Posts

Showing posts with the label Cricket_Test_Matches

माईकल क्लार्कको सुखद सन्यास । Michael Clarke | Ashes Test

Image
काठमाडौं । एसेजको अन्तिम टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ र ४६ रनले पराजित गरेको छ। हारका बाबजुत इंग्ल्याण्डले ३-२ ले एसेज सिरिज जितेको छ यसअघि नै सिरिज गुमाएको अष्ट्रेलियाले करियरको अन्तिम टेष्ट खेलिरहेका कप्तान माइकल क्लार्कको सुखद विदाइ गरेको छ। ३३२ रनले फलोअनमा परेको इंग्ल्याण्ड दोस्रो पारीमा २८६ रनमा अलआउट भयो। ६ विकेटको क्षतिमा बनाएको २०३ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डले थप ८३ रन जोड्दा बाँकी ४ विकेट गुमायो। जोस बट्लर ४२ र मोइन अली ३५ रनमा आउटभए। कप्तान एलेस्टर कुकले ८५ रन बनाए। अष्ट्रेलियाका पिटर सिडलले ४ विकेट लिए भने नाथन लायन र मिचेल मार्सले २-२ विकेट हात पारे। पहिलो पारीमा अष्ट्रेलियाले ४८१ रन बनाएको थियो भने इंग्ल्याण्ड १४९ रनमा अलआउट भएको थियो। करियरको अन्तिम टेष्टमा क्लार्क भने चल्न सकेनन्। उनले मात्र १५ रन बनाए।

श्रीलंकाविरुद्ध भारतको १५७ रनको अग्रता तस्वीरः एजेन्सी  | Cricket Test Match

Image
काठमाडौं, भदौ ५ । श्रीलंकाविरुद्ध कोलम्बोमा जारी दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतले ८७ रनले अग्रता लिएको छ।  पहिले ब्याटिङ गरेको भारतले लोकेश राहुलको १ सय ८ रनको मद्दतले ३ सय ९३ रन बनाएकामा श्रीलंकाले एन्जेलो म्याथ्युजको १ सय २ रनको मद्दतले ३ सय ६ रन बनाएको थियो। कसिलो बलिङ गर्नेक्रममा अमित मिश्राले ४३ रन खर्चेर ४ विकेट लिए। जवाफमा मैदानमा उत्रिएको भारतले तेस्रो दिनको समाप्तिसम्म १ विकेट गुमाएर ७० रन जोडेको छ। १ सय ५७ रनको अग्रता बनाइसकेको भारतका लागि मुरली विजय ३९ तथा अजिन्क्या रहाने २८ रनमा अविजित छन्।  तीन खेलको श्रृंखलाको पहिलो खेल जितेर श्रीलंकाले प्रारम्भिक अग्रता लिएको छ।

Australlia Tour Of England 2015 | ODI | Fixtures

After five successive Ashes Test Australlia & England will battle for improving ODI ratings. ODIs FIXTURES: ___________________________________ 3 Sept, Thu England v Australia 1st ODI - England vs Australia 2015 The Rose Bowl, Southampton ___________________________________ 5 Sept, Sat England v Australia 2nd ODI - England vs Australia 2015 Lord's, London ___________________________________ 8 Sept, Tue England v Australia 3rd ODI - England vs Australia 2015 Old Trafford, Manchester __________________________________ 11 Sept, Fri England v Australia 4th ODI - England vs Australia 2015 Headingley, Leeds ___________________________________ 13 Sept, Sun England v Australia 5th ODI - England vs Australia 2015 Old Trafford, Manchester ___________________________________

Cricket rankings: Ashwin in top-10, Dhawan jumps 15 spots to career-high 32nd

Image
Dubai: Off-spinner Ravichandran Ashwin entered the top-10 as the lone Indian in the ICC Test player rankings for bowlers, while opener Shikhar Dhawan jumped 15 places for a career-high 32nd in the batting chart following their exploits in the first Test against Sri Lanka at Galle. While Dhawan was ranked 32nd after his century against Sri Lanka, Test captain Virat Kohli, who also scored 110 in the first innings, was static to be the best-placed Indian batsman at number 10. Spinner Ashwin, who had a 10-wicket haul for a losing cause, was at ninth place in the bowling list after jumping three places. There was good news for several Sri Lanka players following their 63-run victory over India in the first Test, with career high gains for Dinesh Chandimal and Tharindu Kaushal as Rangana Herath also helped inspire the hosts to an unlikely victory. Skipper Angelo Mathews has overtaken his team-mate Kumar Sangakarra and, in the process, moved up one place to fifth in the Test batsmen list a

