Posts

Showing posts with the label IPL

Bangladesh occupy Shakib backs words subsequent to comport yourself in Dhaka

Image
Shakib Al Hasan stayed legal to his word after his all-circular excellence helped affix Bangladeshs maiden test victory to the side of Australia at the Shere Bangla National Stadium a propos Wednesday. Australia skipper Steve Smith was together along moreover those bemused by Shakibs pre-series assertions that a modest Bangladesh were gifted of beating Australia 2-0 in the residence series. Shakib showed how it was finished, scoring 84 in the first innings and claiming a 10-wicket consent haul as Bangladesh won inside four days to gain the series 1-0. At flaming, we herald you will we can emphasis any side, Shakib, who claimed the man-of-the-consent trophy in his 50th test, told reporters. We had that confidence and the belief came from the last two to three years. Not many have been watching us but we were quietly take promote on our job. Bangladesh were reeling at 10-3 in the first innings along amid Shakib rescued them subsequent to his 155-manage stand behind Tamim Iqbal. In

भारतीय क्रिकेट टिममा गुटबन्दी: महेन्द्रसिंह धोनी

Image
असार ८ – भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी टिम भित्रको गुटबन्दीका कारण चिन्तित रहेको उनका निजी प्रशिक्षकले बताएका छन्। धोनीका निजी प्रशिक्षक चञ्चल भट्टाचार्यका अनुसार भारतीय टिममा गुटबन्दी रहेको र त्यो विशेष गरी ड्रेसिङ रुपमा देखिने गरेकाले धानी चिन्तित रहेको बताएका छन्। यही चिन्ताका कारण धानीको प्रदर्शनमा असर परेको निजी प्रशिक्षक भट्टाचार्यले बताए। ड्रेसिङ रुममा वातावरण र टिमका सदस्यबीचको व्यवहार धोनीले चाहेजस्तो नरहेको भट्टाचार्यले बताए। यस्तै उनले टिम निर्देशक रवि शास्त्रीको व्यवहारका कारण पनि धोनीको प्रदर्शनमा असर परेको आरोप लगाएका छन्। कप्तान धोनीले बंगलादेश विरुद्धको दोस्रो एक दिवसीयमा ६ विकेटले पराजित भएपछि टिमको प्रदर्शन सुधार हुन्छ भने आफू कप्तानी छोड्न तयार रहेको बताएका थिए।

शाहरुख र जुहीले किने क्यारबियन लिगको टिम...

Image
जेठ २७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम कोलकता नाइट राइडर्सका मालिकले क्यारबियन प्रियिमर लिग (सिपिएल) को एउटा टिम किनेका छन् । कोलकाताका सह मालिक बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला तथा जुहीका श्रीमान जय मेहताले वेष्ट इन्डिजको क्यारबियन प्रिमियर लिग अन्तर्गतको ट्रिनिडाड एण्ड टोबागोको टिम रेड स्टील किनेका हुन् । कुनै पनि आइपिएल टिमका मालिकले भारत भन्दा बाहिरको ट्वेन्टी–ट्वेन्टी लिगको टिम खरिद गरेको यो नै पहिलो पटक हो । कोलकता नाइट राइडर्सका सह–मालिक खानले भने 'हाम्रो उस्थितिलाई विश्वस्तरमा पुर्‍याउने अभियान अन्तर्गत नै हामीले टिम किनेका हौं । ट्रिनाडाड एण्ड टोबागोको क्रिकेट संस्कृतिमा सामेल हुन पाउँदा रोमाञ्चित भएका छौं ।' उनले थपे 'सिपिएलको सफलताले पनि लगानी गर्न उत्साहित पारेको हो ।' ट्रिनिडाड एण्ड टोबागोको टिममा डवेन ब्रावो, ज्याक कालिस, डरेन ब्रावो, जोहान बोथ, कमरान अकमल तथा केभिन कुपर जस्ता खेलाडी छन् ।

आठौं आइपीएल क्रिकेट 2015 को उपाधी 2 दोश्रो पटक मुम्बईलाई..

