Posts

Showing posts from March, 2015

विराट चौथौ नम्बरमा

Image
विराट कोहली भारतीय खेलाडीमा ‘अब्बल’ भर्खरै सकिएको आइसिसी विश्वकपमा भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोहलीको धेरै आलोचना भयो। रंगशालामा उनकी प्रेमिका अनुष्का शर्मासमेत रहेको सेमिफाइनल खेलमा विराटले १३ बलमा १ मात्र रन बनाएर आउट भएपछि अनुष्का समेत आलोचनामा परिन्। कति प्रसंशकले त विराटको तस्विर समेत जलाए। तर आइसिसीले भने विराटलाई भारतका खेलाडीमध्ये अब्बल बनाएको छ। आइसिसीले तयार पारेको र्‍याङकिङमा विराट चौथौ नम्बरमा परेका छन्। एकदिवसीय क्रिकेटमा उनी भारतका पहिलो नम्बर ब्याट्सम्यान बनेका छन। भारतीय टिमकै शिखर धवन छैटौं  स्थानमा छन भने कप्तान महेन्द्रसिँह धोनी आठौं नम्बरमा परेका छन्। आइसिसीको नयाँ र्‍याङकिङमा ब्याटिङतर्फ दक्षिण अफ्रिकाका कप्तान एबी डीविलियर्स पहिलो नम्बरमा छन भने बलिङतर्फ अष्ट्रलियाका मिचेल स्टार्क पहिलो नम्बरमा रहेका छन्।

विश्वकप क्रिकेट २०१५ : ब्याटिङका सुपरस्टार...

Image
काठमाडौं, चैत १५ - अष्ट्रेलियाले उपाधि जितसँधै विश्वकप क्रिकेट २०१५ सकिएको छ । यो विश्वकपमा केहि नाम चलेका र आशा गरिएका खेलाडी फ्लप भए भने केहि खेलाडी नयाँ स्टार बनेर उदाय । यो विश्वकपमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका १० ब्याट्सम्यान : १. मार्टिन गुप्टिल, न्युजिल्याण्ड न्युजिल्याण्डका मार्टिन गुप्टिल एघारौं विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । आफ्नो टोलीलाई विश्वकपको उपाधि जिताउन नसकेपनि गुप्टिल विश्वकपको इतिहासमा एकै खेलमा सबैभन्दा धैरै रन बनाउने खेलाडी समेत बने । वेश्ट इण्डिजविरुद्धको खेलमा अविजित २ सय ३७ रन बनाएका गुप्टिलले विश्वकपमा खेलेका ९ खेलमा ६८ दशमलव ३७ को औसतमा कुल ५ सय ४७ रन बनाए । गुप्टिलले यस विश्वकपमा दोहोरोशतक सहित २ शतक र एक अर्धशतक प्रहार गरे । गुप्टिलले यो  विश्वकपमा सर्वाधिक ५९ चौका प्रहार गरे ।  २.कुमार सांगाकारा, श्रीलंका विश्वकपमा एकमाथि अर्को कीर्तिमान बनाएका श्रीलंकाका कुमार सांगाकारा यस विश्वकपमा सर्वाधिक रन हान्ने खेलाडीको सूचिमा दोश्रो स्थानमा रहे । ७ खेलमा ४ शतक प्रहार गरेका सांगाकाराले १ सय ८ को औसतमा ५ सय ४१ रन बनाए । उनले विश्वकप तथा एकदिवसीय क

ICC ले छान्यो ड्रिम टिम, भारतका एक जना पनि परेनन्...

