Posts

Showing posts from April, 2015

आइपिएलमा नौ खेलपछि दिल्लीको जित...

Image
दिल्ली : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले घरेलु मैदानमा रहेको खराब लय अन्त्य गरेको छ। दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा शुक्रबार राति मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्‍यो। फिरोज शाह कोट्ला मैदानमा दिल्लीले नौ खेलपछि जित हात पारेको हो। दिल्लीको जितमा श्रेयस आयरले जेपी डुम्नीले उत्कृष्ट ब्याटिङ गरे। पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९० रन जोडेको थियो। आयरले ८३ र डुम्नीले अविजित ७८ रनको योगदान गरे। आयरले ५६ बलमा पाँच छक्का र सात चौका प्रहार गरे। डुम्नीले ५० बलमा ६ छक्का र तीन चौका हिर्काए। यी दुई ब्याट्सम्यानबीच दोस्रो विकेटका लागि एक सय ५४ रनको साझेदारी भएको थियो। मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रनमात्र जोड्न सक्यो। अम्बाती रायुडु र रोहित शर्माले ३०/३० रन जोडे। पार्थिव पटेलले २८, लेन्डल सिमोन्सले १५, उन्मुक्त चन्दले १४ र किरोन पोलार्डले १० रन जोडे। मुम्बईका अन्तिम पाँच ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्। कुनै समय एक सय ३१ रन जोड्दा चार विकेट मात्र गुमाएको मुम्बई एकाएक दबाबम

एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ टोली बन्‍ने...

Image
१२ शनिबार बैशाख २०७२, काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको छ।  शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो। केही साताअघि सकिएको एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा क्यानले ५० खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागेको छ। नेपालले आगामी जुन १० र १२ मा एकदिवसीय स्वरूपको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल खेल्दै छ। त्यसैगरी जुलाईको पहिलो सातादेखि आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वकप छनोट प्रतियोगिता खेल्दैछ। यी दुवै प्रतियोगिताका लागि एकदिवसीय र टिट्वेन्टी दुवै राष्ट्रिय प्रतियोगिता गरी ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्ने कार्यक्रम थियो। 'एनपिएल नभएपछि र टिट्वेन्टी पनि तत्काल गर्न सम्भव नभएपछि अब एकदिवसीय राष्ट्रिय प्रतियोगिताकै आधारमा ५० जना खेलाडीलाई प्रारम्भिक छनोट गर्न लागिएको छ' क्यान स्रोतले भन्यो। स्रोतका अनुसार ५० खेलाडीलाई छनोट गरी उनीहरूबाट च

भारतलाई 1-0 ले हराउँदै नेपाली चेलीहरुको टिम फाइनलमा...

Image
फोटो:- एएफसी यु-१४ गर्ल्स फुटबल प्रतियोगिता काठमाडौं : काठमाडौंमा जारी एएफसी यु १४ फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको सेमिफाइनल खेलमा भारतलार्इ पराजित गर्दै नेपाली चेलीहरुको टिम फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाली चेलीहरुका तर्फबाट खेलको दोस्रो हाफमा निर्मला उपाध्यायले गरेको गोल नै नेपाली टिमलार्इ फाइनलमा पुर्याउन पर्याप्त भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा नेपालले अग्रता लिन सफल भएको थियो । निर्धारित ७० मिनेटको खेलमा ३५ मिनेटको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका लागि खेलको ४६ औं मिनेटमा निर्मला उपाध्यायले गरेको  उत्कृष्ट गोल भारतलार्इ घर फर्काउन पर्याप्त भयो । नेपालले अब उपाधिका लागि बंगलादेश र  इरानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाली चेलीहरुको टिमले समूह चरणको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी इरालार्इ ३-२ गोल अन्तरले हराएको थियो । त्यसैगरी दोस्रो खेलमा नेपाली चेलीहरुले १०-० को भारी अन्तरले हराएका थिए । क्वाटर फाइनल भिडन्तमा नेपाली चेलीहरुले श्रीलंकलार्इ ८-० को फराकिलो अन

आइपिएलमा दिल्लीले मुम्बईलाई हरायो..

Image
वैशाख ११ – ईन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा दिल्ली डेयरडेभिल्सले मुम्बई ईन्डियन्सलाई ३७ रनले हराएको छ । टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिङ्मा उत्रिएको मुम्बईले ९ विकेटको क्षतीमा मात्र १ सय ५३ रन बनायो । यो जितसँगै दिल्लीले ६ खेलमा ३ मा जित निकालेको छ । ६ खेल खेलेको मुम्बईले भने अहिलेसम्म एउटा मात्र खेल जितेको छ । आइपिएलमा शुक्रबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङलोरबीच खेल हुनेछ । मुम्बईका लागि पार्थिव पटेलले २८, राहित शर्माले ३० र अम्बाती राइडुले ३० रन बनाएका थिए। दिल्लीका बलरहरु इमरान ताहिर ३ र आशिष मिश्राले २ विकेट लिए। दिल्ली ६ खेलमा ३ जितका साथ चौथो स्थानमा उक्लिएको छ।

प्रेमिकाका लागि ज्यान समेत दिन तयार छु : विराट कोहली..