संगकारा सन्न्यास लिँदै भारत स्वतन्त्रता दिवशकै दिन हार्यो | Cricket Test Match

Image
गाले, श्रावण ३० - भारतविरूद्धको पहिलो टेष्टमा श्रीलंकाले शनिबार ६३ को जित दर्ता गरेको छ। संयोगले यो हार भारतको ६९ औं स्वतन्त्रता दिवशकै दिनमा परेको छ। जितसँगै श्रीलंकाले तीन खेलको टेष्ट श्रंखलामा १–० को अग्रता पनि लिएको छ।  पहिलो इनिङ्समा शानदार ब्याटिङ गरेको भारत दोस्रो इनिङ्समा १ सय १२ रनमै समेटियो। भारतले पहिलो टेष्ट जितका लागि एक सय ७६ रनको लक्ष्य पाएको थियो। तर रंगना हेराथले ७ विकेट लिएपछि भारतले सानो लक्ष्यलाई पनि भेट्टाउन सकेन। यस अघि पहिलो इनिङमा कमजोर प्रदर्शन गर्दै श्रीलंका १ सय ८३ रनमा अलआउट भएको थियो। भारतले भने पहिलो इनिङ्समा ३ सय ७५ रन जोडेको थियो। तर दोस्रो इनिङ्समा घरेलु टिम श्रीलंका खेलमा फर्कियो। उसले ३ सय ६७ रन जोड्दै बलियो स्थितीमा पुगेको थियो। पहिलो टेष्टको जितसँगै श्रीलंकाको भेट्रान ब्याट्सम्यान कुमार संगाकाराको विदाई खराब नहुने पक्का भएको छ। किनकी तीन टेष्टको शृंखलामा श्रीलंका १–० ले अघि छ। दोस्रो टेष्टमा संगकाराले बिदाई लिँदै छन्। श्रीलंकाले खेल जिते वा खेल बराबरी भए पनि शृंखलामा घरेलु टिम पछि पर्ने छैन।

भारतलाई जित्न १ सय ५३ आवश्यक | Cricket Test Match

Image
गाले, श्रावण २९ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार जित नजिक पुगेको छ। उसलाई आफ्नो दोस्रो इनिङ्समा जितका लागि सय १ सय ५३ रन आवश्यक रहेको छ। भारतले चौथो दिन एक विकेट गुमाएर २३ रनबाट अगाडि खेल्न सुरु गर्नेछ।  भारतले समग्रमा १ सय ७६ रनको लक्ष्य पाएको थियो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवन १३ रनमा नटआउट छन्। उनलाई नाइटवाचम्यान इशान्त शर्माले पाँच रन बनाएर खेलिरहेका छन्। यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ३ सय ६७ रन बनाएर अलआउट भएको थियो।  त्यसमा दिनेश चन्डिमले सर्वाधिक १ सय ६२ रन बनाए र अन्त्यसम्म नटआउट रहे। उनले १९ चौका र चार छक्का प्रहार गरे। श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा १ सय ८३ रन बनाएयता भारतले त्यसका जवाफमा ३ सय ७५ रन जोडेको थियो।

स्टिभ स्मिथ टेष्टका पनि कप्तान | Aussies Cricket

काठमाडौ, श्रावण २९ - एसेज श्रृंखलाकोअन्त्यसँगै स्टिभ स्मिथ अष्ट्रेलियाको टेष्ट टिमको कप्तान बन्ने भएका छन्। एजेसको अन्त्यसँगै माइकल क्लार्कले कप्तानी छोड्ने भएपछि स्मिथलाई कप्तान बनाउन लागिएको हो। २६ वर्षिय स्मिथ अहिले अष्ट्ेरलियाको वानडे कप्तान छन्। अब इग्ल्यान्ड विरुद्ध हुने खेलदेखि उनी टि–ट्वान्टी टिमको पनि कप्तान हुनेछन्। डेविड वार्नर उनका उपकप्तान हुनेछन्।