Image
काठमाडौं, चैत १६  - आइसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसी टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ घोषणा गरेको हो । आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमसहित ५ खेलाडी परेका छन् । म्याकुलमलाई यो टिमको पनि कप्तान बनाईएको छ । भारत र पाकिस्तानका एक जना खेलाडी पनि यो टिममा परेनन् । विज्ञहरु सहभागी टिमले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ छनौट गरेको आइसिसीले स्पष्ट पारेको छ ।  आइसिसीका क्रिकेट सम्बन्धी जनरल म्यानेजर तथा टिम छनौट गर्ने टोलीका अध्यक्ष जिओफ अल्लार्डेकले १२ जना खेलाडी छनौट गर्न निक्कै कठिन भएको बताउनुभयो । यो विश्वकपमा २ दोहोरो शतक र ३८ शतक बनेको तथा बलरहरुले पनि २ ह्याट्रिकसहित २८ पटक ४ विकेट लिएका थिए । आइसिसीले घोषणा गरेको टिमको ब्याटिङ अर्डर : मार्टिन गुप्टिल – न्युजिल्याण्ड ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान) कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर) स्टेभेन स्मिथ – अष्ट्रेलिया एबी डि भिलियर्स – दक्षिण अफ्रिका ग्लेन म्याक्सवेल – अष्ट्रेलिया कोरे एन्ड

अबका विश्वकपमा देख्न नपाइने क्रिकेटर...

Image
लामो समय एक दिवसीय क्रिकेट खेलेका खेलाडी सन्यासका लागि विश्वकप क्रिकेट प्रतियोगिता पर्खिरहेका हुन्छन् । विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेपछि सन्यास लिने खेलाडीको संख्या विश्वकप २०१५ मा समेत धेरै छ । विश्वकपपछि सन्यास लिने खेलाडी को को छन त ? १. कुमार सांगाकारा (श्रीलंका) कुमार सांगाकारा यो विश्वकपमा निकै लयमा देखिए । एक दिवसीय क्रिकेटमा लगातार चार सतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान उनले यसै विश्कपमा बनाए । ३७ वर्षका सांगाकारा विश्वकप क्रिकेटमा सर्वाधिक ब्याट्सम्यानलाई आउट गर्ने विकेट किपरको सूचिमा समेत आफ्नो नाम लेखाउन सफल भएका छन् । आफ्नो टोली श्रीलंकाले क्वाटरफाईनलसम्मको यात्रा तय गर्दा सांगाकाराले यस विश्कपमा चार सतक सहित दोस्रो सर्वाधिक रन बनाए र विश्वकपमा श्रीलंका बाहिरिएसँगै उनले एक दिवसीय क्रिकेटबाट सन्यासको समेत घोषणा गरे । ४ सय ४ एक दिवसीय खेले खेलेका सांगाकाराले ४२ को औसतमा १४ हजार २ सय ४३ रन बनाएका छन् । जुन एक दिवसीय क्रिकेटमा दोस्रो सर्वाधिक रन हो । अघिल्लो वर्ष विश्वकपको उपाधिसँगै ट्वेन्टी–ट्वेन्टी क्रिकेटबाट सन्यास लिएका सांगाकारा अब अन्तर्राष्ट्रिय स

About Us

Image
This blog website is about the all kind of entertainments programs which will given to you lot of entertainments, and Letest News Updates, Sports News, Live Sports(Football, Crickets, Hockey etc..), Nepali/Hindi TV Shows etc. for more informations please contact us. Blog-Site Home Address:-  Nepal:- Damak, Jhapa(Nepal)                       UAE:-Abu Dhabi, United Arab Emirates E-mail Address:-    Facebook Page:-   " NPL Sports " Please visite in our  and Like to it!

