Posts

Showing posts from December, 2016

राजधानीमा थपिँदै ४० मेगावाट बिजुली

Image
विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ । अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो । अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली

Popular TV actors who exited their shows in 2016: Nia Sharma, Hina Khan, Shilpa Shinde and others

Image
Fans were in for major heartbreaks when Akshara bid farewell or Angoori Bhabhi left us in the middle of their popular shows. In the year gone by, these, and several other extremely popular, though stale, Indian television characters left the audience in a shock when these stars exited their shows. Here’s a list of all those faces, who will be missed until they sign another drama.   Hina Khan When one of the most loved bahus of Indian television makes an exit, it is bound to be talked about. Ending months-long speculations, Hina Khan in November announced her departure from the longest running daily soap, Yeh Rishta Kya Kehlata Hai, leaving the fans berserk. According to the actor, she had explored all possible layers of her character Akshara and there was nothing to add to the part. So, while, makers decided to kill Akshara onscreen, things weren’t pleasant for Hina offscreen as she got many angry messages and threats from fans. Karan Mehra Next in line is Aksh

PM Modi announces two housing schemes for economically backward sections: Key announcements from speech

Image
Prime Minister  Narendra Modi  on Saturday addressed the nation on New Year eve, a day after 50-day deadline post demonetisation came to an end. In his speech, the Prime Minister reiterated his commitment to the fight against corruption and said black money and fake notes had become so rampant in India’s social fabric that even honest people were brought to their knees. Giving a bonanza to farmers post demonetisation, PM Modi announced that government will bear interest for 60 days on crop loans taken by farmers from district cooperative banks and primary societies for sowing operations this Rabi season. PM Modi said that the government had to take a tough decision while deciding to implement demonetisation, adding that without the support of people it would not have been possible. Emphasising that the corrupt will be punished, he said that law will continue to do its work and with utmost severity but added that the focus will remain on protecting the honest and reducing their

New Thai king urges unity in New Year’s Eve address

Image
Thailand’s new King Maha Vajiralongkorn urged his subjects to unite in a New Year’s Eve speech delivered today, his first major address to the politically-split nation since ascending to the throne. Thailand has been gripped with grief ever since the October passing of King Bhumibol Adulyadej, a profoundly revered monarch who steered the country through seven decades of political turmoil.Yet like his father the 64-year-old is shielded from criticism by a harsh royal defamation law that effectively blocks public scrutiny of the monarchy. As a result, little is known about what the 64-year-old will do with a crown that is granted few legal powers but became a position of vast influence under his father’s charismatic reign. In the nationally-televised speech today, Vajiralongkorn urged his countrymen to find common ground as they head into the new year. “No matter what types of obstacles, problems, or irregularities occur, if we unite then all of them can definitely be resolved”, he c

Jharkhand: Tribal man hacked to death by cousines

A 40-year-old tribal man was hacked to death by his cousins suspecting him as a witch in Dalmabeda village, police on Saturday said. Ramsingh Banra, who along with his own elder brother Bada Mangu Banra live in the same village, had a blister on his leg, which had expanded further around the affected part a few days later. Bada Mangu and his younger brother Ramsingh accused the victim Chotu Mangu Banra, who happened to be their cousin living in the same village with his wife and five children, responsible for the blister, police said. They accused Chotu Mangu for engaging an Ojha (witch doctor) to harm them through black magic. The accused brother duo in an inebriated state attacked Chotu Mongru with a machete after an altercation and he died on the spot yesterday. The victim’s wife Raimuni Banra, who rushed to rescue Chotu Mangu, was also suffered injury. On being informed about the incident today, a police team rushed to the spot and recovered the body and arrested Bada Mango and