भारत बलियो स्थितिमा भारत बलियो स्थितिमा | TEST MATCH

Image
गाले, श्रावण २८ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार बलियो स्थितिमा रहेको छ। भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ७५ रन बनाएर अलआउट भयो। यसअघि श्रीलंकाले पहिले ब्याटिङ गर्दै १ सय ८३ रन बनाएको थियो। यस्तोमा भारतलाई १ सय ९२ रनको अग्रता प्राप्त भएको थियो। दिनको खेल समाप्त हुँदा श्रीलंकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटको क्षतिमा पाँच रन बनाएको छ र गम्भीर समस्यामा फसेको छ। भारतको पहिलो इनिङ्समा शिखर धवनले सर्वाधिक १ सय ३४ रन बनाए। यस्तै कप्तान विराट कोहलीले १ सय ३ रन थपे। पुछारका ब्याट्सम्यान रिद्दीमान साहले ६० रन जोडे।

Sri Lanka eyes series win to overtake India in Test rankings

Image
Sangakarra eyes rankings boost in final Test series.  Ashwin prominent in bowling and all-rounder rankingsSangakarra eyes rankings boost in final Test series; Ashwin prominent in bowling and all-rounder rankings.  Sri Lanka and India will face off in the first of a three-Test series at Galle on Wednesday with one eye on the ICC Test Team Rankings as both teams aim to improve their respective positions. Fifth-ranked India knows that a 3-0 victory can propel it up the rankings table, and depending on the final outcome in the ongoing Ashes series, it could even climb to as high as third place, provided Australia defeats England at The Oval. A 2-1 victory would see India gain three points. If seventh-placed Sri Lanka whitewashes India 3-0 then it will gain eight rankings points and could theoretically climb to fifth and India would drop to 89 points, irrespective of the outcome in the final Ashes Test. A 2-1 win for the hosts, meanwhile, would see it gain four rankings points and, thus, ov

अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कद्वारा सन्यासको घोषणा | CRICKET

Image
साउन २३ – अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको छन्। उनले इंग्ल्याण्डमा जारी एसेस टेष्ट श्रृखलापछि अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन्। चौथो टेष्टमा १ इनिङ र ७८ रनले हारेपछि च्यानल नाइन टेलिभिजनसँग कुरा गर्दै उनले इंग्ल्याण्डसँगको पाँचौ टेष्ट आफ्नो खेल जिवनको अन्तिम खेल हुने बताउ। पाँचौ टेष्ट भदौ ३ गते द ओभलमा सुरु हुने छ। आफूले खेलबाट भाग्न नचाहेको तर जारी एसेस श्रृखलामा र पछिल्लो एक वर्षमा साह्रै खराव खेलेको स्वीकार गर्दै उनले भने ‘यो मेरा लागि स्वीकार्य भएन।’ ३ वर्ष उपकप्तान रहेका क्लार्कले सन् २०११ मा तत्कालिन कप्तान रिकी पोन्टिङको ठाउँ लिएका थिए। ३४ वर्षका क्लार्कले नयाँ पुस्तालाई मौका दिन पनि आफूले सन्यासको निर्णय गरेको स्पष्ट पारे। उनले आउँदो वर्षको एसेस श्रृखलाका लागि नयाँ कप्तानलाई टिम तयार गर्न पनि आफूले अहिले नै ठाउँ खाली गर्नु परेको बताए। क्लार्कले १ सय १४ टेष्टमा ८ हजार ६ सय २८ तथा २ सय ४५ एक दिवसीय क्रिकेटमा ७ हजार ९ सय ८१ रन बनाएका छन्। पार्ट टाइम बलरसमेत रहेका क्लार्कले ३१ वटा टेष्ट विकेट लिएका छन्। एक दि

एसेज श्रृंखला इंग्ल्यान्डद्धारा कब्जा, चौथो खेलमा अष्ट्रेलिया एक इनिङ र ७८ रनले पराजित | Cricket