अष्ट्रेलियालाई पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि

Image
अस्ट्रेलियाले पाँचौ पटक विश्वकप जित्ने क्रममा अष्ट्रेलियाले आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हरायो । अष्ट्रेलियाले यसअघि सन् १९८७, ​१९९९, २००३ र २००७ मा विश्वकप जितेको थियो । जितका लागि पाएको १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।अष्ट्रेलियाका लागि अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेका कप्तान माइकल क्लार्क ७४ रनमा आउट भए भने डेबिड वार्नरले ४५ रन बनाए । ओपन आरोन फिञ्च खाता नै नखोली आउट भएका थिए ।  यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली न्युजिल्याण्ड ४५ ओभरमा मात्र १ सय ८३ रनमा अल आउट भयो ।  अष्ट्रेलियन तिब्र गतिका बलर सामु निरिह देखिएका न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले केहि राम्रो प्रर्दशन गरेपनि सुरुवाती र पुछारका ब्याट्सम्यान चल्न सकेनन । ३९ रनमा तेश्रो विकेट गुमाएको न्युजिल्याण्डलाई चौथो विकेटका लागि रोज टेलर र ग्रान्ट इलियटले १ सय ११ रनको साझेदारी गरेपनि अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । ८२ बल खेलेका इलियटले ८३ र रोज टेलरले ४० रन बनाए । न्युजिल्याण्डका ५ जना ब्याट्सम्यानले खाता सम्म खोल्न भ्याएनन

विश्वकप क्रिकेटको उपाधि पाँचौ पटक अस्ट्रेलियालार्इ

Image
काठमाडौं :  विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा भएको फाइनल खेलमा अर्को आयोजक न्युजिल्यान्डको पहिलो पटक उपाधि जित्ने सपनामा तुषारापात गर्दै अस्ट्रेलिया पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्‍न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले   ३२.४ ओभरमा  ३ विकेट  गुमाउँदै विश्वकप क्रिकेटको उपाधिलाई घरैमा राख्न सफल भएको हो । अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए । अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । कप्तानी पारी खेलेका उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए । अस्ट्रेलियालाई उपाधि दिलाउन नटआउट रहेका स्टिभन स्मिथले ५६ रनको पारी खेले । उपाधि जितेसँगै यो विश्वकपको समूह चरणमा न्युजिल्यान्डसँग हारेको बदला पनि अस्ट्रेलियाले लिएको छ । यो हारसँगै जारी विश्वकपमा न्युजिल्यान्डको निरन्तर जितमा समेत

अस्ट्रेलियालाई न्युजिल्यान्डको १८४ रनको चुनौती

Image
काठमाडौं : विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ । मेलबर्नमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा अलआउट हुँदै १८३ रन बनाएपछि आयोजक अस्ट्रेलियाले १८४ रनको सामान्य लक्ष्य पाएको हो । मेलबर्नमा अस्ट्रे लियाविरुद्ध टस जितेर पहिलो विश्वकप उपाधि उचाल्ने लक्ष्याका साथ ब्याटिङमा उत्रेको न्युजिल्यान्डले शुरुबाटै संकटमा पर्‍यो । आजको खेलमा न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सर्वाधिक ८३ रनको पारी खेले । उनले ८२ बलको सामना गर्दै ७ चौका र १ छक्का समेत हाने । त्यसपछि रोज टेलरले ४० रन बनाए । उनले ७२ बलको सामना गरेर सो पारी खेले । न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियाका बलरले न्युजिल्यान्डका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्काए । ओपनर बे्रन्डन म्याकुलम खेलको शुरुमै आउट भए । उनले तीन बल सामना गरेको अवस्थामा खाता नै नखोली पेभेलियन फर्के । त्यसैगरी वेस्टइन्डिजविरुद्ध विष्फोटक पारी खेल्दै दोहोरो सतक खेलेका मार्टिन गुप्तिल पनि आजको खेलमा जम्न सकेनन् । उनलाई ३४ बलमा १५ रन ब

