Posts

Showing posts with the label ICC World Twenty20 qualifiers

Player: शतकको भोका अनिल मण्डलको शतक...

Image
काठमाडौ, श्रावण १५ - विश्व ट्वान्टी-२० छनोटमा गिरेको नेपाली क्रिकेट टिमको मनोबल बिहीबार ओपनिङ ब्याट्सम्यान अनिल मण्डलको विशेष शतकसँगै ब्युँझिएको छ । अनिलको शतक त्यो समयमा आएको छ, जतिखेर नेपालका प्रायः सबै ब्याट्सम्यान युरोप भ्रमणका अधिकांश खेलमा घुँडा टेकिरहेका थिए । अनिलको १ सय रनमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो पहिलो खेल खेलिरहेको नेपालले ३६ ओभरमा ५ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो । त्यो पनि घरेलु टिम स्कटल्यान्डसँग आयरमा खेल जित्नका लागि बनाएको भन्दा ३ रन कम थियो । शतकसँगै अनिलले अनेकौं नेपाली कीर्तिमान आफ्नो नाममा लेखाए । जस्तो लिस्ट 'ए' मान्यता प्राप्त खेलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि यस्ता मान्यता प्राप्त खेलमा नेपाली ओपनिङ ब्याट्सम्यानले अर्धशतक बनाउन पनि सकेका थिएनन् । राष्ट्रिय टिमबाट २ शतक बनाउने अनिल पहिलो खेलाडी पनि बनेका छन् । सन् २०१२ को डिभिजन ४ मा अनिलले मलेसियामा डेनमार्कविरुद्ध १ सय १३ रन बनाएका थिए । आयरल्यान्डमा विश्व ट्वान्टी-२० छनोटको निराशाजनक यात्रापछि नेपाली टिम स्कटल्यान्ड पुगेको थियो । प्रतियोगिताका ६ खेलमा नेपालका कुनै खेलाडीले क

अफगानिस्तान टी-२० विश्वकपका लागि छनोट: पपुवा न्यूगिनी बाहिरियो | Cricket

Image
टी-२० विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको हो। पपुवा न्यूगिनीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। अफगानले पहिलो बलमा नै भरपर्दा ब्याट्सम्यान मोहम्मद सेहजादको विकेट गुमाएको थियो। तर, नवरोज मंगोलले अविजित ६५ रनको पारी खेले। कप्तान अस्गरले २२ रन बनाए भने नजिबुल्लाह जादरानले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि चाल्र्स अनिमीले नटआउट ३७ रनको महत्वपूर्ण पारी खेलेका थिए।

नेदरल्याण्ड ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट | Cricket

Image
आयरल्याण्ड-  नेदरल्याण्ड ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनोट भएको छ। मंगलबार राती भएको खेलमा नामिबियालाई ४ विकेटले हराउँदै नेदरल्याण्डले बिश्वकपमा स्थान सुरक्षित गरेको हो। नामिबियाले दिएको १ सय ३६ रनको लक्ष्य नेदरल्याण्डले १९ दशमलब २ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो। नेदरल्याण्डसँगै सन् २०१६ मा हुने विश्वकपका लागि आयोजक आयरल्याण्ड र स्कटल्याण्ड तथा हङकङ छनौट भएका छन्। छनौट प्रतियोगितामा बुधबार नामिबिया र ओमान तथा अफगानिस्तान र पपुवा न्युगिनीबीच खेल हुनेछ। हङकङसँग हारेपनि आज पपुवान्युगिनीसँग जिते अफगानिस्तानको विश्व कपमा पुग्ने सम्भावना हुनेछ ।

नेपाली टोली नेतृत्वको हेलचेक्रयाई...

