Posts

Showing posts with the label Nepal Women's Cricket League

२४ घन्टा नबित्दै मुख्यमन्त्री अखिलेश यादवको कारबाही फिर्ता

Image
उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई समाजवादी पार्टीले गरेको कारबाही फिर्ता लिएको छ । पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै समाजवादी पार्टीका प्रमुख मुलायमसिंह यादवले शुक्रबार छोरा तथा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका थिए । अखिलेशसँगै उनका काका तथा पार्टीका वरिष्ठ नेता रामगोपाल यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको मुलायमले बताएका थिए । अखिलेशमाथिको कारबाही रद्द भएको अखिलेशका अर्का काका तथा मुलायमसिंहका भाइ शिवपाल यादवले बताए । कारबाहीमा परेका मुख्यमन्त्री अखिलेशले शनिबार पार्टी प्रमुख तथा बाबु मुलायमसँग भेट गरेका थिए । ‘पार्टीले मुख्यमन्त्री अखिलेशमाथि गरेको कारबाही रद्द गरेको छ । विधानसभाको आगामी निर्वाचनमा पार्टी थप एकजुट भएर जानेछ । पार्टीभित्र देखिएका सम्पूर्ण असमझधारी अन्त्य भएको छ,’ पार्टी नेता शिवपाल यादवले बताए । मुलायमसिंहसँगको भेटमा अखिलेशका विश्वासपात्र अजाम खानले अखिलेशविरुद्धको कारबाही रद्द गर्न मुलायमसँग आग्रह गरेका थिए । शनिबार दिउँसो अखिलेशले आफू समर्थक वि धानसभाका सांसद र नेताहरूलाई आफनै आवास लखनउमा भेट गरेका थिए ।

माछापुच्छ्रे र राइजिङ फाइनलमा | Nepal Women's Cricket League

Image
पोखरा: माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र राइजिङ क्रिकेट फर उमन क्लब काठमाडौं महिला क्रिकेट लिगको फाइनलमा पुगेका छन्। पोखराको नगर विकास प्रशिक्षण केन्द्रको खेलमैदानमा बिहीबार भएको खेलमा आरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माछापुच्छ्रे फाइनलमा पुगेको हो।  राइजिङ पनि आरण्यज्योतिलाई नै हराएर फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार खेलिनेछ।टस जितेर ब्याटिङमा ओर्लिएको आरण्यज्योतिले माछापुच्छ्रेलाई ६१ रनको लक्ष्य दिएको थियो। आरण्यज्योतिकी प्रभा नेपालीले १८ र दीक्षा बरालले १५ रन बनाए। आरण्यज्योतिलाई सस्तोमा समेट्ने क्रममा माछापुच्छ्रेकी बलर शर्मिला मगरले तीन र इन्दु बर्माले दुई विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको माछापुच्छ्रेले १० ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। माछापुच्छ्रेका लागि मधु थापाले १२, इन्दु बर्माले अविजित ११ र शोभा आलेले अविजित नौ रनको योगदान गरे। इन्दु बर्मा प्लेयर अफ द म्याच घोषित भइन्। राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान ममता थापा, शोभा आले, इन्दु बर्मा र सरिता मगरसहित पाँचजना खेलाडी लिएर मैदानमा ओर्लिएको माछापुच्छ्रे र रेखा रावल, अञ्जली भण्डारी