यु-१९ विश्वकपको छनोट खेल नेपालमा...

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको विश्वस्तरको छनोट खेल आयोजना गर्ने अधिकार नेपाललाई दिने निर्णय गरेको छ। संयुक्त अरब इमिरेट्समा बिहीबार सम्पन्न आइसिसीको बोर्ड बैठकले निश्चित सर्तहरूको अधिनमा रही उक्त प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिने निर्णय गरेको छ। यु-१९ विश्वकप छनोट यसै वर्ष आयोजना हुनेछ। तर प्रतियोगिता आयोजनाका लागि क्यानको प्रशासनिक क्षमता र भौतिक पूर्वाधारमा सुधारको सर्त अघि सारिएको छ। यसअघि बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा काठमाडौंमा गत साता आयोजित श्रद्धाञ्जलि कार्यक्रम सकेर फर्कने क्रममा आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सनले आइसिसी नेपालमा आफ्ना प्रतियोगिता आयोजना तयार रहेको बताएका थिए। उनले नेपालमा आइसिसीका प्रतियोगिताहरू आयोजनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। क्यानका पदाधिकारीसँगको भेटमा एन्डर्सनले आइसिसीका प्रतियोगिता आयोजना गर्न नेपालले भौतिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका थिए। यसैगरी अस्ट्रेलियन क्रिकेट बोर्डका...