Image
अन्तर्राष्ट्रिय म्याच एक्स्पोजरको दृष्टिबाट यसपटकको विश्वकप छनोटको तयारी कमजोर मान्न सकिन्न । आयरल्यान्डकै कन्डिसनमा खेलाडीहरूले अभ्यास र तयारीको अवसर पाएका थिए । यद्यपि नेपालको प्रदर्शन सोचेभन्दा निकै कमजोर भयो। त्यसमा नेतृत्वको हेलचेक्रयाइँ जिम्मेवार छ। दुबईमा भएको अघिल्लो छनोट प्रतियोगिताका लागि हामीले ब्याटिङ तथा बलिङ प्रशिक्षक नेपालमै झिकाएर तयार गरेका थियौँ । फलस्वरूप छनोट प्रतियोगिता हाम्रा लागि निकै सफल पनि भयो । यसपटक पनि हामीले तयारीमै ब्याटिङ र बलिङ प्रशिक्षक झिकाउनुपर्छ भनेका थियौँ । तर, त्यसलाई नेतृत्वले सुनेन । एकैपटक प्रतियोगिताको अन्तिम तयारीका लागि टोली बेलायत उडिसकेको अवस्थामा कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बोर्ड बैठकमा ब्याटिङ प्रशिक्षकमा मोन्टी देसाई नियुक्त गरिएको प्रस्ताव स्वीकृतिका लागि ल्याउनुभयो मुख्य प्रशिक्षक दासानायकेको सिफारिसमा कार्यबाहक अध्यक्ष, सिइओ भावना घिमिरे र महासचिव उत्तम कर्माचार्यको मिलेमतोमा पहिले नै नियुक्ति गरिसकिएको रहेछ । ट्रेनिङका लागि झिकाउन नसकिएको ब्याटिङ प्रशिक्षक प्रतियोगिताका लागि मात्रै ल्याएर अर्थ थिएन । यद्यपि असहमतिबीच बोर्डले त

नेपालको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता गुम्यो

Image
काठमाडौं, श्रावण ४ । नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धीको रुपमा लिइएको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमेको छ। आयरल्याण्ड र स्कटल्याण्डमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालको अन्तर्राष्ट्रिय हैसियत खोसिएको हो। यसले नेपाली क्रिकेटलाई निकै ठूलो नोक्सानी पुर्‍याउने विज्ञहरु बताउँछन्।  ट्वेन्टी–२० अन्तराष्ट्रिय हैसियत खोसिएपनि नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मूख्य बरीयतामा भने रहिरहनेछ। नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप ट्वेन्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले टि ट्वेन्टी अन्तर्राष्ट्रिय मुलुकको हैसियत दिएको थियो। आइसीसीले ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने टोलीलाई मात्रै टि–ट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिने बताएको छ। नेपाल र नेदरल्याण्ड्ससँग टि–ट्वेन्टी अन्तर्राष्ट्रियको हैसियत मात्रै थियो। यसबाहेक ६ वटा एसोसिएट राष्ट्र स्कटल्याण्ड, आयरल्याण्ड, अफ्गानिस्तान, पपुवा न्युगिनी, हङकङ र युएईसँग एक दिवसीय क्रिकेट खेल्ने हैसियत छ । एक दिवसीय हैसियत पाउने टोलीले स्वतः ट्वेन्टी–२० अन्तर्रा

‘आँखा चिम्लिंदै गरेको ब्याटिङ’