Image
काठमाडौं, श्रावण २३ । अष्ट्रेलियाविरुद्धको एसेज टेस्ट क्रिकेट श्रृंखला इंग्ल्यान्डले जितेको छ।नटिंघममा भएको चौथो खेल एक इनिङ र ७८ रनले जितेको इंग्ल्यान्डले पाँच खेलको श्रृंखलामा ३–१ को अग्रता लिँदै एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो। आक्रामक बलिङ र ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा अष्ट्रेलियालाई ६० रनमै रोकेको थियो। जवाफमा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३ सय ९१ रन बनाएर इनिङ समाप्तिको घोषणा गर्दै अष्ट्रेलियालाई दोस्रो इनिङ्ग खेल्न दिएको थियो। पहिलो इनिङ्गमा ३ सय ३१ रनले पछिपरेको अष्ट्रेलियाले दोस्रो इनिङमा तुलनात्मक रुपमा सुधार गर्दै २ सय ५३ रन बनाए पनि इनिङ हारबाट भने बच्न सकेन । इंग्ल्यान्डले तेस्रो दिनको खाना समयअघि नै खेल जितेको हो। पहिलो इनिङमा ८ विकेट लिएका स्टुवार्ट ब्रोडले दोस्रो इनिङमा १ विकेटमात्र लिए पनि बेन स्टोक्सले ६ तथा मार्क उडले ३ विकेट झारे । खेलमा एकमात्र शतक जोड्नेक्रममा जो रुटले १ सय ३० रन बनाएका थिए। श्रृंखलाको अन्तिम तथा पाँचौं खेल भदौ ३ गतेदेखि लन्डनमा हुनेछ।

आजको जितसँगै एसेज सिरिज इंग्ल्याण्डको : इनिङ र ७८ रनको जित | Ashes test

Image
चौथो टेष्टमा अष्ट्रेलियालाई एक इनिङ र ७८ रनले पराजित गर्दै इंग्ल्याण्डले एसेज सिरिज जितेको छ। पहिलो पारीमा ३६१ रनले पछि परेको अष्ट्रिेलिया २५३ रनमा अलआउट भयो र इंग्ल्याण्डले अन्तिम खेल अघि नै एसेज सिरिज ३-१ ले आफ्नो पक्षमा मात्र पारेन, १८ महिना अघि व्यहोरेको ५-० ले को हारको बदला लिएको छ। ७ विकेटको क्षतिमा बनाएको २४१ रनबाट तेस्रो दिनको खेल थालेको अष्ट्रेलियाले थप १३ रन जोड्दा बाँकी ३ विकेट गुमायो। मिचेल स्टार्क र जोस हृयाजलउड शुन्यमै आउट भए नाथन लायनले ४ रन जोडे। डेभिड वार्नरले ६४ र क्रिस रोजर्सले ५२ रन बनाए। एडम वोग्स ५१ रनमा अविजित रहे। इंग्ल्याण्डका बेन स्टोक्सले दोस्रो पारीमा ३६ रन दिएर ६ विकेट लिए भने मार्क उडले ३ विकेट लिए। यसअघि पहिलो पारीमा स्टुअर्ट ब्रोडले कीर्तिमानी बलिङ गर्दै १५ रन दिएर ८ विकेट लिएपछि अष्ट्रेलिया मात्र ६० रनमा अलआउट भएको थियो। इंग्ल्याण्डले भने जोए रुटको १३० रनको मदतमा ९ विकेटको क्षतिमा ३९१ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो।

स्टुवार्ट ब्रोर्डले लिए ८ विकेट: अस्ट्रेलिया ६० रनमै अलआउट | Ashes Test

Image
अस्ट्रेलिया एसेस शृंखलाको चौथो टेस्टको पहिलो दिन भोजन अगाडी नै ६० रनमा अलआउट भएको छ । टस हारेर ब्याटिङ गर्न आएको अस्ट्रेलिया बिहीबार १९ ओभर पनि टिक्न सकेन । टेस्टमा अस्ट्रेलियाको न्युन स्कोर ३६ रन हो। इङ्ल्यान्डका स्टुवार्ट ब्रोर्डले ८ विकेट लिए। सोही क्रममा उनले टेस्ट क्रिकेटमा आफ्नो ३ सय विकेट पनि पूरा गरे । पहिलो दिनको खेलमा भोजन अगाडी कुनै पनि बलरको यो उत्कृष्ट बलिङ प्रदर्शन हो । दुवै ओपनर क्रिस रोजर्स र डेविड वार्नरलाई खाता नखोली गुमाएको अस्ट्रेलियाबाट कप्तान माइकल क्लार्क(१०) र मिचेल जोनसन (१३) बाहेक अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन्।

