बाट राजस्थान रोयल्स बाहिरियो...

Image
पुने: इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स बाहिरिएको छ। बुधबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ७१ रनले हरायो। हारसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै बैंग्लोरले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। शुक्रबार चेन्नइ सुपर किंग्ससँगको खेलमा जित निकाल्न सके बैंग्लोर फाइनलमा पुग्नेछ । बैंग्लोरका एवी डिबिलियर्स र मानदीप सिंहले ११३ रनको साझेदारी गरे। खेलमा टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो भने १८१ रनको लक्ष्य पाएको राजस्थान १९ औभरमा १०९ बनाएर अल आउटभयो।

नेपाली क्रिकेट टिमको प्रशिक्षणको जिम्मा बिसिसिआईलाई...

Image
काठमाडौं, जेठ ६ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको सम्पूर्ण व्यवस्था मिलाउने भएको छ। बिसिसिआईका सचिव अनुराग ठाकुरले बुधबार इमेल पठाएर नेपालमा गएको भूकम्पले गर्दा उत्पन्न परिस्थितिमा नेपालमै प्रशिक्षण गर्न सम्भव नभएकाले आउँदो जुन ५ देखि २० सम्म बिसिसिआईले नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको व्यवस्था मिलाएको जानकारी दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले आउँदो जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने आइसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनौट खेल तथा जुलाई २९ र ३१ मा आयरल्याण्ड विरुद्ध हुने आइसिसी वर्ल्ड क्रिकेट लिगमा सहभागी हुने राष्ट्रिय टिमका खेलाडीलाई बन्द प्रशिक्षणका लागि भारत पठाउने निर्णय गरेको थियो । यस्तै अभ्यास खेलका लागि प्रतियोगिता सुरु हुनु पूर्व नेपाली टोलीलाई बेलायत र नेदरल्याण्ड पठाइने क्यानले जनाएको छ । नेपाली टिममा ब्याटिङको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक र फिजियोको व्यवस्था गरिएकोे छ ।

T20/20 विश्वकप छनौटका लागि खेलाडी छानिए....

Image
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट र आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्स अन्तर्गत नेपाल र स्कटल्याण्डबीच हुने खेलमा सहभागी हुनका लागि बन्द प्रशिक्षणका लागि पारस खड्काको नेतृत्वमा २२ जना खेलाडीको छनौट गरेको हो । छनौटमा पर्ने खेलमाडीमा शरद भेशवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शक्ति गौचन छन् । यस्तै सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बाँस्कोटा र अनिल मण्डल पनि छनौटमा पर्न सफल भएका छन् । यसैगरी सिद्धान्त लोहनी, मोहम्मद आलम, राजेश पुलामीमगर, अविनाश कर्ण, महेशकुमार क्षेत्री, हरिशंकर साह र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनौट भएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जारी गरेको विज्ञप्तिामा उल्लेख छ । बन्द प्रशिक्षणपछि यिनै खेलाडीबाट नेपाली टिमको चयन गरिने क्यानले जनाएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेल आउँदो जुलाइ ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्

चेन्नाई सुपर किंग्स लाइ २६ रनले पराजीत गर्दै मुम्बई आइपिएलको फाइनलमा...

Image
मुम्बई: मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बई फाइनलमा पुगेको हो । खेलमा टस जितेर व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पाएको चेन्नइ १९ ओभरमा अल आउट भयो । उसले फाफ डू प्लेसिसको ४५ र सुरेश रैनाको २५ रनको योगदानले मात्र १६२ रन बनाउन सक्यो । चेन्नइले ८६ रन बनाउदा ४ विकेट गुमाइसकेको थियो । मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वाधिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरे । मुम्बइसँगको खेलमा हार व्यहोरे पनि चेन्नइले अर्को खेल खेल्न पाउनेछ । चेन्नइको अर्को खेल पर्सि शुक्रबार हुनेछ ।

Mumbai Indians won by 26 runs and seal a spot in the final...