Image
वैशाख ८ – भारतीय क्रिकेटर विराट कोहलीले प्रेमिकाका लागि ज्यान समेत दिन तयार रहेको बताएका छन् । एक अंग्रेजी पत्रिकासँगको कुराकानीमा भारतीय टेष्ट टोलीका कप्तान समेत रहेका कोहलीले आफूले जोसँग माया गरेको छ उसका लागी आफ्नो ज्यान समेत दिन सक्ने बताएका हुन् । बलिउड अभिनेत्री अनुष्का शर्मासँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका कोहलीले अब भने आफ्नो सम्बन्धका बारेमा खुलेरै कुरा गर्न थालेका छन् । अनुष्का र आफ्नो सम्बन्ध विल्कुल अलग भएको बताउँदै कोहलीले भने ‘हामी दुवै जना आ–आफ्नो क्षेत्रमा चर्चित तथा स्थापित भएका छाै, तर मानिसहरुले हाम्रो सम्बन्धलाई क्षणिक रमाइलोका रुपमा ब्याख्या गर्ने गरेका छन् तर ति कुरा भन्दा वास्तविकता धेरै फरक छ ।’ उनले भने ‘अनुष्का र मेरो सम्बन्ध विश्वासमा टीकेको छ । हामी एक आर्काबीच पुर्णरुपमा भरोसा राख्दछौं ।’ एक अर्काको काममा असर नपु¥याउने निर्णय गरेकाले आफूहरुलाई आ–आफ्नो काम गर्न स्वतन्त्रता रहेको विरातले बताए । आफूहरुको सम्बन्धका बारेमा विभिन्न किसिमका कुरा गर्नेलाई रोक्न नसक्ने भन्दै विराटले भने ‘हाम्रा लागि हाम्रो सम्बन्ध सबैभन्दा महत्वपुर्ण छ । त्यसैले हाम्रो सम्बन

बालुवा चाल्दै राष्ट्रिय खेलाडी....

Image
फोटो : सिरहाको गागन खोलामा बालुवा चाल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी जनक यादव। २०७२ बैशाख ९ बुधवार- सिरहा : जीवनको ऊर्जाशील समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक खेलाडी हातमुख जोर्समस्या परेपछि अहिले बालुवा चालेर जीविका चलाइरहेका छन्।  अयोध्यानगरका ५२ वर्षीय कुस्ती खेलाडी जनक यादवले आफूसहित ६ जनाको परिवार पाल्न समस्या परेपछि गिट्टीबालुवा चाल्न थालेका हुन्। सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा जनकले ९० केजी तौल समूहमा स्वर्णपदक जितेर मुलुकको प्रतिष्ठा बढाएका थिए।  तीनै जनक अचेल परिवार पाल्न गाउँ नजिकैको गागन खोलामा गिट्टीबालुवा चालिरहेका भेटिन्छन्।  'साफमा स्वर्णपदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुन्छ कि भन्ने आशाले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतका निकायमा पटकपटक धाएँ तर आश्वासनबाहेक केही पाइनँ', जनकले गुनासो गरे, 'परिषद् र मन्त्रालयका पदाधिकारी आफन्तलाई जागिर लगाउनमात्र तल्लीन भए, मेरो कुनै सोर्सफोर्स नभएकाले काम पाउन सकिनँ।' 'कुनै समय आफ्नो

टाउकोमा बलले लागेपछि अर्का भारतीय खेलाडी घाइते...

Image
वैशाख ८ – भारतको कोलकत्तामा केही दिन अघि मात्र क्रिकेट खेल्ने क्रममा घाइते भएका एक खेलाडीको ज्यान गएको थियो । त्यो घटनाको दुई दिन बित्न नपाउँदै टाउकोमा बलले लागेर अर्का एक खेलाडी घाइते भएका छन् । बंगाल क्रिकेट संगठनको सेकेण्ड डिभिजन लिगको खेलका क्रममा फिल्डिङ गरिरहेका राहुल बोस ब्याट्सम्यानले प्रहार गरेको बलले लागेर घाइते भएका हुन् । ब्याटसम्यानले प्रहार गरेको बल बाउन्स भएर बोसको टाउकोमा लाग्दा उनी मैदानमा ढलेका थिए । उनलार्ई तत्काल अस्पताल भर्ना गरिएको छ । अस्पतालका अनुसार बोसको स्थिती चिन्ताजनक नभएको र उनी बोलिरहेका छन् । डाक्टरले बोसलाई ७२ घण्टा सम्म अस्पतालमै राखेर २४ घण्टा निगरानीमा राख्ने बताएका छन् । यसअघि सोमबार फिल्डिङ गर्ने क्रममै ठोकिएर घाइते भएका कोलकत्ताकै अंकीत केशरीको सोही अस्पतालमा निधन भएको थियो ।

एसियन भारोत्तोलन नेपालमा....

Image
काठमाडौं : नेपालको इतिहासमा सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा भारोत्तोलनको एसियन च्याम्पियनसिप आयोजना हुने भएको छ। नेपाल भारोत्तोलन संघले राजधानीमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी साउन ६ देखि १५ गतेसम्म सिनियर एसियन महिला तथा पुरुष भारोत्तोलन च्याम्पियनसिप हुने जानकारी दिएको हो।  प्रतियोगितामा एसियाका ३० देखि ३५ राष्ट्रका करिब तीन सय ५० देखि चार सयजना खेलाडी सहभागी हुने जानकारी भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले दिए। उनका अनुसार गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्ने नेपालको प्रस्ताव एसियाली भारोत्तोलन महासंघले स्वीकार गरेको हो। नेपालमा भारोत्तोलनलाई पदकीय दृष्टिकोणले महत्त्वपूर्ण खेल मानिन्छ। नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा चार रजत र १० वटा कांस्यपदक जितेको छ, जुन अन्य खेलको तुलनामा सबैभन्दा बढी हो।  एसियाली प्रतियोगिताको कुल बजेट एक करोड ४२ लाख १२ हजार रुपैयाँ रहेको जानकारी पनि रतनले दिए। उक्त रकममध्ये १० प्रतिशत रकम प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रवेश शुल्कबाट, ४५ प्रतिशत रकम प्रायोजकबाट र बाँकी ४५ प्रतिशत रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्राप्