टेस्ट सिरिज बराबर | साउथ अफ्रिका v/s बङ्गलादेश | Cricket

Image
बंगलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट सोमबार बराबरीमा टुंगेको छ। टेस्टको अन्तिम चार दिन लगातारको वर्षाले सम्भव भएको थिएन। सेर ए बंगला स्टेडियममा पाँचौं दिन बिहान मैदान खेल्न योग्य नभएपछि टेस्ट बराबरीमा टुंगेको घोषणा गरिएको थियो। टेस्टको पहिलो दिन मात्र खेल सम्भव भएको थियो र त्यसमा बंगलादेशले पहिले ब्याटिङ गर्दै आठ विकेट क्षतिमा २ सय ४६ रन बनाएको थियो। त्यस क्रममा दक्षिण अफ्रिकी बलर डेल स्टेयनले आफ्नो चार सय विकेट पूरा गरेका थिए। चटगाउँमा भएको पहिलो टेस्ट पनि वर्षाले प्रभावित रहेपछि बिनानिर्णय टुंगेको थियो।

Australia's batsmen urged to toughen up

Image
Australia's batting coach Michael Di Venuto has suggested that the batsmen have to improve their decision-making and adapt in order to quieten the rauAll these things and many more flashed through the minds of the Australian batsmen at Edgbaston, presenting obstacles both perceived and actual. Their response was undeniably dire, leaving the team's coaching staff to pick up the pieces between now and the fourth Test in Nottingham. In the opinion of the batting saw too much hazy decision-making by batsmen unused to the vagaries of English conditions and perhaps unprepared for the heightened atmosphere of Edgbaston, famously home to the loudest crowd on these shores. Suggested remedies include better technical adaptation. But there is also a barb that should spur the visitors for the remainder of this tour. Di Venuto believes Australia's batsmen were not tough enough in the third Test, and they will need to be in order to prevent the series being decided in England's favou

इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अष्ट्रेलिया दबाबमा | Cricket

Image
काठमाडौं, श्रावण १४ | इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया दबाबमा परेको छ। जेम्स एन्डर्सनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पहिलो इनिङसमा अष्ट्रेलिया १ सय ३६ रनमै समेटियो। अष्ट्रेलियाको लागि क्रिस रोजर्सले ५२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। जवाफमापहिलो दिनको समाप्तिसम्म घरेलु टोली इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ३३ रन जोडिसकेको छ। इंग्ल्यान्डका आयन बेलले ५३ रन जोडेका छन् भने जो रुट ३० रनमा अविजित छन्।  बलिङतर्फ अष्ट्रेलियाका नाथल लायनले २ तथा मिचेल स्टार्कले १ विकेट लिएका छन्। इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेस क्रिकेट श्रृंखलाको तेस्रो खेलपूर्व दुबै टोलीले एक–एक खेल जितेका छन्। पहिलो टेस्ट इंग्ल्यान्डले जितको थियो भने दोस्रो टेस्ट जित्दै अष्ट्रेलियाले श्रृंखलामा पुनरागमन गरेको थियो।

दोश्रो एसेज टेष्ट अष्ट्रेलियाले ४ सय ५ रनले जितेको छ...

Image
साउन ४ – एसेट टेष्ट श्रृँखलाको दोश्रो टेष्ट अष्ट्रेलियाले ४ सय ५ रनले जितेको छ । ५ सय ९ रनको लक्ष्य पछएर ब्याटिङ थालेको घरेलु टोली ईंग्ल्याण्ड दोश्रो टेष्टको चौथो दिन मात्र १ सय ३ रनमा समेटिएपछि अष्ट्रेलियाले ४ सय ५ रनको फराकिलो जित हात पारेको हो । चौथो इनिङमा ईंग्ल्याण्डका स्टुवार्ड वोर्डले सर्वाधिक २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले २० को आकडा छुन सकेनन् । ईंग्ल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा मिचेल जोन्सनले ३ तथा जोस हेजलउड र नाथन लाएनले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा ५ सय ६६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको अष्ट्रेलियाले घरेलु टोली इग्ल्याण्डलाई मात्र ३ सय १२ रनमा अल आउट गरेको थियो । स्टेभन स्मिथले २ सय १५ र क्रिस रोजर्सले १ सय ७३ रन प्रहार गरेपछि अष्ट्रेलियाले ८ विकेट गुमाउँदै ५ सय ६६ रन बनाएर पहिलो इनिङ समाप्त गरेको घोषणा गरेको थियो । जवाफमा घरेलु टोली ईंग्ल्याण्ड मात्र ३ सय १२ रनमा अल आउँट भयो । ईंग्ल्याण्डका कप्तान एलेस्टर कुकले ९६, वेन स्टोकले ८७ र मोइन अलीले ३९ रन बनाउन बाहेक अन्य इङलिस ब्याट्समेले राम्रो प्रदर्शन ग

