Posts

Showing posts with the label Share Bazzar

नेप्से सामान्य अंकले ओरालो

बजारमा कारोबार शुरु भएको एक घण्टामै नेप्से परिसूचक घटेर १४५७ अंकमा पुगेको थियो । त्यस पछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको देखिन्छ । बजार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ८१ अंकले घटेर १४६२ दशमलब २३ अंकमा अडिएको छ । सामान्य अंकले घटेको बजारमा ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ रहेको छ । सो दिन कुल १३३ कम्पनीको १२ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८६० रुपैयाँ रहेको छ । सोही बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । बुधबार इन्स्योरेन्स र विकास बैंक समूूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बी