‘विश्व मुवाँ थाई’मा पदक जित्ने दुई नेपाली खेलाडी सम्मानित

Image
काठमाडौं, चैत्र १३ । थाइल्यान्डको बैंककमा हालै सम्पन्न ‘१२औं विश्व मुवाँ थाई प्रतियोगिता’मा पदक जित्न सफल दुई नेपाली खेलाडीहरु सम्मानित भएका छन् ।नेपाल मुवाँ संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी प्रतियोगितामा कास्यपदक जित्न सफल खेलाडीहरु छुल्टीम लामा र सूर्यबहादुर बुढाथोकीलाई जनही ५ हजार नगदसहित सम्मान गरेको हो । />लामाले ६३ दशमलव ५ केजीतर्फ तथा बुढाथथोकीले ७० केजीतर्फ कास्यपदक जितेका थिए । थाइल्यान्डबाट सुरु भएको मुँवा थाई खेल पछिल्लो समय विश्वमा एकै ठाँउमा उभिएर खेल्ने व्यवसायिक भिडन्तको रुपमा लोकप्रिय छ ।विश्व मुँवा थाई परिषदले विश्वभरका खेलाडीहरुबीच व्यवसायिक लिगसमेत सन्चालन गर्ने गरेको छ ।

धोनी पत्नी साक्षीले भनिन्- मलाई भारतीय टिमको प्रदर्शनप्रति गर्व छ

Image
विश्वकप क्रिकेटको सेमीफाइनलबाटै घर फर्केको भारतबारे विभिन्न टिका टिप्पणीबीच भारतीय टिमका कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षीले खुलेरै प्रशंसा गरेकी छन्। विश्वकपमा हारका बाबजुत पूरै टिमले बहादुरीसाथ प्रदर्शन गरेको भन्दै जीन्दगीमा हार जित चलिरहने प्रतिक्रिया दिएकी छन्। ‘पूरै टीमले बहादुरीका साथ खेल्यो। मलाई भारतीय टिमप्रति गर्व छ,’ टिमलाई हौस्याउँन अष्ट्रेलिया पुगेकी उनले भनिन्, ‘जिन्दगीमा हार-जीत चलिरहन्छ। सेमीफाइनलसम्म टीमलाई पुर्‍याउन सबैले समान त्याग र मेहनत गरेका छन्। अब मलाई मेरा श्रीमानसँग घर फर्कन मन छ। फाइनल उनीसँगै हेर्न पाउँछु।’ प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१ १३:११:३७ अबुधाबी

काल्स ग्राहकको अटोग्राफ र फुटबल सगरमाथामा पुर्‍याउने

Image
काल्सवर्ग वियरले आफ्ना ग्राहकको अटोग्राफभएको ब्यानर र लिभरपुल क्लबका खेलाडीको हस्ताक्षरयुक्त फुटबल सगरमाथामा पुर्‍याउने भएको छ। क्लबका खेलाडी रिकी लामवर्ट, लुकास लिभा, लाजार मार्कोभिक फिलिप कोटिन्होको हस्ताक्षर भएको  बारक्लेज प्रिमियर लिगको आधिकारिक फुटबल नेपाल ल्याउन  लागिएको हो। रिकी लामवर्टको हस्ताक्षर भएको फुटबल र नेपाली ग्राहकको अटोग्राफ भएको ब्यानर आगामी वैशाखको अन्तिम हप्ता सगरमाथाको चुचुरोमा पुर्‍याउने कार्यक्रम छ।  काल्र्सवर्गको नेपाली उत्पादक गोर्खा ब्रुअरीले नेपालका फुटबल ôानका लागि यो एकपटक मात्र आउने मौका भएको बताएको छ। प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१ -१२ :५९:३३-अबुधाबी

भारत कि अस्ट्रेलिया ?