Image
Lendl Simmons continued his sublime run-scoring form in Indian Premier League (IPL) 2015 as the West Indian cracked a pacy half-century to help Mumbai Indians amass 187/6 after they elected to bat first against Chennai Super Kings in Mumbai. The fine start helped Mumbai put up a big score and add more pressure on CSK. It eventually helped them win by 26 runs and seal a spot in the final. Simmons found an able partner in Parthiv Patel and the opening pair, after a fairly cautious start, gave their side a strong base for blitzy finish. The West Indian looked in the mood from the beginning as he smacked Ravichandran Ashwin, Ashish Nehra and Ravindra Jadeja for sixes in quick succession. Simmons, who notched up his fifth half-century of the competition, struck five sixes and three fours in his 51-ball innings. Along with Parthiv Patel (35), Simmons provided a solid opening stand of 90 runs at nearly 9 runs an over Opting to bat first, MI were again given a sound start by the right-left com

बैंग्लोर आइपिएलको अन्तिम चारमा (Repost)

Image
काठमाडौं – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल वर्षका कारण प्रभावित भएको छ । वर्षका कारण प्रभावित भएको खेल पानी पर्न नरोकिएपछि रद्ध भएको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १ दशमलव १ ओभरमा दुई रन बनाएको अवस्थामा खेल वर्षले प्रभावित भएको थियो । बैंग्लोलरका लागि कप्तान विरााट कोहलीले दुई बलमा एक तथा क्रिस गेलले पाँच बलमा एक रन बनाएका थिए । यसअघि बैंग्लोरमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दिल्लीका लागि क्वीटन डि ककले ६९, जेपी डुमिनीले नटआउट ६७ तथा श्रयस आइअरले २० रन बनाए । बैंग्लोरका युजबेन्द्र चहल र हर्सल पटेलले समान दुई दुई विकेट लिए । आइतबारको खेलपछि १४ खेलबाट १६ अंक जोडेको बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । बैंग्लोरले अन्तिम चार स्थान बनाएको छ । पहिलो चरणबाटै बाहिरिसकेको दिल्लीको भने समान १४ खेलबाट ११ अंक छ र उ पुछारबाट दोस्रो स्थानमा छ ।

आइपिएलमा मुम्बईद्वारा हैदरावाद पराजित...

Image
जेठ ४ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा मुम्बई इंन्डियन्सले सनराइजर्स हैदरावादलाई ९ विकेटले हराएको छ । खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा मात्र ११३ रन बनायो । हैदरावादका केएल राहुलले सर्वाधिक २५ रन बनाए भने अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन । हैदरावादले दिएको ११४ रनको लक्ष्य लिन्डेल सिमोन्सको ४८ र पार्थिव पटेलको ५१ रनको मद्दतले १३ दशमलव ५ ओभरमा मात्रै एक विकेट गुमाएर मुम्बईले लक्ष्य भेट्टायो । जितसँगै मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । आइपिएल क्रिकेटकै अर्को खेलमा  दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल वर्षका कारण प्रभावित भएको छ । खेलमा मिलेको एक अंकका कारण बैंगलोर अन्तिम चारमा पुगेको छ ।

Nepal can make the place for ICC T20 World Cup 2016 in India.

Image
Nepal, a good team among associated teams,have already played 2014 world t20. Nepali team have good experience for T20s. T20 world cup qualifier 2015 will be held in Ireland & Scotland this July. Nepal is in group 'A' along with USA, Hong Kong, Ireland, PNG, Jersey & Namibia. Group A is comparatively easy group for Nepal.  All teams are well recognized for Nepal and they have already won over those teams. But Ireland is a strong team among these 7 teams. They played nicely during ICC world cup 2015 & they have already won over the test playing country. So Nepali team should work hard at this time. From Nepal team, Karan KC, Sompal Kami, Paras Khadka, Gyanendra Malla & Sharad Veswakar can be expected key players for T20 qualifier. Sharad Veswakar played beautifully during T20 WC qualifier 2013. But his performance is looking some poor during earlier matches. Hope he will continue his best performance. So far Nepal is not playing t20 international matches from las

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह आफुलाइ टीममा नराख्न आग्रह: बिराट कोहली