अन्तर्राष्ट्रिय घटनाक्रममा सन् २०१६: हाबी हुँदै अतिवाद

Image
सन् २०१६ लाई फर्केर हेर्दा यो वर्ष विश्व राजनीतिमा दक्षिणपन्थ तथा चर्को राष्ट्रवाद हाबी हुने क्रम तीव्र भएको देखिन्छ । यद्यपि यो क्रम वर्ष सुरु नहुँदै एसिया र युरोपबाट थालिइसकेको थियो ।   युरोपेली महासंघबाट बेलायत छुट्टिने निर्णय (ब्रेक्जिट) र अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजय यस वर्षका ठूला दुई घटना रहे । सिरियामा जारी युद्ध र शरणार्थीको बिजोग पनि चर्चामा रहे । घटनाहरू अलग अलग भए पनि यी सबै दक्षिणपन्थतिरको झुकाव, राष्ट्रवाद र अतिवाद प्रेरित थिए । सन् १९४५ तिर आरम्भ भएको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्था असफल हुँदै गएजस्तो देखियो । फ्रान्सिस फुकोयामाले सन् १९८९ मा ‘इन्ड अफ दि हिस्ट्री’ मा ‘अब उदारवादको जमाना’ आयो भन्ने टिप्पणी गरेका थिए । तर २०१६ का घटनाक्रमहरूले उदारवादकै ‘इन्ड अफ दि हिस्ट्री’ जस्तो अवस्था पो देखियो ।  यतिबेला संसारका विभिन्न मुलुकमा राष्ट्रियता र कट्टरपन्थको लहरै छाएजस्तो देखिन थालेको छ । औपचारिक मञ्चहरूमा ‘क्षेत्रीय सहकार्य’, ‘आपसी साझेदारी’ वा ‘विकासमा सहकार्य’ जस्ता नारा दोहोर्‍याइए पनि यथार्थमा मुलुकहरू एक्लाएक्लै अघि बढ्न थालेजस्ता देखि

मधेस–पहाडको दुरी बढाउने एमाले विखण्डनकारी : गृहमन्त्री

Image
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले मधेस पहाडबीचको दुरी बढाउने काम गरेको आरोप लगाएका छन् । शनिबार सदरमुकाममा नवौं गोरखा महोत्सवको समापन गर्दै उनले भने, ‘एमालेले संविधान संशोधन गर्न नदिएर मधेस पहाडको दुरी बढाएर विखण्डन गर्न खोज्यो ।’ आफू सरकारमा हुँदा राष्ट्रवादी र नहुँदा राष्ट्रघातीको आरोप लगाएर एमालेले दोहोरो चरित्र देखाएको उनको भनाई थियो ।  ‘केपी ओलीले सत्ताबाट हट्नुपरेको आवेशमा संविधान संशोधन गर्न हुँदैन भनेर संशोधनको पक्षमा रहेकालाई राष्ट्रघाती भन्नु भएको हो,’ उनले भने । संविधान जारी गर्ने बेला ओलीले समेत संविधान संशोधन गर्ने भनेर हस्ताक्षर गरेको उनले बताए । ‘म एमालेलाई चुनौति दिन्छु, केपी ओलीले पानापानामा हस्ताक्षर गर्नुभएको छ,’ हस्ताक्षर गरेको संवैधानिक राजनीतिक समितिको प्रतिवेदन देखाउँदै उनले भने, ‘सरकारमा नहुँदा कुरा फेरेर हुन्छ ?’ अज्ञानता र ईष्यापूर्वक संविधानको विपक्षमा लागेर प्रतिपक्षि एमालेले संसद अवरुद्ध पारेको उनले बताए । ‘संसद चल्न नदिनु मुढेबल हो,’ उनले भने, ‘संविधानमा क्रुटि छ, संशोधन भएमात्रै संविधान कार्यान्वयन गरेर चुनाव गर्न सकिन्छ ।’ सरकारले स

रेखा भन्छिन्, 'आमा बन्ने रहर छ'

Image
हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै थापाले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने धारणा व्यक्त गरिन् । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन हुँदोरहेछ,’ उनले भनिन्, ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा छु । चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु । विभिन्न ठाउँमा महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको नायिका थापाले बताइन् । बैवाहिक जीवनबारे सोधिएको प्रश्नमा नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताइन् । अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले जानकारी दिइन् । दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् ।

पहिला ओलीजीले गाँजा खाएर संशोधनमा हस्ताक्षर गरेको हो की विवेकले गरेको हो प्रष्ट्याउनु पर्छ : देउवा