इंङ्गल्याण्ड बिरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया बलियो

Image
काठमाडौं, श्रावण ३ । इंङ्गल्याण्ड बिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया बलियो अवस्थामा पुगेको छ। शनिबार तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले घरेलु टोली इङ्गल्याण्डसँग ३ सय ६२ रनको अग्रता लिएको छ।  पहिलो इनिङमा इङ्गल्याण्ड ३ सय १२ रनमा समेटिएपछि अष्ट्रेलियाले २ सय ५४ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा पनि शानदार सुरुवात गरेको अष्ट्रेलियाले बिना कुनै विकेटको नोक्सानीमा १ सय ८ रन जोडिसकेको छ। अष्ट्रेलियाका डेभिड वार्नरले ६० रन तथा क्रिश रोजर्सले ४४ रनको अवस्थाबाट आज चौथो दिनको खेल सुरु गर्नेछन्।  अष्ट्रेलिया र इंग्लण्डविचको पहिलो टेष्ट घरेलु टोली इंग्लण्डले जितेको थियो भने दोस्रो टेष्टमा अष्ट्रेलिया बलीयो अवस्थामा पुगेको छ।

Stokes laughs off Australia's attempts to rattle him George Dobell...

Image
Revenge for the pain of previous defeats is the motivating force for Ben Stokes in the Investec Ashes and helped focus his mind in the face of Australian provocation during the first Test in Cardiff. He was a member of the side thrashed 5-0 in Australia in 2013-14 and admitted that the memories of that experience were fresh in his mind as England closed in on victory during the opening Test. But Stokes knows that, if he is to enjoy consistent success in the series, he will have to retain his composure despite Australia's aims to get under his skin. He joked before the series started that it sounded like "all I want to do is fight them" when pressed on his combative attitude, so while he dismissed an attempt to unsettle him while batting as "silly" he understands it is part of a tactic to disrupt his concentration. In the incident, David Warner and Nathan Lyon stood in the crease at the non-strikers' end staging a mock conversation in an attempt to prevent St

अष्ट्रेलियाद्वारा टेष्ट श्रृँखाला क्लिनस्विप..

Image
जेठ ३२ – वेष्ट इन्डिज विरुद्धको टेष्ट श्रृँखला अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । श्रृँखला अन्तर्गत आइतबार राती सम्पन्न दोश्रो टेष्टमा समेत २ सय ७७ रनको जित हात पार्दै अष्ट्रेलियाले २ म्याचको टेष्ट सिरिजमा कब्जा जमाएको हो।       दोश्रो टेष्टको चौथो दिन अष्ट्रेलियाले दिएको ३ सय ९२ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज ४२ ओभरमा मात्र १ सय १४ रनमा समेटियो । वेष्ट इन्डिजका ४ जना ब्याट्सम्यान डकआउट भएको पारिमा ४ जनाले मात्र दोहोरो अंकको स्कोर गर्न सके ।      वेष्ट इन्डिजका लागि कप्तान दिनेश रामदिनले २९,भिरासामी पेमुर्लले २३,साइ होपले १६ र डेरन ब्राभोले ११ रन बनाए । वेष्ट इन्डिजलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोस हेजलउड, मिचेल जोन्सन र  नाथन लायनले समान २ विकेट लिए । यसअघि पहिलो टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा स्टेफन स्मिथको १ सय ९९ रनको मद्दतमा ३ सय ९९ रन बनाएका थियो । वेष्ट इन्डिज भने पहिलो इनिङमा मात्र २ सय २० रनमा समेटिएको थियो । जवाफमा अष्ट्रेलियाले दोश्रो इनिङमा २ विकेट गुमाउँदै २ सय १२ रनमा इनिङ समाप्त भएको घोषणा गरेको थियो