Image
काठमाडौ, श्रावण ४ - विश्व ट्वान्टी–२० छनोटमा नेपालको फितलो प्रदर्शनले एकपछि अर्को कमजोरी देखाइदिएको छ। भनिन्छ, जितले सबै कमजोरी लुकाउँछ र हारले सबै उदाङ्गो पार्छ। आयरल्यान्डमा नेपालको प्रदर्शनले सम्झनलायक केही रहेन। यसले नेपाली क्रिकेटको भविष्यमाथि नै प्रश्नचिह्न उठाइदियो। जित–हार खेलको एउटा अभिन्न पाटो हो। तर नेपालले अमेरिकासँग बाहेक अन्य कुनै पनि खेलमा जित्नका लागि खेल्ने क्षमता देखाएन। जर्सी जस्तो नवप्रवेशी टिमसँग नेपाल १/१ रनका लागि तड्पिरहेको थियो। टेलिभिजनमा देखिएको २ खेलमा नेपाली ब्याट्सम्यानले ब्याटिङ नै चलाउन नसकेको जस्तो देखियो। उनीहरूले विरलै अफ साइडमा प्रहार गर्थे। हरेक बल बाउन्ड्री हान्नुपर्छ भन्ने मानसिकता देखिन्थ्यो। छनोटको ६ खेलमा कुनै पनि नेपाली खेलाडीले १ सय रन पनि बनाउन सकेनन् । पहिला ब्याटिङ गरेर नेपालले कुनै पनि खेलमा १ सय १० रनसम्म जोड्न सकेन। बरु आयरल्यान्डसँग नेपाल ५३ रनमै अलआउट भयो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियकै दोस्रो न्यून स्कोर बन्यो । ज्ञानेन्द्र मल्लले अमेरिकासँग पहिलो खेलमा बनाएको अर्धशतक पूरै प्रतियोगितामा नेपाली ब्याटिङको एउटामात्र हेर्न लायक झलक थि

सिद्धान्तको स्मारणीय डेब्य

Image
आयरल्याण्ड यात्रामा निस्कँदा नेपालले विश्पकपमा छनोट हुने मात्र होइन, उपाधि जित्ने लक्ष्य लिएको थियो। खासगरी नेपाली ब्याटिङ चलेन। अमेरिकी विरुद्ध ज्ञानेन्द्र मल्लले बनाएको ५२ रनबाहेक टप अडर चल्न सकेन। आयरल्याण्ड, पपुवा न्यूगिनी र जर्सीसँग घुडा टेक्यो। जर्सीसँगको अभ्यास खेलमा सिरियर टीममा डेब्यू गरेका सिद्धान्त लोहनीले भने सबैलाई प्रभावित पारेका छन १६ बलको सामना गरेका उनले दुई छक्का र दुई चौकासहित २७ रन बनाए। जुन जर्सीविरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो। उनले हानेको हेलिकोप्टर सटको निकै चर्चा भएको छ। सिनियर टीमबाट पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको भए पनि उनमा आत्मविश्वासको कुनै कमी थिएन। खेलपछि नेपाली टोलीका कप्तान पारसले सिद्धान्तले अवसरलाई सदुपयोग गर्दै निकै राम्रो इनिङ खेलेको बताए।

नेपालको सपना चकनाचुर, अन्तर्राष्ट्रिय टी–२० को मान्यता पनि गुम्ने खतरा

Image
काठमाडौं, श्रावण २ । नेपाल आयरल्यान्ड र स्कटल्यान्डको आयोजनामा भइरहेको विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा शनिबार जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।  योसँगै नेपालको छिमेकी राष्ट्र भारतमा हुने विश्वकप टी–२० खेल्ने सपना पनि चकनाचुर भएको छ। विजयका लागि १ सय ६ रनको झिनो चुनौती पछ्याउनेक्रममा जर्सीले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्नेक्रममा ८ विकेट गुमाएर एक सय ५ रनमात्र बनाउन सक्यो। ट्वेन्टी–२० मा ‘डेब्यु’ गरेका सिद्धान्त लोहनीले १६ बलमा २ छक्का र २ चौकाको मद्दतले २७ रन जोडे। यसैगरी, उपकप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २६ रनको योगदान दिए। प्रतियोगिताबाट बाहिरिएको नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वर्षाले अवरुद्ध दोस्रो खेलमा नामिबियासँग अंक बाँडेको थियो । त्यसपछि जित आत्मसात् गर्न नसकेको नेपालले आयरल्यान्डसँग ८ विकेटको, हङकङसँग ५ विकेटको, पपुवा न्युगिनीसँग ८ विकेटको तथा जर्सीसँग ७ विकेटको हार बेहोरेको हो। यो फराकिलो हारसँगै