Image
जेठ ११ – इंडियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राती भएको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बईले दोश्रो पटक उपाधी जितेको हो । कोलकताको इडन गार्डेनमा भएको फाइनल खेलमा मुम्बईले ४१ रनको सहज जित हात पार्यो । मुम्बईले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नइले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६१ रन बनाउन सक्यो । चेन्नइका लागि डोयन स्मिथथले ५७, सुरेश रैनाले २८ र मोहीत शर्माले २१ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य पदर्शन गर्न सकेनन् । मुम्बईको जितमा मिचेल म्यागघलनले ३ तथा लासिथ मालिङ्गा र हरभजन सिंहले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले लेण्डन सिमन्स र कप्तान रोहित शर्माको उत्कृष्ट ब्याटिङको मदतमा २ सय २ रनको विसाल योगफल तयार पारेको थियो । मुम्बईका लागि लेण्डन सिमन्सले ६८, रोहित शर्माले ५० तथा किरन पोलार्ड र अम्बति राइडुले समान ३६ रन बनाएका थिए । चेन्नईका डोयन ब्राभोले २ विकेट लिए । प्रतियोगिताको समुह चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको चेन्नई प्ले अफको पहिलो खेलमा पनि मुम्

८ औं IPL, २०१५ को " ट्रफी" कसले चुम्ला ?

Image
 इण्डियन प्रिमियर लिग ‘आइपीएल’ ट्वेन्टी–२० क्रिकेटको उपाधीको लागि आज मुम्बइ ईण्डियन्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । कोलकाताको ईडन गार्डनमा हुने खेल नेपाली समय अनुसार वेलुकी सवा ८ वजे सुरु हुनेछ । प्ले अफको पहिलो छनौट खेलमा चेन्नाई सुपर किङ्सलाई हराँउदै मुम्बई फाइनलमा उक्लेको थियो । उता मुम्बईसँग हारेपछि दोस्रो छनौट खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाखा लगाँउदै चेन्नाईले फाईनलमा स्थान बनाएको थियो । आइपिएल क्रिकेटको इतिहाँसमा सर्वाधिक सफल टोली चेन्नाईले दुई पटक उपाधि जितिसकेको छ भने मुम्बइ ईण्डियन्सले एक पटक मात्रै उपाधि जितेको छ । महेन्द्र सिंह धोनीको कप्तानीम रहेको चेन्नाई यो समेत ६ पटक फाइनलमा पुगिसकेको छ । उता मुम्बईको भने यो तेस्रो पटक फाइनल उपस्थिती हो । यी दुई टोलीहरुविच हालसम्मका खेल हेर्दा ११ पटक मुम्बई विजयी भएको छ भने १० पटक चेन्नाई विजयी भएको छ । प्रतियोगिताका सबै खेलको तथ्यांक हेर्ने हो भने चेन्नाईले ६० प्रतिशत खेल जितेको छ भने मुम्बईले ५७ प्रतिशत खेल जितेको छ ।

आइपिएल क्रिकेटको फाइनलमा चेन्नई र मुम्बई भिड्ने..

जेठ ९ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स्बीच खेल हुने भएको छ । शुक्रबार राती राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको चेन्नईले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो क्वालीफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । यसअघि पहिलो चरणको दुवै खेलमा चेन्नइले बैंगलोरलाई पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

Poll: Which team will win IPL 2015?

Image
Poll: Which team will win IPL 2015?

Eden to roll out sporting track for IPL final..

Image
Eden Gardens will sport a different look for Sunday's Indian Premier League (IPL) final. With home team Kolkata Knight Riders (KKR) failing to qualify for the playoffs, the huge cutouts of the Knights that adorned the stadium faade have all been replaced with pictures of the IPL trophy. Even the pitch may sport a new look. The final will be a repeat of the 2010 and 2013 finals with Chennai Super Kings and Mumbai Indians qualifying to compete for franchise cricket's most prized possession. The new track is unlikely to be a paradise for spinners, as is the norm with KKR's home games.        The finalists are unlikely to be tempted to go in with four spinners, a ploy that KKR skipper Gautam Gambhir used successfully to win their last two home matches against Delhi Daredevils and Kings XI Punjab. Only two pitches were used for KKR's seven home matches, one of which was washed out. The final will be played on a fresh track (pitch No. 4). With the Eden hosting four back-tobac

आइपिएल क्रिकेटको फाइनलमा चेन्नई र मुम्बई भिड्ने...