क्याच लिँदा मैदानमा ढलेका क्रिकेटरको निधन

Image
एजेन्सी : क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएको छ । मैदानमा ढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकित केसरीको उपचारका क्रममा ज्यान गएको हो । अंकित कोलकाताको इस्ट बंगाल क्लबका क्रिकेटर थिए । अंकित तीन दिनअघि खेलका क्रममा मैदानमै घाइते भएर ढलेका थिए । घाइते भएका उनी चोटबाट बाहिर निस्कन सकेनन् र संसारलार्इ अलबिदा भन्न बाध्य भए । अंकितलार्इ शुक्रबार सिएबी सिनियर नकआउट प्रतियोगितामा भवानीपुर क्लबविरुद्दको खेलका क्रममा चोट लागेको थियो । क्याच लिने कोशिस गर्दा उनी आफ्नै टिमका साथी सौरभ मण्डलसँग ठोक्किएर मैदानमै ढलेका थिए । तीन दिनयता कोलकाताको सिटी अस्पतालमा अंकितको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज हृदयघात भएर उनको ज्यान गएको हो । २८ अक्टोबर १९९४ मा जन्मेमा अंकित केसरीले बंगाल अन्डर-१९, इस्ट जोन अन्डर-१९, क्रिकेट एसोसिएशन अफ बंगला-११ र बंगाल अन्डर-२३ टिमबाट क्रिकेट खेलिसकेका थिए । २० वर्षीय यी दायाँ हाते बल्लेबाजले अहिलेसम्म ४७ वटा प्रतियोगिता खेलिसकेका थिए । यसअघि अस्ट्रेलियाका २५ वर्षीय फिलिप ह्युजको सिडनी क्रिकेट ग्राउन्डमा दक्षिण अ

Mumbai Indians overcome De Villiers, Wiese for first win

Image
Unmukt Chand and Lendl Simmons' fifties set up Mumbai Indians' win. The Royal Challengers Bangalore chase was definitely fantastical at the M Chinnaswamy Stadium in IPL 2015 on Sunday night. When confronted by a big total like Mumbai Indians' 209 for 7, one would expect that the team batting second to go for big shots from the word go but what transpired was quite surreal. The 18-run defeat may suggest that Royal Challengers Bangalore fought till the end but to tell the truth, the match was effectively over for them at 62 for 3 in the 11th over. AB de Villiers' 11-ball 41 and IPL debutant David Weise's 25-ball 47* breathed plenty of life into the chase but even their efforts were not enough to make up for the slow start from the home team's top order. Virat Kohli's men could only manage 191 for 7 to give Mumbai Indians their first win of the season in five matches. Manvinder Bisla, playing his first game in IPL 2015, accompanied Chris Gayle to open instead o

कोलकाताले पञ्जावलाई हरायो...

Image
काठमाडौं, वैशाख ६ – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलाकाताले किंग्स इलाभेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो । पञ्जावले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्या कोलकाताले १७ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका लागि आन्द्रे रसलले ६६, युसुफ पठानले नटआउट २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए । पञ्जापका सन्दिप शर्माले चार विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । उसका लागि जर्ज बेलीले ६० तथा ग्लेन म्याक्वेलले ३३ रनको योगदान दिएपनि जितका लागि प्रयाप्त हुन सकेन । कोलकाताका उमेश यादवले ३ तथा मोर्न मोर्केल र आन्द्रे रसलले समान दुई दुई विकेट लिए । खेलेका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको कोलकाता ४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ भने खेलेका चार खेलमा तीनमा हार र एकमा मात्र जित निकालेको पञ्जव दुई अंक सहित छैंटौं स्थानमा छ ।

चेन्नईको जित र मुम्बईको हार कायमै..

Image
मुम्बई, वैशाख ५ - शुक्रबार राति भएको आइपिएल खेलमा चेन्नई सुपरकिंग्सले आफ्नो विजय यात्रा जारी राख्यो भने मुम्बई इन्डियन्सको पराजय पनि जारी रह्यो । लगातार ३ खेल जितेको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अंक तालिकामा दोस्रो स्थानमा पुगेको । पहिलो स्थानमा भएको राजस्थानले ४ खेल खेलेर सबै जितेको हो । यता रोहित शर्मा नेतृत्वको मुम्बई भने लगातार ४ खेलमा पराजित भएर अंक तालिकाको पुछारमा पुगेको छ । हिजोको खेलमा केरन पोलार्ड (६४) र रोहित शर्मा (५०) ले मुम्बईको स्कोरलाई १ सय ८३ सम्म पुर्‍याएका थिए । कुनै बेला ६२ रनमा ४ विकेट गुमाएको स्थितिबाट यी दुईले टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । चेन्नईका लागि आशिष नेहराले ३ विकेट लिए । जवाफी ब्याटिङमा आएको चेन्नईले यो स्कोरलाई निकै सानो सावित गरिदियो । सत्रौं ओभरमा चेन्नईले लक्ष्य भेट्टायो र मुम्बई ६ विकेटले पराजित भयाे ।चेन्नईका लागि ड्वेन स्थिम, म्याकुलम र सुरेश रैनाले रन बटुल्ने काम गरे ।

म्याच फिक्सिङ संलग्न खेलाडीलाई मुम्बई क्रिकेटको ३२ लाख..

