Posts

Showing posts with the label CAN

क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबिपिएस इन्टरनेट र क्लियर टिभी सुविधा | Award

काठमाडौं: सुबिसु केबल नेटले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई एक एमबिपिएस स्पीडको इन्टरनेट र डिजिटल केबल टिभी 'क्लियर टिभी' को प्रिमियर प्याकेज उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले यो सुविधा उपलब्ध गराएको हो। 'हामीले पहिलो चरणमा १ बर्षका लागि यो सुविधा उपलब्ध गराएका हौं,' सुबिसु केबल नेटका सिइओ विनय मोहन साउदले भने, 'हाम्रो योजना यसलाई निरन्तरता दिने हो तर यो खेलाडी र क्यानको इच्छामा भर पर्छ।' साउदका अनुसार खेलाडीले सुबिसुको इन्टरनेटको अनलिमिटेड सुविधा पाउनेछन्। नेपाली क्रिकेट खेलाडीले निरन्तर क्रिकेटका माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै सुबिसुले खेलाडीको मनोबललाई उच्च बनाउन पनि आफूले यो सुविधा उपलब्ध गराएको सुबिसुले जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यस्ता साना साना कुराले पनि खेलाडीलाई हौसला दिने बताए। 'यस्ता खालका सम्मान र सुविधाले खेलाडीको हौसला बढ्छ,' उनले भने, 'यसमा सानो वा ठूलो भन्दा

‘थापाले फुटको राजनीति गर्न खोजे’एन्फा–क्लब विवाद | Cricket

Image
काठमाडौं, श्रावण १५ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मछिन्द्र र सरस्वती युवा क्लबलाई फुकुवा गर्दै हिमालयन शेर्पा र फ्रेन्ड्सलाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन नपाउने कारबाहीलाई निरन्तर गरिएको निर्णयलाई ‘फुटको राजनीति’ गर्न खोजेको आरोप क्लब समन्वय समितिले लगाएको छ। एन्फा अध्यक्ष गणेश थापाको नेतृत्वमा आइतबार भएको बैठकले उक्त निर्णय गरेको थियो। ‘त्यस निर्णयले फुटाउ र राज गरको निरंकुशतावादी चरित्र प्रमाणित गरेको छ,’ समितिले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। समितिमा रहेका चारै क्लबका अध्यक्ष सरस्वतीका शिक्षित पराजुली (संयोजक), मछिन्द्रका जीवेन्द्र कर्माचार्य, फ्रेन्ड्सका रत्नशमशेर जबरा र एन्फाका उपाध्यक्षसमेत रहेका हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन्। ‘शाहीकालमा जस्तै अनुशासनसम्बन्धी आफंैले डण्डा चलाउने प्रपञ्च रचे पनि जस्तोसुकै चुनौतीविरुद्ध लड्दै उद्देश्य प्राप्त गर्ने संकल्प लिएका छौं,’ संयोजक पराजुलीले भने। सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० को पुरस्कार नपाएको भन्दै त्यसका लागि चार क्लबले समन्वय समिति गठन गरेर आवाज उठाएका थिए। पछि त्यही समूहले एन्फा नेतृत्वविरुद्

हङकङमा ‘सिक्सेस फर नेपाल’

Image
नेपाल क्रिकेट प्रशिक्षक: बिनोद दास काठमाडौं, श्रावण १२ - भूकम्प पीडितको सहयोगार्थ हङकङमा हुने क्रिकेट इभेन्टमा नेपालले सहभागिता जनाउने भएको छ। हङकङ क्रिकेट संघले आयोजना गर्न लागेको सिक्सेस फर नेपाल इभेन्टमा राष्ट्रिय टिमका खेलाडीहरू सहभागी हुने भएका छन्। ‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने इभेन्टको नारा छ। प्रस्तावित मिति अगस्ट १५ र १६ मा हङकङस्थित कोवलुन क्रिकेट क्लबमा हुने इभेन्टमा नेपालबाट कप्तान पारस खड्कासहितका खेलाडीले सहभागिता जनाउने हङकङ क्रिकेट संघले जनाएको छ । नेपाली टिमले अगस्ट ९ मा ब्याट फर नेपालअन्तर्गत विश्व–११ सँग खेल्नेछ। मलेसियाबाट फर्किएलगत्तै नेपाली टिम हङकङ लाग्नेछ। हङकङले त्यहाँको विदेश मन्त्रालयमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा यो प्रस्ताव पठाएको थियो। त्यसपछि परराष्ट्रले खेलकुद मन्त्रालयमा खेलकुदले राष्ट्रिय खेलकुद परिषद्मा यो प्रस्ताव पठाएर नेपाली टिमलाई खेल्न स्वीकृत प्रदान पनि गरिसकेको स्रोतले जनाएको छ। नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले नेपाली टिमले हङकङ गएर खेल्ने निश्चित जस्तै भइसकेको बताए। इभेन्टका लागि ६ फरक टिम बनाइएको छ। नेपाली खे

