Posts

Showing posts with the label Running

लन्डन म्याराथनमा नेपाली किशोरी....

Image
लण्डन , वैशाख १८ - भारतमा बेचिएका नेपाली बालबालिकाको उद्दारमा कार्यरत एउटा च्यारिटी एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि नेपाली किशोरीले लन्डन म्याराथनमा भाग लिइन्। ४२ किलोमिटर लामो उक्त दौड बेलायतमात्र होइन, विश्वकै ठूलो मानिन्छ । यसपटक करिव ३८ हजार सहभागी लन्डन म्याराथन नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा पूरा गरेकी छिन् । दौडेर कल्पनाले एक हजार ७ सय ४८ पाउण्ड पनि संकलन गरिन्। भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहका व्यवसायिक खेलाडी देखि च्यारिटीमा काम गर्ने सम्म सहभागी थिए। कोभेन्ट्री विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षीया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन्। ४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, 'थकाइ पनि लागेको छ, खुसी पनि लागेको छ ।' म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन्। दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिंदा १८ माइल दौडेक