Image
तथ्यांकमा अष्ट्रेलिया अगाडि  काठमाडौ, चैत्र ११ - सिड्नीमा बिहीबार डिफेन्डिङ च्याम्पियन भारत र घरेलु टीम अस्ट्रेलिया बीच हुने विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डले दक्षिण अफ्रिकामाथि बुधबार ४ विकेटको जित दर्ता गरि फाइनल प्रवेश गरिसकेको छ । विश्व क्रिकेटका दुई ठूला टिम भारत र अस्ट्रेलिया बीचको खेलको पखाईमा रहेका छन्, क्रिकेटका फ्यानहरू । तर कसले खेल जित्छ र फाइनलमा न्यूजिल्यान्डसँगको भेट पक्का गर्छ, बिहीबारै पत्ता लाग्ने छ । भारत र अस्ट्रेलिया बीचको सेमिफाइनल खेल हुनु अघि केहि तथ्यहरूले भने अस्टे्रलियालाई बलियो देखाउँछ । यी दुईले पहिले खेलेका खेलका आधारमा ८ तथ्यहरुः १. अस्ट्रेलिया विश्वकपको सबैभन्दा सफल टिम हो । उसले चारपल्ट विश्वकप जितिसकेको छ भने तीनपल्ट फाइनलमा पुगेर पराजित भएको छ । यस हिसाबले अस्टे्रलिया ११ औं विश्वकपसम्म आइपुग्दा अहिलेसम्म ७ पटक फाइनल पुगिसकेको छ । दुईपटक विश्वकप जितेको भारतले तीन पटक फाइनल यात्रा तय गरेको छ ।  २. भारत र अस्ट्रेलिया पहिलोपटक विश्वकपको सेमिफाइनलमा भिड्न लागेका हुन् । यस अघि उन

तेन्दुलकरको जर्सी ६ लाखमा बिक्री

Image
भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो खेल जीवनको अन्तिम टेष्ट क्रिकेटमा लगाएको जर्सी ६ लाख भारतीय रुपैयाँमा बिक्री भएको छ । ... जोधपुरका राजा गज सिंहका छोरा शिवराज सिंहले जोधपुरको उम्मिद भवनमा गरेको लिलामीका क्रममा सचिनको जर्सी ६ लाखमा बिक्री भएको हो । सचिनको जर्सीसहितको यो लिलामीबाट ८० लाख रुपैयाँ संकलन भएको छ र यो सबै रकम टाउकोको चोटबाट पीडित मानिसको उपचारका लागि खर्च गरिने छ । सन् २०१३ को नोभेम्बरमा मुम्बईमा वेष्ट इण्डिजविरुद्ध खेल्दा सचिनले यो जर्सी लगाएका थिए । जुन उनको खेल जीवनको २०० औं टेष्ट क्रिकेट थियो । यो खेल भारतले एक इनिङ र १ सय २६ रनले जितेको थियो । जसमा तेन्दुलकरले ७४ रन बनाएका थिए । यो खेलपछि तेन्दुलकरले आफ्नो जर्सी च्यारिटीका लागि लिलामी गर्न दिएका थिए । सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका तेन्दुलकर जारी विश्वकपको दूत बनेका छन् ।

शतक बनाउन नसकेकामा पछुतो

Image
एडिलेड (एएफपी), चैत्र ८ - पाकिस्तानका कप्तान मिसवाह उल-हकले एकदिवसीयमा शतक बनाउन नसक्नु आफ्नो जिन्दगीभरको पश्चतापका रूपमा रहेको बताएका छन् । विश्वकपमा अस्ट्रेलियासँग क्वाटरफाइनलमा पराजित भएसँगै मिसवाहको १ सय ६२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल यात्रा टुंगिएको थियो । मिसवाहले ३४ रनमात्र बनाउन सकेपछि पाकिस्तानले अस्ट्रेलियासँग २ सय १३ रनमात्र बनाउन सकेको थियो । जसको कारण अस्ट्रेलियाले १६ ओभरभन्दा अगाडि नै खेल टुंग्याएको थियो । मिसवाहसँगै साहिद अपि|mदीले अस्ट्रेलियासँगको खेलबाट एकदिवसीय क्रिकेट टुंगाए । एकदिवसीयमा शतक बनाउन नसक्नु ठूलो पछुतो भएको मिसवाहले बताए । 'शतक बनाउनु मेरो पनि इच्छा थियो, मैले आफ्नो सबै प्रयास लगाएको थिएँ । तर शतक कहिल्यै बनेन । यो निराशाजनक रह्यो तर आफ्नो खेलजीवनमा मैले रमाइलो गरें, त्यसमा म सन्तुष्ट छु ।' एकदिवसीयमा एउटै शतक नबनाई सबैभन्दा बढी रन बनाउने कीर्तिमान मिसवाहको नाममा छ । उनले ५ हजार १ सय २२ रन बनाए । सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा वेस्ट-इन्डिजमा द ओबलमा वेस्ट-इन्डिजविरुद्ध ९६ रन बनाउनु मिसवाहको एकदिवसीयमा उच्च स्कोर हो । 'आफ्नो देशको नेतृत्व