Image
२०७२ जेष्ठ ३ आईतवार- नयाँदिल्ली : विराट कोहलीले बंगलादेशको भ्रमणमा जाने भारतीय क्रिकेट टिममा आफूलाई नराख्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह गरेका छन्। बीसीसीआईका सचिव अनुराग ठाकुरले पनि कोहलीको प्रस्ताव आएको स्वीकार गरे। मे २० मा भारतीय टिमको घोषणा हुनेछ। कप्तान महेन्द्र सिंह धोनीले टेस्ट टिमबाट सन्न्यास लिइसकेको अवस्थामा कोहलीले नै टिमको नेतृत्व गर्नुपर्ने हुन्छ। तर कोहलीले आराम गर्ने प्रस्ताव राखेपछि छनोट समितिसमेत कसलाई जिम्मेवारी दिने भन्नेमा निश्चित हुन सकेको छैन। अन्य केही खेलाडीले पनि आराम गर्ने प्रस्ताव राखेको पनि बीसीसीआईले जनाएको छ। भारतीय टिमले बंगलादेशको भ्रमणका क्रममा एक टेस्ट र तीन एकदिवसीय क्रिकेटको शृंखलामा सहभागिता जनाउनेछ। पहिलो टेस्ट फतुल्लाहमा जुन १० देखि १४ सम्म हुनेछ। यसैगरी एकदिवसीय खेल भने जुन १८, २१ र २४ मा मिरपुरमा हुने कार्यक्रम छ। इन्डियन प्रिमियर लिग क्रिकेट सकिएको दुई सातापछि भारतीय टिम जुन ७ मा बंगलादेशतर्फ लाग्नेछ। बंगलादेश निकै राम्रो फर्ममा छ। बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय र टिट्वेन्टी क्रिकेट शृंखला जितिसकेको छ। पहिलो टेस्

'नयाँ जीवन पाएँ जस्तो लाग्छ': भरत खवास

Image
फोटो: राष्ट्रिय फुटबल खेलाडी खवाससँग गरिएको कुराकानीमा आधारित २०७२ जेष्ठ ३ आईतवार, काठमाडौं : विनाशकारी भूकम्प आएको पहिलो दिन बैशाख १२ गते म लगायत पाँच जना फुटबल खेलाडीको फोटो सुट गर्ने कार्यक्रम थियो। यामाहा पपुलर खेलाडीका लागि फोटो सुट गर्न राष्ट्रिय टोलीका गोलरक्षक किरन चेम्जोङ र म भाटभटेनि स्थित एकफोटो स्टुडियोमा पुगिसकेका थियौं। कप्तान सागर थापा, अनिल गुरुङ र विराज मर्हजन बाटोमा आउँदै थिए। किरन र मेरो मेकअप पूरा भइसकेको थियो। पाँचतले ठूलो घरको माथिल्ले फ्याटमा किरनले यामाहाको हाफ जर्सी लगाएर फोटो खिच्दै थियो। म पालो कुरेर बसिरहेको थिए। एक्कासी फोटो स्टुडियोको दिदीले भूकम्प आयो भनेर भन्नु भयो। हामीलाई पत्यार लागेन। दिदी जापानमा बसेर आउनु भएको रहेछ। पछि चाल पाएँ, उहाँलाई भूकम्प आएको थाहा भएको विषय । सिसैसिसाको पाँचलते घर पुरै हल्लिन थालेपछि सबैजना अत्तालियौं। त्यहाँका केही मानिस भाग्न थाले । मलाई भूकम्प आउँदा टेबुल वा ढोकामुनि बस्नुपर्छ भन्ने सामान्य जानकारी थियो। किरनलाई यता आउ भनेर ढोकामा बोलाए। किरन ओमाई गड भन्दै कराई रह्यो। म पनि डरले बोल्न सकिन। हेर्दाहेर्दै स्टुडियोमा सिंगारका

मिल्लरको छक्काले पुलिसको आँखो फुट्यो...