Image
मुम्बइ– इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स्बीच खेल हुने भएको छ । शुक्रबार राती राँचीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ३ विकेटले हराएर चेन्नई फाईनलमा पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको चेन्नईले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो क्वालीफायरमा चेन्नई मुम्बईसँग पराजित भएको थियो भने एलिमिनेटर खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । यसअघि पहिलो चरणको दुवै खेलमा चेन्नइले बैंगलोरलाई पराजित गरेको थियो । फाइनल खेल आइतबार हुनेछ ।

विराट कोहली र क्रिस गेलको नयाँ कीर्तिमान...

Image
जेठ ७ – रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति भएको इंन्डियन प्रिमियर लिग (आइपिएल)  क्रिकेट अन्तर्गतको एलिमिनेटर खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।राजस्थानलाई ७१ रनले पराजित गरेको बैंग्लोरले फाइनल प्रवेशका लागि शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । बुधबार रातिको खेलमा बैंग्लोरका मुख्य खेलाडी कप्तान विराट कोहली र क्रिस गेलले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । गेलले २७ तथा कोहलीले मात्र १२ रन बनाए । तर कोहली र गेलले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।वेस्टइंन्डिजका गेल र भारतीय टिमका उपकप्तान पनि रहेका कोहलीले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्म दुई हजार ३ सय १४ रन बनाएका छन् । जुन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्मकै सबै भन्दा ठूलो साझेदारी हो । उनीहरुले यो योगफलको रन ४७ इनिंग्समा बनाएका हुन् ।यस्तै दोस्रो नम्बरमा गौतम्म गम्भीर र विरेन्द्र सेहवाग छन् । यी दुईले ५६ इनिंग्समा दुई हजार ९७ रन बनाएका छन् । तेस्रो नक्बरमा माइकल हसी र मुरली विजय छन् । उनीहरुले ४९ इनिंग्समा १८ सय ६९ बनाएका छन् ।चौंथो नम्बरमा रहेका महेन्द

प्रतियोगिता बाट राजस्थान रोयल्स बाहिरियो...

Image
पुने: इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स बाहिरिएको छ। बुधबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ७१ रनले हरायो। हारसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै बैंग्लोरले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। शुक्रबार चेन्नइ सुपर किंग्ससँगको खेलमा जित निकाल्न सके बैंग्लोर फाइनलमा पुग्नेछ । बैंग्लोरका एवी डिबिलियर्स र मानदीप सिंहले ११३ रनको साझेदारी गरे। खेलमा टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो भने १८१ रनको लक्ष्य पाएको राजस्थान १९ औभरमा १०९ बनाएर अल आउटभयो।

चेन्नाई सुपर किंग्स लाइ २६ रनले पराजीत गर्दै मुम्बई आइपिएलको फाइनलमा...

Image
मुम्बई: मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बई फाइनलमा पुगेको हो । खेलमा टस जितेर व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पाएको चेन्नइ १९ ओभरमा अल आउट भयो । उसले फाफ डू प्लेसिसको ४५ र सुरेश रैनाको २५ रनको योगदानले मात्र १६२ रन बनाउन सक्यो । चेन्नइले ८६ रन बनाउदा ४ विकेट गुमाइसकेको थियो । मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वाधिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरे । मुम्बइसँगको खेलमा हार व्यहोरे पनि चेन्नइले अर्को खेल खेल्न पाउनेछ । चेन्नइको अर्को खेल पर्सि शुक्रबार हुनेछ ।

Mumbai Indians won by 26 runs and seal a spot in the final...