Image
कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले गरेको संसद बहिष्कार राष्ट्रहित विपरीत भएको बताएका छन् । एमालेले खोक्रो राष्ट्रवादको नारा लगाएको समेत उनले बताए ।  कांग्रेस क्षेत्र नं. १ ले गरेको ४१ औं मेलमिलाप दिवसको अवसरमा बोल्दै कांग्रेस सभापति देउवाले हलो अड्काउन खोजेको एमाले सहमतिमा नआए अब धेरै दिन कुर्न नसकिने बताए । बखेडा रोकेर सहमतिमा नआए जसरी पनि संशोधन प्रस्ताव पारित गरेर छाड्ने उनेले बताए । संसद अवरोध गर्दै मधेसी जनतालाई गाली गर्दैमा मुलुकको अस्तित्व रक्षा हुन नसक्ने भन्दै संसद चल्न दिएर गतिरोध अन्त्य गर्न एमाले अग्रसर हुनु पर्नेमा उनले जोड दिए । संसद अवरोध गरेर तथा मधेसीलाई गाली गरेर देशको अस्तित्व रक्षा हुन नसक्ने भन्दै बरु संसद चल्न दिएर राष्ट्रले जित्ने बताए । संविधान संशोधन प्रस्तावमा केपी ओलीले समेत सहिछाप गरेको उनले जिकिर गरे ।  ‘सुशील कोइरालासँगै बसेर हस्ताक्षर गर्ने, अहिले होइन भनेर खोक्रो राष्ट्रवादको नारा लगाउन पाइँदैन,’ देउवाले भने, ‘त्यतिबेला गाँजा खाएर हस्ताक्षर गरेको हो की विवेकले गरेको हो प्रष्ट्याउनु पर्छ । कि मैले गल्ती गरेँ भन्नुपर्‍यो, होइन भने देश र जनतालाई

संविधान संशोधन : जनताको भावना कांग्रेस नेता पौडेल

Image
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव पारित भए नेपाली जनता भावनात्मक रुपमा एक हुने बताउनुभएको छ । हिमाल, पहाड र मधेसका जनताबीचको तितो सम्बन्धलाई चिर्दै मेलमिलापतर्फ अघि बढ्न सबै दल एकमत हुनुपर्ने उहाँको भनाई थियो । ४१औं राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा नेता पौडेलले बिगतको तिक्ततालाई बिर्सने बेला आएको भन्दै एमालेले संविधान संशोधनको बिरोध गर्नुको औचित्य नभएको बताउनुभयो । संविधान जारी गर्दा संशोधनको बिषय थाती राखिएको स्मरण गर्न उहाँले एमालेलाई आग्रह समेत गर्नुभयो । राजनीतिक अन्यौलतालाई टुंग्याएर निर्वाचनमा नगए मुलुक झन ठूलो समस्यामा फस्ने पौड्यालको दावी थियो । 

पर्यटन बोर्डले २०१७ लाई भिजिट नेपाल रुपमा मनाउने

Image
नेपाल पर्यटन बोर्डले अंग्रेजी नयाँ वर्ष २०१७ लाई भिजिट नेपाल—यूरोप वर्षको रुपमा मनाउने भएको छ । बोर्डको १८ औं बार्षिकोत्सवका अवसरमा राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले सन् २०१७ मा नेपालको पर्यटन व्यवसाय अघिल्लो बर्षको तुलनामा ३० देखि ४० प्रतिशत बढाउने लक्ष्य राखेको बताउनुभयो । कार्यक्रममा बोर्डका अध्यक्ष शंकरप्रसाद अधिकारीले पर्यटक संख्या वृद्धिको लक्ष्य पुरा गर्नका लागि नेपाल सरकारले हवाई उड्डयनको संरचनात्मक साथै आर्थिक व्यवस्थापनमा समेत ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । २०१७ मा बोर्डले आयरल्याण्ड, बेल्जियम, रसिया, नेदरल्याण्डस्, स्पेन, र डेनमार्क लगाायत यूरोपेली देशमा भिजिट नेपाल—यूरोप अभियान चलाउने तयारी गरेको छ । 

उपराष्ट्रपतिद्वारा सातौँ राष्ट्रिय खेलकुद समापन

Image
मध्यपश्चिमाञ्चलमा भेट्ने वाचासँगै शुक्रबार पूर्वाञ्चलमा पहिलोपटक आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले बृहत् कार्यक्रमबीच धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरेका छन् । ८ पुसदेखि सञ्चालित प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक स्वर्ण जितेको छ । प्रतियोगितामा नेपाल पुलिस दोस्रो र एपिएफ तेस्रो भएका छन् । पश्चिमाञ्चलको विरोध राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ संस्करण आयोजकलाई झन्डा हस्तान्तरण गरेका छन् । सदस्यसचिव विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका भीम ओलीलाई हस्तान्तरण गरेका हुन् । परिषद्ले नवौँ संस्करण पश्चिमाञ्चलमा गर्ने निर्णय पनि शुक्रबार नै गरेको हो । यता, पश्चिमाञ्चलले नियम मिचेर मध्यपश्चिमाञ्चल क्षेत्रलाई दिएको भन्दै विरोध गरेको छ । पश्चिमाञ्चलका प्रतिनिधि दीपक गोदारले खेलकुदमन्त्री दलजित श्रीपालीको दबाबमा मध्यपश्चिमले आठौँ संस्करण आयोजना गन पाएको आरोप लगाएका छन् । ‘नियमअनुसार आठौँ संस्करण पश्चिमाञ्चलले पाउनुपर्ने थियो तर मन्त्रीको दबाबमा मध्यपश