Image
२०७२ जेष्ठ २ शनिबार- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकातामा भएको एक खेलका क्रममा डेभिड मिल्लरले प्रहार गरेको छक्काले लागेर एक प्रहरीको दाहिने आँखो फुटेको छ। ९ मे मा किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइटरार्इड्रसबीच ईडन गार्डेन्स कोलकातामा भएको खेलका क्रममा डेभिड मिल्लरको हातबाट छक्का निस्केको बलले  लागेर पुलिसको आँखो फुटेको हो । दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरले आन्द्रे रसेलको  बलमा जोडदार छक्का हानेका थिए । छक्का लागेको  बल स्ट्यान्डमा पुलिसकर्मी आलोकको दाहिने आँखामा लाग्यो आँखाको ज्योति गुमाएका ५३ वर्षीय आलोक आइचका छोराले इन्डियन एक्सप्रेसलार्इ बताएअनुसार कोलकाता पुलिस उनका पिताको  उपचारका लागि खर्च जुटाइरहेको छ । उनले यही दुर्घटनाका कारण बाबुले पुलिसको  जागिर गुमाउनुपर्ने डर बढेको बताए । आलोकका छोराले इन्डियन एक्स्प्रेसलार्इ भनेका  छन्, 'परिवारमा कमाउने एक्ला ब्यक्ति मेरा पिताको दाहिने आँखाको ज्योति गइसकेको छ, अब उनी  पुन जागिर खान सक्छन् जस्तो लाग्दैन ।' उनले यदि बाबुलार्इ जागिरबाट निकालियो भने जीवन चलाउने उपायन नै नहुने बताएका  छन् । 'पितालार्इ नोकरीमै

भूगर्भ विभागले ल्यायो भूकम्पबारे सूचना दिने एप्स (लिंकसहित)

Image
काठमाडौं–खानी तथा भूगर्भ विभागले भूकम्पबारे सूचना दिने ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जानासाथ भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।  शनिबार एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले उक्त एप्सको शुभारम्भ गरे। साथै भूकम्पबार जानकारी लिन शुल्क नलाग्ने टेलिफोन नम्बर(टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गरे।  खनी तथा भूगर्भ विभागले भूकक्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिबार ल्याएको एप्स यहाँबाट डाउनलोड गर्नुहोस्ः  https://play.google.com/store/ apps/details?id=np.com.mls. nepalquakeupdate 

नेपालको भूकम्पमा बाँचे, भारतमा ज्यान गयो

Image
एजेन्सी : मृत्यु आइसकेको छ भने त्यो केही गरी टर्दैन । नेपालमा आएको भूकम्पमा सपरिवार बाँचेर भारत पुगेको एउटा परिवारका तीनजनाको सडक दुर्घटनामा ज्यान गएको छ । बैशाख १२ को भूकम्पपछि बाँचेर घर गएका तीन भारतीय नागरिकको बिहीबार काठमाडौं फर्कने क्रममा भारतमा भएको सडक दुर्घटनामा ज्‍यान गएको हो । नेपाल फर्कनका लागि दिल्ली जाँदै गरेका सामानको आयातकर्ता एक व्यापारीसहित तीनजनाको जिन्दगी भारतको बावल/रेवाडी राष्ट्रिय राजमार्गमा सकिएको हो । सडकमा सिग्नल नदिर्इ बीच सडकमा ढुंगा भरेर राखिएको डम्परमा कार ठोक्किएपछि उनीहरुको ज्यान गएको हो । ती ब्यापारीको परिवार बिहीबार परिवारको साथमा जयपुरबाट नेपाल जानका लागि दिल्ली एयरपोर्ट गइरहेको थियो ।   सो दुर्घटनामा परिवारका छ जना अन्य सदस्य पनि घाइते भए । घाइतेहरुको जयपुरको एक निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राजस्थानको विजयवाडा निवासी राहुल मित्तल नेपालको राजधानी काठमौमा सामान आयात गर्ने काम गर्थे । उनी सपरिवार काठमाडौंमै बस्दै आएका थिए । केही दिन आफ्नो पैतृक शहर जयपुरमा रहेपछि बुधबार राति राहुल मित्तल परिवारको साथमा नेपाल जानका लागि कारमा हिँडेका थिए ।