Image
Lendl Simmons continued his sublime run-scoring form in Indian Premier League (IPL) 2015 as the West Indian cracked a pacy half-century to help Mumbai Indians amass 187/6 after they elected to bat first against Chennai Super Kings in Mumbai. The fine start helped Mumbai put up a big score and add more pressure on CSK. It eventually helped them win by 26 runs and seal a spot in the final. Simmons found an able partner in Parthiv Patel and the opening pair, after a fairly cautious start, gave their side a strong base for blitzy finish. The West Indian looked in the mood from the beginning as he smacked Ravichandran Ashwin, Ashish Nehra and Ravindra Jadeja for sixes in quick succession. Simmons, who notched up his fifth half-century of the competition, struck five sixes and three fours in his 51-ball innings. Along with Parthiv Patel (35), Simmons provided a solid opening stand of 90 runs at nearly 9 runs an over Opting to bat first, MI were again given a sound start by the right-left com

बैंग्लोर आइपिएलको अन्तिम चारमा (Repost)

Image
काठमाडौं – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल वर्षका कारण प्रभावित भएको छ । वर्षका कारण प्रभावित भएको खेल पानी पर्न नरोकिएपछि रद्ध भएको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १ दशमलव १ ओभरमा दुई रन बनाएको अवस्थामा खेल वर्षले प्रभावित भएको थियो । बैंग्लोलरका लागि कप्तान विरााट कोहलीले दुई बलमा एक तथा क्रिस गेलले पाँच बलमा एक रन बनाएका थिए । यसअघि बैंग्लोरमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दिल्लीका लागि क्वीटन डि ककले ६९, जेपी डुमिनीले नटआउट ६७ तथा श्रयस आइअरले २० रन बनाए । बैंग्लोरका युजबेन्द्र चहल र हर्सल पटेलले समान दुई दुई विकेट लिए । आइतबारको खेलपछि १४ खेलबाट १६ अंक जोडेको बैंग्लोर दोस्रो स्थानमा उक्लिएको छ । बैंग्लोरले अन्तिम चार स्थान बनाएको छ । पहिलो चरणबाटै बाहिरिसकेको दिल्लीको भने समान १४ खेलबाट ११ अंक छ र उ पुछारबाट दोस्रो स्थानमा छ ।

आइपिएलमा मुम्बईद्वारा हैदरावाद पराजित...

Image
जेठ ४ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा मुम्बई इंन्डियन्सले सनराइजर्स हैदरावादलाई ९ विकेटले हराएको छ । खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा मात्र ११३ रन बनायो । हैदरावादका केएल राहुलले सर्वाधिक २५ रन बनाए भने अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन । हैदरावादले दिएको ११४ रनको लक्ष्य लिन्डेल सिमोन्सको ४८ र पार्थिव पटेलको ५१ रनको मद्दतले १३ दशमलव ५ ओभरमा मात्रै एक विकेट गुमाएर मुम्बईले लक्ष्य भेट्टायो । जितसँगै मुम्बईले प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । आइपिएल क्रिकेटकै अर्को खेलमा  दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल वर्षका कारण प्रभावित भएको छ । खेलमा मिलेको एक अंकका कारण बैंगलोर अन्तिम चारमा पुगेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह आफुलाइ टीममा नराख्न आग्रह: बिराट कोहली

Image
२०७२ जेष्ठ ३ आईतवार- नयाँदिल्ली : विराट कोहलीले बंगलादेशको भ्रमणमा जाने भारतीय क्रिकेट टिममा आफूलाई नराख्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आग्रह गरेका छन्। बीसीसीआईका सचिव अनुराग ठाकुरले पनि कोहलीको प्रस्ताव आएको स्वीकार गरे। मे २० मा भारतीय टिमको घोषणा हुनेछ। कप्तान महेन्द्र सिंह धोनीले टेस्ट टिमबाट सन्न्यास लिइसकेको अवस्थामा कोहलीले नै टिमको नेतृत्व गर्नुपर्ने हुन्छ। तर कोहलीले आराम गर्ने प्रस्ताव राखेपछि छनोट समितिसमेत कसलाई जिम्मेवारी दिने भन्नेमा निश्चित हुन सकेको छैन। अन्य केही खेलाडीले पनि आराम गर्ने प्रस्ताव राखेको पनि बीसीसीआईले जनाएको छ। भारतीय टिमले बंगलादेशको भ्रमणका क्रममा एक टेस्ट र तीन एकदिवसीय क्रिकेटको शृंखलामा सहभागिता जनाउनेछ। पहिलो टेस्ट फतुल्लाहमा जुन १० देखि १४ सम्म हुनेछ। यसैगरी एकदिवसीय खेल भने जुन १८, २१ र २४ मा मिरपुरमा हुने कार्यक्रम छ। इन्डियन प्रिमियर लिग क्रिकेट सकिएको दुई सातापछि भारतीय टिम जुन ७ मा बंगलादेशतर्फ लाग्नेछ। बंगलादेश निकै राम्रो फर्ममा छ। बंगलादेशले पाकिस्तानविरुद्धको एकदिवसीय र टिट्वेन्टी क्रिकेट शृंखला जितिसकेको छ। पहिलो टेस्

मिल्लरको छक्काले पुलिसको आँखो फुट्यो...