 अम्पायरको कारण भारतले जित्यो, बंगलादेशकी प्रधानमन्त्री यसो भन्छिन्...

Image
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अम्पायरको कारणले बंगलादेश विश्वकप क्रिकेटमा पराजित भएको आरोप लगाउनुभएको छ । उहाँले अम्पायरले गर्दा नै भारतले बंगलादेशलाई क्वाटर फाइनलमा हराएको दावी पनि गर्नुभयो । ‘अम्पायरले गलत निर्णय गर्दैन थिए भने  भारतले बंगलादेशलाई हराउन सक्ने थिएन ।’ उहाँले भन्नुभयो । बंगलादेश भारतसँग १ सय ९ रनले पराजित हुँदै विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएको थियो । यो खेलमा १ सय ३७ रन बनाएका रोहित शर्मालाई ९० रन बनाएको बेला बंगलादेशी खेलाडीले क्याच आउट गरेका थिए । तर अम्पायरले  नो बल भन्दै आउट दिएका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका अध्यक्ष मुस्ताफा कमलले पनि अम्पायरले मिलेर गलत निर्णय गरी बंगलादेशलाई हराएको प्रतिक्रिया दिनुभएको थियो । मेलबर्नमा बंगलादेशी पत्रकारसँग कुरा गर्दै कमलले भारत र बंगलादेशबीचको खेलमा अम्पायरले पहिला ने भारतलाई जिताउने तय गरेको आरोप लगाउँदै यसबारेमा आफूले आइसिसीको बैठकमा कुरा उठाउने बताउनुभएको थियो । आइसिसीका अध्यक्ष कमल बंगलादेशकै हुनुहुन्छ । तर आइसिसीले भने कमलको विचार व्यक्तिगत भनेको छ । अम्पायरको

गुप्टिलले.. ४० बर्षमा बनेको कीर्तिमान २७ दिनमै तोडे

Image
 त्यसमा पनि क्रिकेट जहाँ जे पनि सम्भव हुन्छ भनिन्छ । तर, वेष्ट इण्डिजका क्रिस गेलले २ सय १५ रन बनाएर राखेको विश्व कीर्तिमान महिना दिन पनि नबित्दै तोडिएला भनेर कमैले सोचेका हुनुपर्छ । किनकी एक्लैले २ सय रनको खड्गो काट्नु चानचुने कुरा होइन । नत्र दोहोरो शतक हेर्न विश्वकपको ११ औं संस्करणसम्म कुर्नुपर्ने थिएन । तर संयोग कस्तो भयो भने ४० वर्षसम्म बन्न नसकेको दोहोरो शतक यहि विश्वकपमा दुईपटक बनिसके । (अझै थपिन सक्ने सम्भावना पनि छ) सन् १९९६ मा दक्षिण अफ्रिकाका गेरि क्रिष्टेनले १ सय ८८ रन बनाउँदै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए । पाकिस्तान भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको त्यो विश्वकप अन्तर्गत संयुक्त अरब इमिरेट्सविरुद्ध पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा क्रिष्टेनले बनाएको यो रेकर्ड १९ बर्षसम्म रह्यो । त्यसको ठ्याक्कै १९ बर्ष ८ दिनपछि क्रिस गेलले दोहोरो शतक पुरा गरेका थिए । तर गेलको कीर्तिमान २७ दिनमै तोडियो । जारी विश्वकपको अन्तिम क्वाटरफाइनलमा वेष्टइण्डिजविरुद्ध मैदान उत्रिंदा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमकै ब्याट चम्किने आशा धेरैलाई थियो । केहिले रोज टेलर

