Posts

Showing posts with the label NPL Sports

उपराष्ट्रपतिद्वारा सातौँ राष्ट्रिय खेलकुद समापन

Image
मध्यपश्चिमाञ्चलमा भेट्ने वाचासँगै शुक्रबार पूर्वाञ्चलमा पहिलोपटक आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले बृहत् कार्यक्रमबीच धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरेका छन् । ८ पुसदेखि सञ्चालित प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक स्वर्ण जितेको छ । प्रतियोगितामा नेपाल पुलिस दोस्रो र एपिएफ तेस्रो भएका छन् । पश्चिमाञ्चलको विरोध राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँ संस्करण आयोजकलाई झन्डा हस्तान्तरण गरेका छन् । सदस्यसचिव विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका भीम ओलीलाई हस्तान्तरण गरेका हुन् । परिषद्ले नवौँ संस्करण पश्चिमाञ्चलमा गर्ने निर्णय पनि शुक्रबार नै गरेको हो । यता, पश्चिमाञ्चलले नियम मिचेर मध्यपश्चिमाञ्चल क्षेत्रलाई दिएको भन्दै विरोध गरेको छ । पश्चिमाञ्चलका प्रतिनिधि दीपक गोदारले खेलकुदमन्त्री दलजित श्रीपालीको दबाबमा मध्यपश्चिमले आठौँ संस्करण आयोजना गन पाएको आरोप लगाएका छन् । ‘नियमअनुसार आठौँ संस्करण पश्चिमाञ्चलले पाउनुपर्ने थियो तर मन्त्रीको दबाबमा मध्यपश