आइपिएलमा राजस्थानद्वारा कोलकत्ता पराजित

जेठ ३ – इण्डियन प्रिमियर लिग आइपिएल  क्रिकेट अन्तरगत शनिबार रातीको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले हराएको हो । पञ्जावले दिएको १ सय ३१ रनको लक्ष्य चेन्नईले १६ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । खेलमा पहिले टस जितेर व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनायो भने २ सय रनको लक्ष्य पाएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १९० रन बनाउन सक्यो अर्को खेलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले हरायो ।

शीर्ष स्थानको चेन्नइ सामु पञ्जाव निरिह...

Image
काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा शीर्ष स्थानको चेन्नइ सुपर किंग्स विजयी भएको छ। चेन्नइले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले पराजित गरेको हो।  पञ्जावले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याएको चेन्नइले १६ दशमलव ५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नइका फेफ डु प्लेसिसले ५५, सुरेश रैनाले नटआउट ४१ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए।  पञ्जावका सन्दीप शर्मा, व्युरेन हेन्रिक हेन्ड्रिक्स र ऋषी धवनले एक एक विकेट लिए। यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो। पञ्जावका अक्षर पटेलले ३२ तथा ऋषी धवनले नटआउट २५ रन बनाए। चेन्नइका पवन नेगीले दुई विकेट लिए। जितपछि शीर्ष स्थानको चेन्नइको १४ खेलबाट १८ अंक भएको छ। पुछारमा रहेको पञ्जावको भने समान १४ खेलबाट मात्र ६ अंक छ।

बैंङलोरले हैदरावाद लाइ ६ विकेटले पराजित गर्यो...

Image
काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बैंङलोरले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । टस जितेर व्याटिङ रोजेको हैदराबादले निर्धारित ११ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा जवाफी व्याटिङ् गरेको बैङलोरले निर्धारित ५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ८३ रन बनायो । डिएल मेथडमा खेलाइएको खेलमा बैङ्लोर ६ विकेटले विजयी भएको हो ।

दोस्रो एयरबसले व्यवसायिक उडान सुरु गर्‍यो पहिलो उडान दिल्ली....

Image
दोस्रो एयरबसले व्यवसायिक उडान सुरु गर्‍यो पहिलो उडान दिल्ली काठमाडौ, वैशाख ३१ - नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो एयरबस लुम्बिनी ‘ए’ ३२०–२०० ले बिहीबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । सो जहाजले बुधबार दिउँसो उडान सञ्चालन अनुमति (एओसी) पाएपछि बिहीबारदेखि व्यवसायिक उडान गरेको हो । दोस्रो एयरबसले बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर २५ मिनेटमा नयाँ दिल्लीको लागि उडान भरेको थियो । काठमाडौंबाट दिल्ली उड्दा १ सय ३६ जना यात्रु बोकेको सो जहाजले दिल्लीबाट काठमाडौं आउँदा भने ४७ जना यात्रु बोकेको थियो । गत बैशाख १७ गते नेपाल भित्रिएको न्यारो बडीको सो जहाजले दिल्ली र बैंकक उडान भर्ने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरी शर्माले बताए । उनले भने, 'अहिले हामीले एयरबसबाट दिल्ली र बैंकक उडान भर्ने छौं । त्यसपछि विस्तारै रुट थप्दै जाने छौं ।'   लुम्बिनी नाम दिइएको यो एयरबसको ९एन-एकेएक्स कलसाइल रहेको छ । पहिलो एयरबसरको ९एन-एकेडब्ल्यु रहेको थियो । शर्माका अनुसार अब बोइङले हङकङ, दोहा र मलेसियामा उडान भर्ने छ । तीन वर्षपछि फागुन १५ यता निगमले नियमित काठमाडौं–दिल्ली उडान गरिरहे

नेपाल र आयरल्यान्ड एकै समूहमा,  विश्व ट्वान्टी–२० छनाेटकाे खेल तालिका...