क्रिकेटमा एपिएफ र भैरहवा–४ विजयी

Image
एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले क्षेत्र नम्बर ९ धनगढीलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले धनगढीलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै एपिएफले ६ अङ्क जोडेको छ । तीन खेल खेलेको एपिएफले तीनै खेलमा जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रेको धनगढी २७ ओभरमा ७० रन जोड्दै अलआउट भयो । धनगढीको ७१ रनको चुनौतीलाई पच्छ्याएको एपिएफले ३१ दशमलव १ ओभरमा २ विकेटको क्षतिसँगै भेटायो । एपिएफका सुवास खकुरेलले सर्वाधिक २३ रनको योगदान दिए भने प्रदीप ऐरीले १९ रन जोडे । त्यस्तै धनगढीलाई ७० रनमा समेट्ने क्रममा एपिएफका वसन्त रेग्मी एक्लैले पाँच विकेट लिए । धनगढीका लागि भने ज्ञानेन्द्र कुँवरबाहेक अन्य ब्याट्सम्यानले प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उनले ३५ रन जोडेका थिए । तीन खेल खेलेको धनगढीको २ अङ्क छ ।  त्यसैगरी, पुल्चोक मैदानमा आजै भएको अर्को खेलमा क्षेत्र नं ४ भैरहवा विजयी भएको छ । भैरहवा क्षेत्र नं ६ बैतडीलाई एक विकेटले पराजित गर्द
Image
सुरुआती व्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको पाकिस्तानको ब्याटिङ लाइन अप एकपटक फेरि चल्न नसक्दा पाकिस्तानले खेलमा १ बल बाँकी छँदा अलआउट हुँदै २ सय १३ रन जोडको हो । काठमाडौं, चैत्र ६ । एक दिवसीय विश्वकप क्रिकेटको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अष्ट्रेलिया र पाकिस्तान भिडिरहेका छन् । अष्ट्रेलियाको एड्लेडमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले जितका लागि अष्ट्रेलियासामु २ सय १४ रनको चुनौती पेश गरेको छ । पाकिस्तानका लागि ह्यारिस सोहेलले ४१ रन, मिसवाह उल हकले ३४ रन जोडे । यसैगरी, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन तथा उमर अकमलले २० रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए । विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा शनिबार आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ ।

बजेट नबढाए धर्नामा बस्ने खेलकुद मन्त्रीको चेतावनी....

Image
नेपालगन्ज, फागुन २४ – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले  राष्ट्रिय बजेटको एकदमै न्यून रकम मन्त्रालयका लागि विनियोजन हुने गरेको भन्दै बजेट थप नभए संघर्षमा उत्रने चेतावनी दिनुभएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा आइतबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको प्रधानमन्त्री कप इण्डो नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिताको उदघाटन गर्दै मन्त्री पौडेलले बजेटमा वृद्धि नभए आफू मन्त्रीकै हैसियतमा भएपनि युवा तथा खेलाडीको हकहितका लागि धर्ना, सडक संघर्ष तथा अनसनमा बस्न तयार रहेको बताउनुभयो । अहिले बजेटमा एक अरब ४५ करोड मन्त्रालयका लागि छुट्टाइएको र त्यसको आधा रकम प्रशासनिक काममा खर्च भैरहेको उहाँले जानकारी दिनुभयो । नेपालले पछिल्लो समय क्रिकेटमा राम्रो गरेको भएपनि बजेट अभावका कारण अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन नसकिएको उहाँको भनाई छ । फुटबल र भलिबलमा पनि स्तरीय अन्तर्राष्ट्रिय मैदानको अभाव रहेको भन्दै उहाँले यसका लागि बजेट कम्तिमा एक प्रतिशत हुनुपर्ने माग गर्नुभयो ।

अष्ट्रेलिया विश्वकपको क्वाटर फाइनलमा...