Image
वैशाख ४ – म्याच फिक्सिङ गरेको आरोपमा आजिवन प्रतिवन्ध भोगिरहेका भारतीय क्रिकेटर अंकित चौहानलाई मुम्बई क्रिकेट संघले ३२ लाख भारतीय रुपैयाँ दिएको छ । मुम्बई क्रिकेट संघ (एमसिए)ले चौहानलाई रणजी ट्रफी खेल्ने हरेक खेलाडीले प्राप्त गर्ने रकम बापतको ३२ लाख भारतीय रुपैयाँ दिएको हो । सन् २०१२–१३ को रणजी ट्रफीको उपाधि मुम्बईले जित्दा चौहानले टिमका तर्फबाट खेलेका थिए । त्यस समय मुम्बईले टोलीका हरेक सदस्यलाई ३२ लाख भारतीय रुपैयाँ दिने निर्णय गरेको थियो । तर चौहान २०१३ को आइपिएलमा भएको म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि उनले पाउने रकम संघले दिएको थिएन । एमसिएका उपाध्यक्ष रवि सावन्तका अनुसार सन् २०१४ मा चौहानको म्याच फिस र वोनस वापतको रकम भुक्तानी गर्ने बारे बिसिसिआईलाई पत्र पठाएपनि कुनै उत्तर नआएकाले अहिले रकम दिइएको हो ।

 राष्ट्रिय प्रतियोगितताबिनै टोली छान्‍ने तयारी: T20 World Cup

Image
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को चरम लापरबाही र गैरजिम्मेवार रबैयाले आगामी टिट्वेन्टी विश्वकप छनोट क्रिकेटअघि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएको छ।  वैशाख १२ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई नै आधार बनाएर क्यानले टिट्वेन्टी विश्वकप छनोटका लागि बन्द प्रशिक्षण गर्न खेलाडी छान्ने तयारी गरेको छ। नेपालले आगामी जुनमा एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र जुलाईमा टिट्वेन्टी विश्वकपको छनोट खेल्ने कार्यक्रम छ। यसअघि क्यानले टिट्वेन्टी राष्ट्रिय प्रतियोगितापछि मात्र ५० जना खेलाडीलाई छनोट गरेर यी दुवै प्रतियोगिताको तयारी थाल्ने जनाएको थियो। एकदिवसीय राष्ट्रिय प्रतियोगिता भने केही साताअघि भइसकेको छ। क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्य टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न प्रायोजक नेपाल टेलिकमसँग भएको सम्झौता तत्काल कार्यन्वयन गर्न नसकिने भएकाले एनपीएलकै आधारमा खेलाडी छनोट गर्न लागिएको बताए। 'नेपाल टेलिकमसँग भएको सम्झौताअनुसार टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तल्लो स्तरदेखि नै छनोट प्रतियोगिता ग

यु-१९ विश्वकपको छनोट खेल नेपालमा...

Image
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको विश्वस्तरको छनोट खेल आयोजना गर्ने अधिकार नेपाललाई दिने निर्णय गरेको छ।  संयुक्त अरब इमिरेट्समा बिहीबार सम्पन्न आइसिसीको बोर्ड बैठकले निश्चित सर्तहरूको अधिनमा रही उक्त प्रतियोगिता आयोजनाको अधिकार नेपाललाई दिने निर्णय गरेको छ।  यु-१९ विश्वकप छनोट यसै वर्ष आयोजना हुनेछ। तर प्रतियोगिता आयोजनाका लागि क्यानको प्रशासनिक क्षमता र भौतिक पूर्वाधारमा सुधारको सर्त अघि सारिएको छ। यसअघि बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा काठमाडौंमा गत साता आयोजित श्रद्धाञ्जलि कार्यक्रम सकेर फर्कने क्रममा आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सनले आइसिसी नेपालमा आफ्ना प्रतियोगिता आयोजना तयार रहेको बताएका थिए।  उनले नेपालमा आइसिसीका प्रतियोगिताहरू आयोजनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। क्यानका पदाधिकारीसँगको भेटमा एन्डर्सनले आइसिसीका प्रतियोगिता आयोजना गर्न नेपालले भौतिक व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका थिए।  यसैगरी अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष तथा आइसिसी

चौथो जितसँगै राजस्थान शीर्षमा

Image
मुम्बई, वैशाख ४ - राजस्थान रोयल्सले आइपिएलमा लागतार चौथो जित हात पारेको छ । दुई दिनअघि मुम्बईलाई शिकार बनाएको राजस्थानले बिहीबार रातिको खेलमा सनराइर्जस हैदरावादलाई ६ विकेटले पराजित गऱ्यो । टस जितरे फिल्डिंग रोजेको राजस्थानले सनराइजर्सलाई १ सय २८ रनमा रोक्यो । राजस्थानका धवल कुलकर्णी र प्रवीन ताम्बेले २ २ विकेट लिए । सनरार्जसका कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । जवाफी ब्याटिंगमा उत्रिएको राजस्थानलाई १ सय २९ को सानो योगफल पछ्याउन अन्तिम बलसम्म कुर्नुपऱ्यो । अजिंक्या रहानेले फेरि एकपटक आफूलाई प्रमाणित गर्दै ६२ रन बनाए । अन्तिमका दुई ओभरबाट १२ रन चाहिने स्थितिमा आएपछि भने राजस्थान रोकियो । अजिंक्या रहाने आउट भएपछि प्रवीण कुमारको अन्तिम ओभरमा खेल झन् रोचक भएको थियो । अन्तिम दुई बलबाट २ रन चाहिने अवस्थामा पहिलो बलमा स्टुअर्ट बिनीले १ रन मात्र जोडे र स्कोर बराबर भयो । अन्तिम बलमा १ रन ल्याउनै पर्ने दबाबका बीच राजस्थानका जेम्स फक्नरले चौका प्रहार गरे र टिमलाई जित दिलाए । हैदरावादका लागि रवि वोपाराले २ विकेट लिए । लगातार चार जितबाट राजस्थान रोयल अंक तालिकामा शीर्षमा छ ।

