आत्महत्या प्रकरणमा : दिपकराज गिरीले दिए यस्तो जवाफ
कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । उनले चलचित्र पाइरेसी गरेको आरोपमा समातिएका भाइहरुको नियत खराब नरहेकोले प्रहरीलाई आफुले समेत छाडिदिन आग्रह गरेको र सुवेदी हिरासतमुक्त भएको बताएका छन् । तर हिरासतमुक्त भएलगत्तै सुवेदीले आत्महत्या गरेका थिए । त्यो खबर बाहिर आउनासाथ सामाजिक सञ्जाल लगायत मिडियाहरुमा समेत कलाकार गिरीसँग जोडिएर समाचारहरु आइरहेका छन् । कलाकार दिपकराजले अनावश्यक ढंगले घटनालाई नउचाल्न समेत सर्वसाधारण र सञ्चारमाध्यामहरुलाई आग्रह गरेका छन् । सुवदीको मृत्युको खबरले आफुलाई समेत दुःखी बनाएको जनाउँदै उनले सो घटनामा एक प्रतिशत मात्र गल्ती सावित भए आफुहरु सजायको भागिदार हुन तयार रहेको समेत बताएका छन् । गिरीले २०७० सालमा पनि ‘छ एकान छ’ चलचित्र पाइरेसी भएको र त्यसबेला पनि केही युवाहरुलाई प्रहरीलाई अनुरोध गरेरै छाड्न लगाएको स्मरण गरेका छन् । प्रहरीले सुवेदीको आत्महत्या प्रकरणको...