Image
काठमाडौ, वैशाख ३१ - नेपालले विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्डसँग समूह चरणमै प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार प्रकाशित गरेको खेल तालिका अनुसार नेपालले समूह चरणमै घरेलु टोलीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो। विश्व ट्वान्टी–२० छनोट जुलाई ९ देखि २६ सम्म आयरल्यान्डसँगैं उत्तरी आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना हुँदैछ। १४ टोली सहभागि रहने प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनेछन्। नेपाल र आयरल्यान्डसँगैं समूह ‘ए’ मा हङकङ, पपुवा न्यु गिनी, नामिबिया, अमेरिका र जर्सी छन्। त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान, युएई नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानाडा, केन्या र ओमान छन्। समूहका शीर्ष दुई टोली सोझै विश्वकपमा छनोट हुनेछ। बाँकी ४ टोलीको छनोट प्लेअफबाट हुनेछ। नेपालले समूह चरणको पहिलो चार खेल उत्तरी आयरल्यान्डको बेलफास्टमा खेल्ने छ। त्यसपछि समूह चरणको बाँकी २ खेल आयरल्यान्डको डब्लिनमा खेल्ने छ। नेपालको पहिलो खेल जुलाई १०मा अमेरिकासँग छ। त्यसपछि नेपालले जुलाई ११ मा नामिबियासँग, जुलाई १३ मा आयरल्यान्डसँग र हङकङसँग जु

अमेरिकी १ डलर बढेर को १ सय २ पूग्यो....

Image
काठमाडौ, वैशाख ३१ - अमेरिकी डलरको मूल्यले बुधबार करिब १ सय ३ रुपैयाँ छोएको छ । भारतीय रुपैयाँलाई परेको असरले नेपालीमा पनि छोएको हो । बुधबार भारतमा डलरको मूल्य भारु ६४ रुपैयाँ १५ पैसासम्म पुगेको छ । यसले नेपाली बजारमा पनि डलरको मूल्य १ सय ३ को हाराहारीमा पुगेको हो । पछिल्लो २३ दिनदेखि बैंकले डलरको खरिद दर १ सय रुपैयाँभन्दा माथि तोकेका छन् । बैंकको बिक्री दरले प्रतिडलर १ सय रुपैयाँ नाघेको डेढ महिनाभन्दा बढी भएको छ । बुधबारका लागि राष्ट्र बैंकले डलरको खरिददर १ सय १ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ५८ पैसा तोकेको थियो । तर भारतीय बजारमा डलरको मूल्य थप माथि गएको छ । भारु र नेरुबीच स्थिर विनिमयदर छ । यसले भारतीय बजारमा देखिएको असर नेपालसम्म आइपुग्छ । डलरको मूल्य आकासिन थालेपछि विदेशबाट खरिद गरेर ल्याइने राहत सामग्री महँगो पर्ने देखिएको छ । टेन्टदेखि भूकम्पपीडितलाई आवश्यक अन्य वस्तु विदेशबाट आयात भइरहेको छ । यसका साथै तेस्रो मुलुक र डलर तिरेर भारतबाट ल्याइने उत्पादनको मूल्य पनि डलरसँगै बढ्छ । सबै प्रक्रिया र बैंकबाट प्रतीतपत्र खोलेर आयात गरिने वस्तुमा भने डलर महँगीको असर तुरुन्तै देख

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner

Image
David Warner After playing a sparkling innings of 81 from 52 balls to hand Sunrisers Hyderabad a deserved victory over Kings XI Punjab in Hyderabad on Monday, skipper David Warner credited his opening partner Shikhar Dhawan as he has been getting the team off to good starts and allowing the Australian to play with the freedom that he cherishes. Warner’s half-century helped Hyderabad post an imposing total of 185 for 5 from their 20 overs, which proved to be just enough as the visitors fell short by 5 runs. "I think I can play with the freedom that I do because me and Shikhar Dhawan have been getting off to a good start,"  he said . "Even though we lose quick wickets, we still back our ability. That is our job; to score runs and if it comes off, it comes off. If not, you can't rely on that specific group of the top order. We all have to keep working together and at the moment the middle order is coming off really well. They are playing fearless cricket and that is wha