Image
काठमाडौं, फागुन २४ - (अपडेट) अष्ट्रेलिया विश्वकप क्रिकेटको क्वाटर फाइनलमा पुगेको छ । आइतबार सिड्नीमा भएको खेलमा श्रीलंकालाई ६४ रनले हराउँदै घरेलु टोली श्रीलंका क्वाटर फाइनलमा पुगेको हो । हारपछि पनि श्रीलंकाको क्वाटर फाइनलमा पुग्ने संभावना कायम छ । जितका लागि ३ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ दशमलव २ ओभरमा सबै १० विकेट गुमाएर ३ सय १२ रन बनायो । श्रीलंकाको कुमारा सांगाकाराले १ सय ४ तथा तिलक रत्ने दिल्सानले ६२ रन बनाए । २४ बलमा ५२ रन बनाएका दिनेश चण्डिमल घाइते हुँदै क्रिजबाट बाहिरिएपछि श्रीलंकाली इनिङस ओरालो लागेको थियो । ४१ दशमलव ४ ओभरमा उनी घाइते हुँदासम्म श्रीलंकाले ४ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७६ रन बनाएको थियो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १ सय २ तथा स्टेभेन स्मिथले ७२ रन बनाए । म्याक्सवेलको विश्वकपमा दोश्रो छिटो शतक ५२ बलमा शतक पुरा गरेका म्याक्सवेल विश्वकपमा दोश्रो छिटो शतक पुरा गर्ने खेलाडी बने । सन् २०११ मा आयरल्याण्डका केबिन ओब्रोनले ५१ बलमा बनाएको शतकको कीर्तिमान तोड्नबाट च

पाकिस्तानी कप्तान मिस्बाहको अनौठो विश्व रेकर्ड...

Image
एजेन्सी : पाकिस्तानका कप्तान मिस्बाह उल हकले शनिबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा अनौठो विश्व रेकर्ड बनाएका छन्। उनले विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार न्यूजिल्यान्डको अक्ल्यान्डमा भइरहेको खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वान डे क्रिकेटमा पाँच हजार रन पूरा गरेका छन्।  मिस्बाहाले यो रेकर्ड आफ्नो १६० औं वान डे म्याचमा बनाएका हुन् । यो खेलका क्रममा उनीसँग एउटा अनौठो रेकर्ड समेत जोडिन पुगेको छ।  मिस्बाहले वान डे क्रिकेटमा अहिलेसम्म एउटा पनि सतक बनाउन सकेका छैनन् । उनी वान डे क्रिकेटमा सतक नै नबनाई सबैभन्दा बढी रन बनाउने खेलाडी बन्न सफल भएका हुन्।  मिस्बाहले अहिलेसम्म खेलेका १६० वटा वान डे खेलमा ४१ वटा अर्धसतक हानेका छन् । तर उनले सतक भने बनाउनै सकेका छैनन् । मिस्बाहले वान डे क्रिकेटमा सर्वाधिक ९६ रन बनाएका छन्।  ४० वर्षीय मिस्बाहले वान डे करियर सन् २००२ मा न्यूजिल्यान्डविरुद्धको खेलबाट शुरु गरेका थिए।  उनले वान डे क्रिकेटमा ४३ को उतत्कृष्ट औसतमा रन बनाएका छन् । उत्कृष्ट ब्याटिङ गरेपनि उनी सतक बनाउन चुक्दै आएका छन् ।

Ireland vs South Africa, ICC Cricket World Cup,2015 (Live Streaming)

Image