IPL, FULL POINTS TABLE

Image

युवराज चलेपछि दिल्लीको पहिलो जित

Image
पुने, वैशाख ३ - आइपिएलमा दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । बिहीबार रातिको खेलमा दिल्लीले किंग्स इलवेन पञ्जाबलाई पाँच विकेटले पराजित गरेको हो । यो सिजनमा सबभन्दा महंगो १६ करोडमा किनिएका तर अघिल्ला खेलहरुमा खासै नजमेका दिल्लीका युवराज सिंहले पञ्जाविरुद्ध भने अर्धशतक बनाए । पञ्जाबले दिएको १६६ रनको लक्ष्य पक्ष्याउन मयंक अग्रवालले ६८ र युवराजले ५५ रनको योगदान गरे । यी दुईले तेस्रो विकेटका लागि ६६ बलमा १ सय ६ रनको साझेदारी गरेका थिए । पञ्जाबले वीरेन्द्र सहवागको ४७ रनको मद्दतले ७ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

आइपिएलमा दिल्लीद्वारा पञ्जाव ५ विकेटले पराजित...

Image
  बैशाख ३ – इंन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा बिहीबार सनराइजर्स हैदरवाद र राजस्थान रोयल्स खेल्दैछन् । हैदरावाद डेविट वार्नरको कप्तानीमा र  राजस्थान शेन वाट्सनको कप्तानीमा मैदान उत्रदैछ । खेल बेलुकी सवा ८ बजे हुनेछ । यस्तै आइपिएलमा बुधबार बेलुकी सवा ८ बजे भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । दिल्लीले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले हराएको हो । खेलमा पहिले टस जितेर व्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ ६५ रन बनायो । पन्जावका लागि विरेन्द्र सेहवागले सर्वाधिक ४७ र हृद्धिमन साहले ३९ रन बनाए । पन्जावले दिएको १ सय ६६ रनको लक्ष्य दिल्लीले ५ विकेट गुमाएर १ बल बाँकी छदा भेट्टायो । दिल्लीका मयान्क अनुरागले ६८ र युवराज सिंहले ५५ रनको योगदान दिए ।

विवादपछि क्यानमा सिइओ पद रिक्त...

Image
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीबीच तीव्र विवाद भएपछि मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद रिक्त भएको छ। सिइओ भावना घिमिरेको ६ महिने परीक्षणकाल सोमबार नै सकिएको थियो। तर, सोमबार नै बसेको क्यान बोर्ड बैठकले घिमिरलाई न हटाउने निर्णय गर्‍यो न त समय थप्ने निर्णय। योसँगै क्यान पुन: विवादमा पर्ने देखिएको छ। स्रोतका अनुसार बोर्डका केही पदाधिकारीले केही महिनाका लागि भावनालाई राख्नुपर्ने मत राखेका थिए। केही पदाधिकारी भने घिमिरेले आफूलाई नटेरेको, पदाधिकारीका विषयमा एसियाली क्रिकेट काउन्सिल (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई कुरा लगाएको भन्दै रुष्ट देखिएका छन्।  बोर्ड बैठकमा धेरै पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि लिखित निर्णय हुन नसकेको हो। बोर्ड बैठकले कार्य सम्पादनलाई यसबारे निर्णय गर्न निर्देशन दिएको छ। कार्य सम्पादन बैठक बुधबार बस्ने भनिए पनि सोही दिन क्यानमा सिइओ पद रिक्त भइसक्नेछ। 'बैठकमा आवश्यक कोरम पनि पुगेको थियो। छलफलमात्र भयो तर निर्णय हुन सकेन', क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने।  उनले आगामी बैठकमा यसबारे निर्णय ह

कोलकाताका कप्तान गम्भिरले गरे उथप्पाको बचाउ...

Image
कोलकाता नाइटराइडर्सका कप्तान गौतम गम्भिरले आफ्नो टोलीका विकेट किपर तथा ओपनर ब्याट्सम्यान रोविन उथप्पाको वचाउ गरेका छन् । गम्भिरले कोलकत्ता र बैंगलोर रोयल च्यालेन्जर्सबिचको खेलमा उथप्पाको कुनै गल्ति नगरेको बताए । उथप्पाको बचाउ गर्दै गम्भिरले भने ‘खेलका लागि जब मैदामानमा खेलाडी पस्छन सबै खेलाडी आक्रमक हुनुपर्छ ।’ मंगलबार पत्रकारहरुसँगको कुराकानीमा गम्भिरले जव दुई टोलीविच रोमाञ्चक खेल भइरहेको छ भने त्यस खेलमा सामान्य आक्रोश ब्यक्त हुनु खेलको हिस्सा भएको दावी गरे । सञ्चार माध्यमले यस कुरालाई अब अघि बढाउनु जरुरत नभएको बताउदै गम्भिरले भने ‘घटनाका बारेमा बैंगलोरले कुनै उजुरी गरेन भने रेफ्री जगवाल श्रीनाथले घटनाका बारेमा आफूलाई जानकारी नभएको भन्नुपर्ने ठिक हुनेछ ।’ गम्भिरले कोलकत्ताका खेलाडी र कुनै पदाधिकारीलाई यस प्रकारको घटनाबारे थाहा नभएको समेत स्पस्ट पारे । गत शनिबार भएकोे खेलमा कोलकाता उथप्पा र बैंगलोरका सरफराज खानबिच झगडा भएको थियो । त्यस क्रममा उथप्पाले सरफराजको कलरमा समातेको दावीसहितका समाचार भारतीय सञ्चार माध्यममा आएका थिए ।