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

Image
काठमाडौं, श्रावण २ - विश्व ट्वान्टी–२० छनोटको खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ टस हारेर व्याटिङ थालेको नेपालले जर्सीलाई १०६ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको झिनो लक्ष्य जर्सीले मात्र ३ विकेटको क्षतिमा २३ बल अगाडी नै पुरा गर्यो।

ब्याटिङ्ग पुन: नचल्दा नेपाल टी-२० विश्वकप गुमाउने स्थिति

Image
टी-२० विश्वकप छनोटमा शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ। समूहको चौथो स्थानमा रहँदा विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ। कप्तान पारस खड्काले भने-'हामीसँग एक खेल बाँकी छ र त्यो खेलमा पुनरागमन गर्नुको विकल्प छैन।' अन्तिम खेल खेल्नुअघि नेपाल ३ अंकका साथ पाँचौं स्थानमा छ भने समान अंक जोडेको हङकङ चौथो स्थानमा छ र उसले आयरल्याण्ड, नामिबिया र हङकङसँग खेल्न बाँकी छ। जितसँगै पपुवा न्यूगिनीले अपराजित यात्रा जारी मात्र राखेन, ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। नेपालले सुरुवाति ७ ओभरमा १ विकेट गुमाएर ३४ रन बनाएको थियो। यो प्रतियोगितामा नेपालले पावर प्लेमा ३० रन कटाएको यो पहिलो पटक थियो। तर, आठौं ओभरको पहिलो बलबाट सुरु भएको विक्रेट झर्ने क्रम रोकिएन। नेपालका लागि ओपनर प्रदिप ऐरीले २८ बलमा ४ चौकासहित २९ रन बनाए भने सागर पुनले १२ बलमा तीन चौकासहित १५ रन जोडे। शरद भेसवाकर ११ रनमा आउट भए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। उपकप्तान ज्ञानेन्द

नेपालको ट्वान्टी विश्वकप छनोटमा लगतार तेस्रो हार, अब छनवोट हुन हङकङको हातमा

Image
काठमाडौ, श्रावण १ - लगातार तेस्रो खेलमा पराजित भएपछि नेपालको टि–ट्वान्टी विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने संभावना कम हुँदै गएर हङकङको हातमा पुगेको छ । नेपालले बाँकी एक खेल जित्ने र हङकङ खेल्न बाँकी तीनै खेलमा पराजित भएमा मात्रै नेपाल दोस्रो चरणमा पुग्न सक्छ । आयरल्यान्ड, नामिबिया र अमेरिकामध्ये कुनै एउटासँग मात्रैलाई पनि हङकङले पराजित गर्‍यो भने नेपाल पहिलो चरणबाट बाहिरिनेछ । टि–ट्वान्टीको अघिल्लो संस्करणमा नेपालले छनोट भएर बंगलादेशमा विश्वकप खेलेको थियो । छनोटमा ५ खेल खेलेको नेपालले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो भने नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडिएको थियो । त्यसपछि आयरल्यान्ड र हङकङसँग पराजित भएको नेपाल शुक्रबार पपुवान्युगिनीसँग ८ विकेटले पराजित भयो । पहिलो चरणको अर्को खेल नेपालले शनिबार जर्सीसँग खेल्दैछ ।

नेपालको दुई खेल प्रत्यक्ष प्रसारण

Image
नेपाल र पपुवा न्युगिनीबीचको खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ। आयरल्याण्ड गएर प्रत्यक्ष हेर्न नपाएका धेरैले घरमै बसेर खेल हेर्न पाउने छन्। नेपाल र पपुवा न्युगिनी बीचको खेल स्पोर्टस च्यानल स्टार स्पोर्टस फोरले प्रत्यक्ष प्रशारण गर्ने छ। आइसिसीले विश्वकप छनौटका ५१ मध्ये २० वटा खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ। जर्सी विरुद्धको नेपालको शनिबारको खेल पनि प्रत्यक्ष प्रशारण हुनेछ

Nepal eye to capture final chance - Nepal v/s PNG (Match Preview)

Image
ICC World Cup Qualifier 2015 Nepal vs Papua New Guinea (Dublin) Time: 2:45 NST PNG already beats Ireland as well as gain lot of confidence to secure path of worldcup. While Nepal dont want to miss the last chance. Coach and captain are still in problem about opening pair. Subash who got first chance in this tournament once again fail to show his ability. Hard hitter Pradip Airee who DUCK in last two matches is likely to open match. Binod Bhandari who show his batting ability in 2013 can be placed in gap. In previous edition Bhandari score 51(not out) of 23 balls with 1 boundary and 6 sixes. He was rewarded as player of Match. PNG is rising star who already got ODI status. Till now Nepal win twice & one win goes for PNG in 3 matches. Nepal aim to win this match to keep hope alive. If Nepal win this match and Ireland win the very next match against Hongkong it is benificial for Nepal. Nepal should win jersey by great margin to get positive net run rate. TEAM SQUAD: Papua New Guinea

नेपाली टिममा व्यवस्थापकको ओइरो

Image
काठमाडौं, श्रावण १ - विश्व ट्वान्टी–२० छनोटमा नेपाली टिमको व्यवस्थापकको हैसियतमा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य नरेश श्रेष्ठ आयरल्यान्ड लागेका छन्। उनी बुधबार राति इतिहाद एयरबाट डब्लिन गएका थिए। नेपाली टिम सम्हाल्न पुग्ने उनी चौथो अफिसियल हुन्। यसअघि नै नेपाली टिममा क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइराला, उपाध्यक्ष विकास घिमिरे र प्रमुख कार्यकारी अफिसर छुम्बी लामा उत्तरी आयरल्यान्डमा थिए। उनीहरू नेपाली टिम बसेको ला मोन होटल एन्ड कन्ट्री हाउसको एकै कोठामा बसेका थिए। नेपाली टिमसँगै उनीहरू बसमा बिहीबार दिउँसो डब्लिन पनि पुगेका छन्। अध्यक्ष नै टिम व्यवस्थापक भएर जान लागेको भन्दै कोइरालाको क्यानको साधारणसभामै ठूलो विरोध भएको थियो। उनलाई ‘टिम लिडर’ भनेर लगिएको थियो। नेपाली टिममा यो पहिलो पटक सिर्जना गरिएको पोस्ट थियो। कोइराला लन्डन हुँदै उत्तरी आयरल्यान्ड जाने बेलामा क्यानका महासचिव उत्तम कर्माचार्यले कार्यवाहक अध्यक्षको आयरल्यान्डको भिसा नरहेको र उत्तरी आयरल्यान्डबाट फर्किन जनाएका थिए। तर कोइराला बिहीबार आयरल्यान्ड पुगिसकेका छन्। डब्लिनमा हुने खेलका लागि क्यानले श्रेष्ठलाई व्यवस्थापक तो

पारस र पुबुदुका नाममा एक नेपाली समर्थकको खुल्ला पत्र !