निःशुल्क डायलोसिस सेवा सञ्चालनका लागि अनुमति दिएको छ ।

Image
कतिपय बिरामी टाढा–टाढाबाट आउन नसक्ने  भएका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्त्रालयले डायलोसिस सेवा थप गरेको हो । डायलोसिस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पूरा गरेकामध्ये काठमाडौं उपत्यकाबाहिरका स्वास्थ्य संस्थालाई प्राथमिकता दिइएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए । डायलोसिस सेवा सञ्चालनको स्वीकृति पाउनेमा वीरेन्द्र सैनिक अस्पताल, ग्रान्डी इन्टरनेसनल अस्पताल, अल्का, सुमेरु, हिमाल र बयोधा अस्पताल छन् । काठमाडौं उपत्यकाबाहिर अनुमति पाउनेमा रूपन्देहीका गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको दाहालले बताए । मिर्गाैलाका सबै बिरामीलाई निःशुल्क डायलोसिसको व्यवस्था गर्न सरकारी अस्पतालबाट मात्रै तत्काल सम्भव नभएकाले निजी अस्पताललाई अनुमति दिनुपरेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ३२ अस्पतालमा निःशुल्क लाडलोसिसको व्यवस्था छ । यीमध्ये चारवटा अञ्चल अस्पताल छन् । बाँकी अञ्चल अस्पतालमा पनि मन्त्रालयले निःशुल्क डायलोसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगा

Ban Ki-moon's tenure as UN Secretary-General ends, Antonio Guterres to succeed

Image
Outgoing UN Secretary-General Ban Ki-Moon said "thank you" to UN staff here at UN headquarters before his departure and encouraged them to keep working hard on UN causes and never give up.

Trump: Putin 'smart' not to evict US diplomats

Image
  The President-elect praises Vladimir Putin for deciding not to retaliate after Barack Obama expelled 35 Russian diplomats. Donald Trump has praised Vladimir Putin for holding off on plans to expel US diplomats from Russia in a tit-for-tat retaliation against Washington. He said the Russian President's decision to delay any expulsion of American officials was a "great move", and tweeted: "I always knew he was very smart!" On Thursday, President Barack Obama ordered 35 suspected Russian spies to leave America, and imposed sanctions on two Russian intelligence agencies over their involvement in hacking political groups prior to November's election. Russia was expected to retaliate by expelling 35 US officials from Moscow and St Petersburg. But in a surprise announcement, Mr Putin said he would not "create problems for American diplomats" and invited their children to visit the Kremlin instead. Mr Putin has said he reserves the righ

सरकार-मोर्चाबीच छलफल

Image
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मधेशी मोर्चाका शीर्ष नेताहरुले भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध लगायतका विषयमा छलफल भएको थियो । आजको बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको छ । बैठकले संसदमा दर्ता संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने समझदारी गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरुको सहभागिता थियो । 

असंवैधानिक प्रस्ताव संसदमा ल्याउनु राष्ट्रको अपमानः

Image
नेकपा एमालेका वरिष्ठ नो एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गलत मनसायसहित आएको संविधान संशोधन प्रस्ताव आपत्तिजनक भएको बताएका छन् । एमालेको केन्द्रीय स्कुल विभागले गरेको ‘दार्शनिक ग्रन्थ्रहरुको लोर्कापण एवं परिचर्चा’ कार्यक्रममा खनालले भने, ‘संविधान संशोधन प्रस्तावलाई फिर्ता लिनुपर्छ । हामीलाई संसद अवरुद्ध पार्नु छैन । चुनावमा जाने वातावरण सरकारले बताउनुपर्छ ।’  उनले अहिलेको संविधान संशोधन असंवैधानिक र राष्ट्रहित विपरित रहेको भन्दै यसले राष्ट्रलाई खलल पार्ने र राष्ट्रिय एकता भड्काउने बताए । ‘असंवैधानिक खालको प्रस्तावलाई संसदमा ल्याउनु पनि राष्ट्रको अपमान हो’ उनले भने । खनालले संविधान कार्यान्वयन पहिलो प्राथामिकता रहेको भन्दै अबको अर्जुनदृष्टि निर्वाचन नै भएको बताए । ‘एमालेको अर्जुनदृष्टि चुनावमा छ । सरकारको अर्जुनदृष्टि पनि चुनावमा हुनुपर्छ । यसको विकल्प छैन’ उनले भने, ‘यो भन्दा फरक ढंगल जानु हुँदैन । संविधान कार्यान्वयनको लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ, यसमा एमालेको साथ सहयोग रहन्छ ।’ खनालले दर्शनबिना सफल जीवन सम्भव नभएको बताए । कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन पनि दर्

