नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित |Cricket
काठमाडौं, साउन १६ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ। शुक्रबार वर्षाले रोकिएको नेपाल र स्कटल्याण्डबीचको खेल शनिबार फेरि भएको हो। रोकिएकै स्थितिबाट शनिबारको खेल फेरि सुरु भएको थियो। जस अनुसार स्कटल्याण्डले जितका लागि २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने थियो। उसले १४ औं भरमा मात्रै १ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका सोमपाल कामीले एक विकेट लिए। स्कटल्याण्डले शुक्रबार वर्षाले खेल रोकिनु अघि १ दशमलव ४ ओभरमा १५ बनाएको थियो। स्कटल्याण्डले वर्षाका कारण २२ ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो। स्कटल्याण्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो। जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण प्रभावित भएको खेलमा स्कटल्याण्डले डकवर्थ लुइस नियमका आधारमा २२ ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो। नेपाली ब्याटिङ निक्कै फितलो रह्यो। नेपालका लाग शरद भेषावकरले सबैभन्दा धेरै ३० रन बनाए। बसन्त रेग्मी १९ तथा अविनाष कर्ण १७ रन...