बंगलादेशको उद्देश्य टेस्टमा सुधार...

टेस्ट शृंखलाको पूर्वसन्ध्यामा सोमबार ट्रफी प्रदर्शन गर्दै बंगलादेशका कप्तान मुस्फिकर रहिम (दायाँ) र दक्षिण अफ्रिकाका कप्तान हसिम अमला। पहिलो टेस्ट मंगलबार सुरु हुँदैछ ।तस्बिर : एएफपी चटगाउँ, श्रावण ५ - बंगलादेशले पछिल्लो समय वान–डे क्रिकेटमा प्राप्त गरेको सफलतालाई टेस्ट क्रिकेटमा कायम राख्ने उद्देश्य बनाएको छ। बंगलादेशले मंगलबार सुरु हुने दुई टेस्टको सिरिजमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तान, भारत र दक्षिण अफ्रिकाविरुद्धको वान–डे सिरिज जितेको बंगलादेशले वान–डे विश्वकपमा पनि क्वाटरफाइनल यात्रा तय गरेको थियो। तर टेस्ट क्रिकेटमा भने उसको प्रदर्शन कमजोर रहने गरेको छ। अहिलेसम्म बंगलादेशले खेलेका ९१ टेस्टमध्ये सातमा मात्र जित निकालेको छ। त्यसमध्ये पाँच अर्को कमजोर टिम जिम्बावे र दुई दोस्रो रोजाइ लिएर खेलेको वेस्ट इन्डिजविरुद्ध रहेको छ। सन् २०१३ यता बंगलादेशको टेस्ट प्रदर्शनमा पनि सुधार आएको संकेत भने मिल्न सुरु भइसकेको छ। बंगलादेशले त्यसयता खेलका १६ टेस्टमा ६ खेल मात्र गुमाएको छ। त्यस पछाडि चार जितेको भने बाँकी बराबरीमा टुंगेको छ। त्य...