सुवेदीले बुझाए प्रमाणपत्र

Image
भियनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीले विहीवार कार्यालयका महानिर्देशक युरी फेदेतोभ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  महानिर्देशक फेदेतोभले संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट सो ओहोदाको प्रमाणपत्र बुझेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरिसकेपछि भएको शिष्टाचार भेटमा महानिर्देशक फेदेतोभले दुई वर्ष अघि आफुले गरेको नेपाल भ्रमणको स्मरण गरे । उनले नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधिलाई भियनामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भियनामा नेपालको स्थायी नियोग स्थापना पश्चात् नेपाल र संयुक्त राष्ट्रसंघका बीच थप समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा सुवेदीले नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको तर्फबाट महानिर्देशक फेदेतोभलाई शुभकामना सन्देश सुनाएका थिए । 

सरकारी गाडीमाआगजनी

Image
एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले शुक्रबार नयाँ बानेश्वरनजिकै एक सरकारी गाडीमा आगजनी गरेका छन् । अर्को एक गाडीमा तोडफोड गरिएको छ । अल्फाबिटा हाउसनजिकै सडकमा रोकिराखेको बा.१झ १३९२ नम्बरको सेतो प्लेटको गाडीमा आगजनी गरिएको हो । उक्त गाडीमा बागमती सभ्यता एकीकृत समितिका अध्यक्ष किशोरकुमार शाक्य इन्द्रेणी फुडल्यान्डमा आयोजित सडक बोर्डको कार्यक्रममा सहभागी हुन पुगेका थिए । तोडफोड गरिएको बा.२झ १०५५ नम्बरको अर्को गाडी सडक विभागको रहेको प्रहरीले जनाएको छ । केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेमा बिहीबार खुकुरी प्रहार भएको विरोधमा युवासंघले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका थियो । सो क्रममा संघका कार्यकर्ताले सडकमा राखिएको गाडी तोडफोड गरेको अनुसन्धानमा आवद्ध प्रहरी अधिकारीहरुले बताएका छन् । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सरकारी गाडीमा आगजनी गर्नेहरुबारे नखुलेको दाबी गरे । ‘हामी अनुसन्धानकै क्रममा छौँ, दोषीको खोजतलास भइरहेको छ,’ दवाडीले भने, ‘पत्ता नलगाई केही भन्न सकिँदैन ।’ एक्कासी केही व्यक्ति आएर गाडीमा आगो लगाएर भागेको प्रहरीको भनाइ छ । युवासंघका कार्यकर

अंग्रेजी नयाँ वर्ष २०१७

Image
अंग्रेजी नयाँ वर्ष २०१७ आगमन हुँनै लाग्दा पर्यटकीय नगरी पोखरा स्वदेशी तथा विदेशी पाउनाले भरीभराउ भएको छ । नयाँ साल मनाउन देशै भरीबाट घुम्न आउने पर्यटकहरुको चाँप पोखरामा उल्लेख्य मात्रामा वृद्दि भएको छ । विशेषगरी फेवाताल, शान्ति स्तुपा, सारगंकोट र लेकसाईडमा पाहुनाहरुको घुँईचो लाग्न थालेको छ । लेकसाईडमा जारी ‘१८औं पोखरा स्ट्रिट फेस्टिवल’ का कारण यहाँका सडक तथा रेस्टुँरा आकर्षक अनि झकिझकाउ बनाइएको छ । ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारा दिईएको फेस्टिवलमा आन्तरीक तथा बाह्य पर्यटकहरु सडकमै तैयार पारिएको परीकारहरुमा रमाइरहेका छन् । नयाँ बर्ष २०१७ शुरु हुन एक दिन बाँकी रहँदा नयाँ पत्रिकाका फोटोपत्रकार सतिश पोखरेलले पोखराका बिभिन्न स्थानका चहलपहल क्यामेरामा कैद गरेका छन् । हेर्नुहोस् पोखराको झलक: