Posts

Showing posts with the label T202016

दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी...

टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तयारीमा भारतको धर्मशालामा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ। सोमबार दिउँसो धर्मशालामा भएको दोस्रो अभ्यास खेलमा नेपाली टिमले हिमाञ्चल प्रदेश-११ लाई ६१ रन पराजित गर्न सफल भएको हो। नेपाललार्इ फराकिलो जित दिलाउने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङमा र सोमपाल कामीको अलराउन्ड पर्दशन गरे। फराकिलो जित निकाले पनि नेपालको शुरुवात भने खराब थियो। तर, उपकप्तान मल्लले अविजित रहँदै ५२ रन बनाएपछि नेपालले हिमाञ्चललार्इ १२३ रनको लक्ष्य दिएको थियो।   त्यसैगरी सोमपाल कामीले २४नेपालका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। नेपालको पारीमा सरद भेसवाकरले ११, सुवास खकुरेलले ५, सागर पुनले ४, पारस खड्का र विनोद भण्डारीले समान १/१ रन जोडे। ४७ रनमा ६ विकेट गुमाएको अवस्थामा नेपालको पारीको उपकप्तान मल्लले उद्धार गरेका थिए।नेपालको पारी सम्हाल्दै ज्ञानेन्द्रसँग सोमपालले ३८ र शक्ति गौचनले ३७ रनको साझेदारी गरी नेपालको जितको आधार खडा गरे। जवाफी ब्याटिङमा उत्रेको हिमाञ्चल-११ १४ ओभर ३ बलमा ६१ रन जोड्दा अलआउट भएको थियो। घरेलु टोलीलाई स

T20/20 विश्वकप छनौटका लागि खेलाडी छानिए....

Image
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट र आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्स अन्तर्गत नेपाल र स्कटल्याण्डबीच हुने खेलमा सहभागी हुनका लागि बन्द प्रशिक्षणका लागि पारस खड्काको नेतृत्वमा २२ जना खेलाडीको छनौट गरेको हो । छनौटमा पर्ने खेलमाडीमा शरद भेशवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शक्ति गौचन छन् । यस्तै सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बाँस्कोटा र अनिल मण्डल पनि छनौटमा पर्न सफल भएका छन् । यसैगरी सिद्धान्त लोहनी, मोहम्मद आलम, राजेश पुलामीमगर, अविनाश कर्ण, महेशकुमार क्षेत्री, हरिशंकर साह र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनौट भएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जारी गरेको विज्ञप्तिामा उल्लेख छ । बन्द प्रशिक्षणपछि यिनै खेलाडीबाट नेपाली टिमको चयन गरिने क्यानले जनाएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेल आउँदो जुलाइ ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्

नेपाल र आयरल्यान्ड एकै समूहमा,  विश्व ट्वान्टी–२० छनाेटकाे खेल तालिका...

Image
काठमाडौ, वैशाख ३१ - नेपालले विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्डसँग समूह चरणमै प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार प्रकाशित गरेको खेल तालिका अनुसार नेपालले समूह चरणमै घरेलु टोलीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो। विश्व ट्वान्टी–२० छनोट जुलाई ९ देखि २६ सम्म आयरल्यान्डसँगैं उत्तरी आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना हुँदैछ। १४ टोली सहभागि रहने प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनेछन्। नेपाल र आयरल्यान्डसँगैं समूह ‘ए’ मा हङकङ, पपुवा न्यु गिनी, नामिबिया, अमेरिका र जर्सी छन्। त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान, युएई नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानाडा, केन्या र ओमान छन्। समूहका शीर्ष दुई टोली सोझै विश्वकपमा छनोट हुनेछ। बाँकी ४ टोलीको छनोट प्लेअफबाट हुनेछ। नेपालले समूह चरणको पहिलो चार खेल उत्तरी आयरल्यान्डको बेलफास्टमा खेल्ने छ। त्यसपछि समूह चरणको बाँकी २ खेल आयरल्यान्डको डब्लिनमा खेल्ने छ। नेपालको पहिलो खेल जुलाई १०मा अमेरिकासँग छ। त्यसपछि नेपालले जुलाई ११ मा नामिबियासँग, जुलाई १३ मा आयरल्यान्डसँग र हङकङसँग जु