नेपाली खेलकुद : २०७१ फर्केर हेर्दा

Image
काठमाडौं, वैशाख १ – अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगितामा उत्साहजनक प्रदर्शन गर्न नसकेको २०७१ सालको नेपाली खेलकुद विवाद, द्वन्द्व, भ्रष्टाचार र कारबाहीका श्रींखलामा रुमलिन पुग्यो । जित, उत्साह र सनसनीपूर्ण नतिजाभन्दा पनि बढी खेलकुद संघमा विवाद  र  आर्थिक अनियमितताको विषय बढी चर्चामा रह्यो । ।  हार र जितकै चर्चा गर्दा हरेक विवादित विषयमा खेल निकायमा रहेका व्यक्ति र खेल सङ्घका पदाधिकारीमाथि भ्रष्टचारको आरोप लागे त कतै उनीहरूको नैतिकतामाथि बारम्बार प्रश्न उठिरह्यो । खेलकुदमा लगानी पहिलाको तुलनामा  खेलाडीको सेवा सुविधामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केही राम्रो प्रयास भने गरेको थियो । सरकारले यो वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई एक अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको थियो जसमा राखेपमा एक अर्ब २१ करोड रुपैयाँ निकासा भएको थियो । बाँकी २५ करोड रुपैयाँ बजेट खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ सिल्ड र युवा कार्यक्रमका लागि छुट्याएको थियो । राखेपमा निकासा भएको एक अर्ब २१ करोड रुपैयाँ बजेट विभिन्न किस्तामा आउने गर्छ  जसमा कर्मचारी तलब र भत्ताका लागि ३१ करोड, कार्यक्रम र खेलकुद प्रतियो

नेपालको क्रिकेट यात्रा: पवन कार्की (Admin: NPL Sports & NPL CRIC)

Image
पवन कार्की, दमक (झापा) Admin: NPL Sports & NPL CRIC 2013 विश्वककप छनोट र 2014 विश्वकपमा शरद भेस्वाकरको सान्दार पारी खेलेका थिए।  केन्याले दिएको 184 को लक्ष शरदले अन्तिम ओभरमा 6 26 6 हानेर नेपाललाई विजय दिलाएका थिए। हंकंग विरुद्ध अन्तिम ओभरमा छक्का र चौका प्रहार गर्दै नेपाललाई विश्वकपमा पु-याएर कसैले तिर्न नसकने गुण लगाएका छन्। विश्वकपमा पनी सान्दार पारी खेलेका शरदल 13, 41, 37 गरेर कुल 81 रन बनाए। 2014 मा भएको डिभिजन 3 मा राम्रो गर्न सकेनन्। त्यसलगत्तै भएको डिभिजन 2 मा राम्रो प्रदर्शन गर्न नसक्दा भने ऊनीमाथी धेरै लालछना लगाएका छन् जुन क्रिकेट प्रेमीको एउटा ठुलो गल्ती हो। शरद सधै आफ्नो देशको जितकोलागी खल्ने खेलाडी हुन्। शरदले  धनगडीमा भएको  SPA CUP T20 को पहिलो खेलमा राम्रो गर्न नसके पनी दोस्रो खेलमा अर्धसतक बनाउन मात्र 2 रनले चुकेका थिए।  त्यसपछी मुम्बईमा भएको खेलमा पहिलो ओभरमा 3 विकेट गएपछी विकेट समाल्न आएका शरदले 36 बलको सामना गरेर 28 रन बनाए।  शरदको खेल्ने तरिकाले गर्दा उनलाई गोवा प्रिमियर लिग[GPL] को व्यवसयीक खेलाडी भएका छन्  जस्मा रन्जी ट्रफी खेल्ने खेलाडी छन्। फिलिप ह्युज् ट्र

Watch Live : Nepal vs Australia 63-over Phillip Hughes Memorial tribute Match

Image
Watch Live : Nepal vs Australia 63-over Phillip Hughes Memorial tribute Match Nepal is playing against Australia, a 63 overs friendly game on April 11 in Tribhuvan University Stadium in Kathmandu. The 63-over match will be played as a Tribute Match as a tribute to late Australian cricketer Phil Hughes, who sustained a fatal injury on his head during a Sheffield Shield game on November 25, 2014, states the press release issued by the Cricket Association of Nepal (CAN) on Monday. 

​क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुने खेलको ट्रफि सार्वजनिक...