Image
२०७२ जेष्ठ २ शनिबार- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकातामा भएको एक खेलका क्रममा डेभिड मिल्लरले प्रहार गरेको छक्काले लागेर एक प्रहरीको दाहिने आँखो फुटेको छ। ९ मे मा किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइटरार्इड्रसबीच ईडन गार्डेन्स कोलकातामा भएको खेलका क्रममा डेभिड मिल्लरको हातबाट छक्का निस्केको बलले  लागेर पुलिसको आँखो फुटेको हो । दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिल्लरले आन्द्रे रसेलको  बलमा जोडदार छक्का हानेका थिए । छक्का लागेको  बल स्ट्यान्डमा पुलिसकर्मी आलोकको दाहिने आँखामा लाग्यो आँखाको ज्योति गुमाएका ५३ वर्षीय आलोक आइचका छोराले इन्डियन एक्सप्रेसलार्इ बताएअनुसार कोलकाता पुलिस उनका पिताको  उपचारका लागि खर्च जुटाइरहेको छ । उनले यही दुर्घटनाका कारण बाबुले पुलिसको  जागिर गुमाउनुपर्ने डर बढेको बताए । आलोकका छोराले इन्डियन एक्स्प्रेसलार्इ भनेका  छन्, 'परिवारमा कमाउने एक्ला ब्यक्ति मेरा पिताको दाहिने आँखाको ज्योति गइसकेको छ, अब उनी  पुन जागिर खान सक्छन् जस्तो लाग्दैन ।' उनले यदि बाबुलार्इ जागिरबाट निकालियो भने जीवन चलाउने उपायन नै नहुने बताएका  छन् । 'पितालार्इ नोकरीमै

आइपिएलमा राजस्थानद्वारा कोलकत्ता पराजित

जेठ ३ – इण्डियन प्रिमियर लिग आइपिएल  क्रिकेट अन्तरगत शनिबार रातीको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले हराएको हो । पञ्जावले दिएको १ सय ३१ रनको लक्ष्य चेन्नईले १६ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । खेलमा पहिले टस जितेर व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनायो भने २ सय रनको लक्ष्य पाएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १९० रन बनाउन सक्यो अर्को खेलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले हरायो ।

शीर्ष स्थानको चेन्नइ सामु पञ्जाव निरिह...

Image
काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा शीर्ष स्थानको चेन्नइ सुपर किंग्स विजयी भएको छ। चेन्नइले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले पराजित गरेको हो।  पञ्जावले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याएको चेन्नइले १६ दशमलव ५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नइका फेफ डु प्लेसिसले ५५, सुरेश रैनाले नटआउट ४१ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए।  पञ्जावका सन्दीप शर्मा, व्युरेन हेन्रिक हेन्ड्रिक्स र ऋषी धवनले एक एक विकेट लिए। यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो। पञ्जावका अक्षर पटेलले ३२ तथा ऋषी धवनले नटआउट २५ रन बनाए। चेन्नइका पवन नेगीले दुई विकेट लिए। जितपछि शीर्ष स्थानको चेन्नइको १४ खेलबाट १८ अंक भएको छ। पुछारमा रहेको पञ्जावको भने समान १४ खेलबाट मात्र ६ अंक छ।

बैंङलोरले हैदरावाद लाइ ६ विकेटले पराजित गर्यो...

Image
काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बैंङलोरले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । टस जितेर व्याटिङ रोजेको हैदराबादले निर्धारित ११ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा जवाफी व्याटिङ् गरेको बैङलोरले निर्धारित ५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ८३ रन बनायो । डिएल मेथडमा खेलाइएको खेलमा बैङ्लोर ६ विकेटले विजयी भएको हो ।