Image
नेपाल क्रिकेट टीम: पारस र पुबुदु प्रिय कप्तान पारस र कोच पबुदु, म एउटा क्रिकेट प्रेमी। क्रिकेटका लागि खाना छोड्छु। नेपालको खेल सुरु हुनुभन्दा एक महिना अघिदेखि नै मिनेट–मिनेट गन्न मनलाग्छ। नेपालले राम्रो खेल्दा मन यति फुरुङ्ग हुन्छ कि, म व्यक्त गर्न पनि सक्दिन। नेपालले पराजय बेहोर्दा खल्लो लाग्छ, राम्ररी सुत्न सक्दिन, टाउको दुख्छ र मनमा कत्ति पनि चैन हुन्न। पछिल्लो दशकमा नेपालीलाई खुसी हुने मौका कसैले दिएको छ भने, त्यो नेपाली क्रिकेटले हो। यसमा तपाईं दुईको योगदानको जत्ति प्रसंशा गरेपनि सकिन्न। अझै याद छ, दुई वर्षअघि हङकङसँगको प्लेअफको त्यो म्याच। अन्तिम ओभरमा सरद भेसवाकरले सानदार प्रदर्शन गर्दै नेपललाई विश्वकपमा पुर्याएको दिन। त्यो अन्तिम ओभरभन्दा पनि खेल जितिसकेपछि हाम्रा प्रिय प्रशिक्षक पुबुदु छाति फुलाउँदै ड्रेसिङ रुमबाट निस्किएको क्षण सायद जिन्दगीमा कहिल्यै भुल्दिन। त्यो सारा क्रिकेटप्रेमी नेपालीका लागि अविस्मरणीय क्षण थियो। यसपटक पनि त्यही क्षणको प्रतिक्षा नभएको होइन। त्यो क्षणको मिर्गतृष्णमा आँखा यत्ति भोकाएको छ भन्ने सिमाना नै छैन। यसपटक अझै हामीलाई खुसी चाहिएको थियो। निर्दयी भूक

नेपाली क्रिकेट टोलीका फिजियो यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Image
डा. अइजाज वासिर वेलफास्ट, आयरल्याण्ड, असार ३१ - नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. अइजाज बसिर असाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन्। भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक आसयले समातेको आरोप लगाइएकाे छ। मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो। हत्कडी लगाएर डा. बसिरलाई अदालतमा उपस्थित गराइएको वेलफास्टलीग्राफले जनाएको छ। डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ति महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी–२० विश्वकप छनौट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा बसिरहेको छ। प्रहरीका अनुसार डा. बसिरले ति महिलालाई शरीर मसाजको लागि अह्राएका थिए। मसाज गर्दाको बेला उनले भित्रि वस्त्र लगाउनुपर्नेमा नलगाइ बसेको र दुव्र्यवहार गरेको प्रहरीको भनाई छ। बसिरले लगत्तै ति महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ति महिलाले अस्वीकार गरिन। डा. बसिरका वकिलले भने यौन दुव्र्यवहार आरोपको खण्डन गरेका छन्। ट्वान्टी–२० छनौटकै लागि पूर्वी मुम्बईका डा. बसिर फिजियोको

हङकङसँगको हार पछि पारस खड्काको भनाइ

Image
बेलफास्टमा प्राय: सबै टीमहरु टस जितेपछि यहाँको मैदानको अवस्था, विकेट अवस्थाले गर्दा पनि फिल्डिङ नै रोज्न चाहन्छन्। हामीले हाम्रो क्षमता अनुसार ब्याटिङ गरेनौं। संघर्ष गर्दै १ सय १० सम्म पुग्यौं। यहाँको विकेट त्यति सजिलो छैन। दिनभरी नै विकेट उस्तै रहन्छ। हामी मात्र हैन, बेलफास्टको मैदानमा सबै टीमका लागि गाह्रो भएको छ र सबैले रनका लागि संघर्ष गरेका छन्। पारस खड्का हङकङसँगको खेलमा हामीले २० रन कम बनायौं। खराब सुरुवातका बाबजुद पनि हामीले १ सय १० रन जोड्न सक्यौं र खेललाई अन्तिम ओभरसम्म कायम राख्न सक्यौं। यस्ता प्रतियोगितामा हामीले एक ओभर या दुई ओभर या २० ओभर राम्रो क्रिकेट खेलेर मात्र हुँदैन, पूरै ४० ओभर राम्रो क्रिकेट खेल्नुपर्छ। बिडम्बना हामीले राम्रो क्रिकेट खेल्न सकेका छैनौं। हामीले हाम्रा योजनाहरुलाई मैदानमा खरो उतार्न सकेका छैनौं। मेरो विचारमा हामीले ब्याटिङमा आफूलाई चाहिने 'फ्लो' कायम गर्न सकेका छैनौं। कडा प्रहार या विकेट, हाम्रो यस्तै भइरहेको छ। हामीले ब्याटिङ 'फ्लो'लाई दुरुस्त बनाउनुपर्छ। हामीसँग अझै दुईवटा खेल बाँकी नै छन्। कहिलेकाहीं 'प्लेइङ कन्डिसन्स' त्यत