Image
​क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुने खेलको ट्रफि सार्वजनिक काठमाडौं, चैत २७ - खेल्ने क्रममा बलले लागेर ज्यान गुमाएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा शनिबार कीर्तिपुरमा हुने खेलको ट्रफि सार्वजनिक भएको छ । त्रिबि क्रिकेट मैदान कीर्तिपुमा नेपालका शक्ति गौचन र अष्ट्रेलियन क्रिकेटर रायट कार्टरले संयुक्त रुपमा ट्रफि सार्वजनिक गरेका हुन् ।  ह्युजप्रतिको श्रदाञ्जली स्वरुप शनिबार कीर्तिपुरमा नेपाल रातो र नेपाल निलोबीच ६३ ओभरको खेल हुनेछ । नेपाल रातोबाट अष्ट्रेलियाका कार्टरसहित ३ जना खेलाडीले खेल्नेछन् । उनी नेपाल रातोका कप्तान हुन् । यस्तै नेपाल निलोको नेतृत्व भने पूर्व कप्तान विनोद दासले गर्ने छन् । ट्रफि सार्वजनिक गर्दै गौचनले ह्युजप्रति श्रदाञ्जल अर्पण गर्न आयोजना हुने खेलमा टेष्ट खेल्ने देशका खेलाडीसँग खेल्न पाउनु खुसीको कुरा भएको बताए । उनले यो खेलमार्फत नेपाली क्रिकेटको अष्ट्रेलियासँग नाता गाँसिएको र यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।  यस्तै आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर तथा अष्ट्रेलियाको १९ वर्ष मुनिको टोलीका पूर्व कप्तान टिम एन्डर्सनले ह्युजको श्

अन्तिम ओभरको रोमाञ्च (फोटोफिचर)

Image
अन्तिम ओभरको रोमाञ्च (फोटोफिचर) चेन्नई, चैत्र: गए राति चेन्नइको एमए चिदम्बरम स्डेडियममा चलिरहेको यो सिजनको दोस्रो आइपिएल खेल अन्तिम ओभरतिर जाँदै थियो । क्रिजमा ब्याटिंग गर्दै थियो, दिल्ली डेयरडेविल्स र बलिङ आक्रमण गर्दै थियो घरेलु टिम चेन्नइ सुपरकिंग्स । जितका लागि दिल्लीलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । पूरै टिमको भरोसा एल्वी मोर्केलमाथि थियो, जो चेर्न्नईको गर्मीमा पसिनाका धारा बगाउँदै ब्याट समातेर बसेका थिए ।  ब्राभोको पहिलो बलमा नै उनले चौका हाने । दोस्रो बलमा मोर्केलले एउटा गल्ती गरे । उनले १ रन लिएर स्ट्राइक छोडे, र भर्खरै क्रिजमा आएका इमरान ताहिरलाई स्ट्राइक दिए । ताहिर यही बलमा आउट भए । अघिल्लाे ओभरमा यस्तै सानाे गल्तीले अमित मिश्रा रन आउट भएका थिए । ताहिरकाे विकेट जाँदा दिल्लीकाे ९ विकेट गइसकेकाे थियाे । फेरि स्ट्राइकमा आएका मोर्केलले छक्का हाने । अब दिल्लीका अगाडि जितका लागि २ बलमा ८ रन आवश्यक भयो । मोर्केलले २ रन लिए । उनले हानेको तेज बललाई सुरेश रैनाले बाउन्ड्रीमा रोकिदिए, २ रन जोगाए । उनको यही गतिलो फिल्डिङ आखिरमा निर्णायक सावित भयो ।  जितका लागि मोर्केलले छक्का नै हान्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने...

Image
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने काठमाडौं, चैत २६ – राष्ट्रिय खेलकुद परिषदले एक महिनापछि केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । परिषदले बिहीबार राष्ट्रपति रनिङ शिल्ड समन्वय समितिको सिफारिसमा आगामी वैशाख २७ देखि २९ गतेसम्म उपत्यकामा प्रतियोगिता गर्ने निर्णय गरेको हो । परिषदका अनुसार, प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराँते, उसु र तेक्वान्दो गरी ५ खेल खेलाइने छ ।  पाँच विकास क्षेत्रका  ३ सय ६० खेलाडीले भाग लिने प्रतियोगितामा एथ्लेटिक्समा ३४, भलिबलमा २, कराँतेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा हुने परिषदले जनाएको छ । प्रतियोगितामा पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् ।  परिषदले काठमाडांै र ललितपुरमा सञ्चालन हुने प्रतियोगितामा ३३ लाख रुपैयाँ खर्च हुने जनाएको छ  ।

प्रधानमन्त्रीसँग क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वाली एड्वार्डसको भेट वार्ता..

Image
प्रधानमन्त्रीसँग क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वाली एड्वार्डसको भेट काठमाण्डौं, चैत २७ –नेपाल भ्रमणमा रहेका क्रिकेट अष्ट्रेलियाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का ग्लोबल हेड वाली एड्वार्डसले प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेट गर्नु भएको छ । शुक्रबार विहान भएको भेटमा नेपाल अष्ट्रेलियाको सम्बन्ध, नेपाल र अष्ट्रेलियाको क्रिकेट खेल, खेल पर्यटनका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष एड्वार्डसले अष्ट्रेलियन क्रिकेटर फिल ह्युजप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल र अष्ट्रेलियाका बीचमा मैत्रीपूर्ण क्रिकेट खेल हुन लागेको प्रधानमन्त्री कोइरालालाई जानकारी गराउनुभयो । उहाँले नेपाली क्रिकेट खेलाडीहरुले क्रिकेट खेलमा गरेको प्रदर्र्शन र प्रगतिको पनि उच्च मूल्याङ्कन गर्दैै नेपालमा क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास र जनशक्ति विकासका लागि तालिममा सघाउन अष्ट्रेलिया सदैव तयार रहेको समेत बताउनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले क्रिकेट खेलमा नेपालले आशातित सफलता पाएको बताउँदै सरकारले मूलपानीमा सुविधा सम्पन्न क्रिकेट  मैदान निर्माण गरिरहेको र त्रिभुवन विश्व

अष्ट्रेलियाका पूर्व कप्तान बेनाडको निधन........