क्यान सिईयो घिमिरेको पदावधि ६ महिना थप

Image
काठमाडौ, श्रावण ११  - नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत सिईयो भावना घिमिरेको पदावधी ६ महिना थप्ने निर्णय गरेको छ। क्यानको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले घिमिरेको पदावधि थप्ने निर्णय गरेको हो। उनको पदावधि गत साउन २ गते सकिएको थियो। यद्यपी कार्य सम्पादन समितिको निर्णय कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्नेछ। यसअघि ६ महिने परीक्षणकालको अवधि सकिएपछि संघले गत बैशाख २ गते ३ महिना पदावधि थपेको थियो। ६ महिनाको अनुमोदन प्रस्ताव कार्यसमितिमा पेश गर्ने निर्णय भएपनि घिमिरेको पदावधि एक बर्ष थप्ने बिषयमा आगामी बैठकमा प्रस्ताव लैजाने क्यान महासचिव उत्तम कर्मचार्यले जानकारी दिए। यता, सिईयो घिमिरेले छोटो समयकालागि थपिने पदावधिले कसैको हित नहुने बताएकी छन् । ६ वा १ बर्षका लागि थपिएको समयावधिले क्यान र ब्यक्तिगत प्रगतिका लागि कुनै काम गर्न नसक्ने उनको भनाई छ। बोर्ड बैठकमा पेश गरेको योजना कार्यान्वयनकालागि आफ्नो पदावधि कम्तीमा ४ बर्षको हुनुपर्ने उनको माग छ। यस्तै, बैठकले मलेसिया हुने अण्डर १९ च्याम्पियनसिप क्रिकेटको म्यानेजरमा अनुप थापालाई नियुक्त गरेको छ ।

नेपाली टिममा व्यवस्थापकको ओइरो

Image
काठमाडौं, श्रावण १ - विश्व ट्वान्टी–२० छनोटमा नेपाली टिमको व्यवस्थापकको हैसियतमा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य नरेश श्रेष्ठ आयरल्यान्ड लागेका छन्। उनी बुधबार राति इतिहाद एयरबाट डब्लिन गएका थिए। नेपाली टिम सम्हाल्न पुग्ने उनी चौथो अफिसियल हुन्। यसअघि नै नेपाली टिममा क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला, उपाध्यक्ष विकास घिमिरे र प्रमुख कार्यकारी अफिसर छुम्बी लामा उत्तरी आयरल्यान्डमा थिए। उनीहरू नेपाली टिम बसेको ला मोन होटल एन्ड कन्ट्री हाउसको एकै कोठामा बसेका थिए। नेपाली टिमसँगै उनीहरू बसमा बिहीबार दिउँसो डब्लिन पनि पुगेका छन्। अध्यक्ष नै टिम व्यवस्थापक भएर जान लागेको भन्दै कोइरालाको क्यानको साधारणसभामै ठूलो विरोध भएको थियो। उनलाई ‘टिम लिडर’ भनेर लगिएको थियो। नेपाली टिममा यो पहिलो पटक सिर्जना गरिएको पोस्ट थियो। कोइराला लन्डन हुँदै उत्तरी आयरल्यान्ड जाने बेलामा क्यानका महासचिव उत्तम कर्माचार्यले कार्यवाहक अध्यक्षको आयरल्यान्डको भिसा नरहेको र उत्तरी आयरल्यान्डबाट फर्किन जनाएका थिए। तर कोइराला बिहीबार आयरल्यान्ड पुगिसकेका छन्। डब्लिनमा हुने खेलका लागि क्यानले श्रेष्ठलाई व्यवस्थापक तो

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्यायो..

Image
काठमाडौं, आषाढ २९, सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ। त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको छ। यस्तै, अन्य सात ठाउँमा पनि क्रिकेट मैदान बनाउन रकम विनियोजन गरिएको छ। यस्तै, सरकारले यसै वर्ष काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्ने भएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरी कभर्ड हल बनाउन लागिएको हो। यसैगरी, सरकारले दशरथ रंगशालाको मैदान मर्मतका लागि १३ करोड रुपैयाँ छुट्टाएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा ललितपुरको च्यासल फुटबल मैदानलाई वैकल्पिक मैदानको रुपमा विकसित गर्न रकम विनियोजन गरेको छ । यसैगरी, काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदान निर्माणका लागि रकम विनियोजन गरिँदा डिभिजन–३ क्रिकेटका लागि पुल्चोक इन्जिनियरिङ मैदानमा रहेको क्रिकेट मैदानको स्तर सुधार गर्नसमेत सरकारले रकम विनियोजन गरेको छ। विद्यालय स्तरदेखि नै खेलकुद विकास गर्न सरकारले देशका चार हजार सामुदायिक विद्यालय प्रत्येकलाई १० हजार रुपैयाँ छुट्टाएको