Possibilities for Nepal- Road to worldcup

Image
Nepal have death chance for a way to worldcup. If Nepal win both games & Ireland beat hongkong by big margin, Nepal have a chance for playoff. If Nepal stay in fourth of the table then, Nepal will follow this process:- A1 B1 A2 B2 A3 B3 A4 B4 ROUND 1 A1 & B1 will qualify directly. ROUND 2 A2 vs B3 A3 vs B2 From here winner of above game will qualify. While looser go for round 3. ROUND 3 Nepal(A4) vs looser of A2/B3 B4 vs looser of B2/B4 Two team from every round will be selected. [By: Pawan Kaarkee]

 नेपाल ५ विकेटले पराजित, अब नेपाल कठिन मोडमा...

Image
विश्व ट्वान्टी–२० छनोटमा नेपालको कमजोर प्रदर्शन कायम छ । बुधबार हङकङसँगको ५ विकेट पराजयपछि नेपाल प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ४ खेलमा नेपालको यो दोस्रो पराजय हो । नेपालको छनोट हुने आशा अव आफ्नो हातमा रहेन । टस हारेर ब्याटिङ गर्न आएको नेपाल निर्धारित २० ओभर खेलेर १ सय ९ रनमा अलआउट भयो । उत्तरी आयरल्यान्डको बेलफास्टमा संयमीत भएर खेलेको हङकङले ५ बल अगाडी लक्ष्य पुरा गर्‍यो । अघिल्लो खेलमा आयरल्यान्डसँग ८ विकेटले पराजित भएको नेपालले पछिल्लो ७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ मा पराजय भोगिसकेको छ  नेपाल समूह ‘ए’ को अंक तालिकामा पाँचौं स्थानमा झरेको छ । नेपालले ४ खेल खेलिसकेको छ । बाँकी २ खेल नेपालले आयरल्यान्डको डब्लिनमा खेल्ने छ । आयरल्यान्ड ६, पपुवा न्यु गिनी ५, नामिबिया ३ र हङकङ ३ अंकसहित पहिलो चार स्थानमा छन् । ३ अंक नै भए पनि नेपाल रन रेटमा नामिबिया र हङकङभन्दा पछाडी छ । समूहको शीर्ष चार टोली दोस्रो चरणमा पुग्छन् । पपुवा न्यु गिनी, नामिबिया र हङकङले ३–३ खेल खेलेका छन् । हङकङले आयरल्यान्ड, नामिबिया र अमेरिकासँग खेल्न बाँकी छ । हङकङ त्यसमा २ खेलमा पराजय भएमा नेपालको दोस

Rusty Nepal and struggling Hong Kong clashes in "Do or Die" stage

Image
Editor: Kishor Sharma One required of One, take your picks!!! 19.6 Haseeb Amjad to Vesawkar, 1 run, and that's the winning runs for Nepal by Vesawkar. With this win Nepal books a semi-final berth and most importantly qualifies for the World Cup T20 to be played next year. Absolute cracker of a match and can't ask for more! End of over 20 (13 runs), Nepal 144/5. How many of you remember this happiest moment ever? In the last edition of T20 Qualifiers held at Dubai, Nepal defeated Hong Kong to book their ticket to ICC T-20 WC held in Bangladesh on March 2014. These two old rivals are again going to fight each other in the group round of ICC T20Q 2015 on Wednesday. The match is equally important for both the teams as they are struggling to get their position in Top Four. Nepal lost its match to Irish team while Hong Kong also lost its match to Jersy in the ongoing tournament. So, both the teams will try to take out positive result in the coming battle to make their chance stronger