Image
अष्ट्रेलियाका पूर्व कप्तान बेनाडको निधन चैत २७ – अस्ट्रेलियाका पूर्व कप्तान रिची बेनाडको निधन भएको छ । छालाको क्यान्सर भएका रिचीको ८४ वर्षको उमेरमा निधन भएको विविसीले जनाएको छ । रिची बेनाडले ६३ वटा टेष्ट क्रिकेट खेलेका छन् । क्रिकेटको कमेन्टेटर समेत रहेका रिची बेनाड, टेस्ट क्रिकेटमा २ हजार रन र २ सय विकेट लिने पहिलो खेलाडी रुपमा चिनिन्छन् ।  उनको कमेन्ट्री गर्ने शैली निकै आकर्षक मानिन्थ्यो । Read More...... Richie Benaud ( Personal Profile) Personal information Full name Richard Benaud Born 6 October 1930 Penrith, New South Wales , Australia Died 10 April 2015 (aged 84) Sydney, New South Wales, Australia Nickname Richie Batting style Right-handed Bowling style Right-arm  leg spin Role All-rounder ,  commentator International information National side Australia Test debut (cap  190 ) 25 January 1952 v  West Indies Last Test 12 February 1964 v  South Africa Domestic team information Years Team 1948–1964 New South Wales Career statistics Competition Tests First-class Matches 63 259 Runs s

Cricket Accusations Of Nepal (CAN)

Image
Cricket Association of Nepal CAN Sport.           :  Cricket Jurisdiction :  National Founded।     : 1946 Affiliation    :        International Cricket Council Affiliation date:  1988 Regional affiliation:  Asian Cricket Council Affiliation date:  1990 Headquarters:  Kathmandu, Nepal President Binaya Raj Pandey Chief Exec Bhawana Ghimire Vice president Shree Harsha Koirala Secretary: Ramesh Kumar Silwal Men's coach: Pubudu Dassanayake Women's coach:  Shyam Sun Jung Thapa Other key staff:  Prakash Maharjan (Finance Manager) Operating income: Undisclosed Sponsor:  Nepal Telecom C.G. Foods Nepal Century Bank BS Sports Official website www.nepalcricket.org.np See also    ∆ Nepal national cricket team    ∆ Nepal national women's cricket team    ∆ Nepal national under-19 cricket team    ∆ Cricket in Nepal    ∆ National League    ∆ Nepal Premier League    ∆ SPA Cup List of cricket grounds in Nepal

Paras Khadka(About)

Image
Name.           :        Paras Khadka Date of Birth:        24 October 1987 (age 27) Date of Place:        Kathmandu, Nepal Nickname:             Captain Cool,  Height:  6 ft 1 in (1.85 m) Batting style: Right-handed Bowling style: Right-arm medium-fast,  off breakRole All-rounder Paras Khadka: T20I debut (cap 4) 16 March 2014 v Hong Kong Last T20I 24 November 2014 v Hong Kong Domestic team information Years Team 2014–2014 Vishal Warriors (NPL) 2011–2015 APF (National League) 2015–2015 Marylebone Cricket Club 2012–2013 Ontario Cricket Academy and Club

Nepal Premier League

Image
Nepal Premier League Nepal Premier League (NPL) Countries   Nepal Administrator Zohra Sports Management (ZSM) Format Two-day One-day, Twenty20 First tournament 2014 Next tournament 2015 Tournament format Round-robin and Knockout Number of teams 6 The NPL is a Twenty20, One-day and Two-day format cricket tournament inaugurated in 2014. The following are the six franchises in the NPL.     1. Colors X-Factors     2. Jagdamba Giants     3. Kantipur Gurkhas     4. Panchakanya Tej     5. Sagarmatha Legends     6. Vishal Warriors TV Kantipur Gold:  Nepal Premier League (NPL) (Nepali: नेपाल प्रिमियर लिग) is a professional cricket league in Nepal. It includes Twenty20, One-day and Two-day tournaments. All the formats are played in round-robin leagues from the groups. The first edition of the tournament was held in May 2014 with six franchises consisting of domestic and international players. The most awaited Nepal Premier League unveiled on 24 February in a press conference held at Hot

Indian Premier League(IPL): Live Scoreboard

Image

NPL Sports HD

Image
NPL   Sports   HD........  LIVE "NPL SPORTS" Address: Damak, Jhapa (Nepal) We are going to start soon... Watch live video from nplsports on www.twitch.tv Watch live video from Nplsport on www-origin.twitch.tv

एनपिएल आयोजनामा पुन: विवाद

Image
२०७१ चैत्र २१ शनिबार, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) आयोजक विषयमा पुन: विवाद देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को केही साताअघि भएको बैठकले यस पटक एनपिएल जोहोरा स्पोर्टस म्यानेजमेन्टलाई आयोजना गर्न दिने र अर्को वर्षदेखि आफैंले आयोजना गर्ने निर्णय गरेको थियो।  तर क्यान नै आफ्नो उक्त निर्णयमा पुनर्विचार गर्ने मनस्थितिमा देखिएको छ। एनपिएल क्यानले नै गर्नुपर्ने दबाब बढेपछि निर्णय पुनर्विचार हुने देखिएको छ।