Posts

Showing posts with the label Awards

क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबिपिएस इन्टरनेट र क्लियर टिभी सुविधा | Award

काठमाडौं: सुबिसु केबल नेटले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई एक एमबिपिएस स्पीडको इन्टरनेट र डिजिटल केबल टिभी 'क्लियर टिभी' को प्रिमियर प्याकेज उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले यो सुविधा उपलब्ध गराएको हो। 'हामीले पहिलो चरणमा १ बर्षका लागि यो सुविधा उपलब्ध गराएका हौं,' सुबिसु केबल नेटका सिइओ विनय मोहन साउदले भने, 'हाम्रो योजना यसलाई निरन्तरता दिने हो तर यो खेलाडी र क्यानको इच्छामा भर पर्छ।' साउदका अनुसार खेलाडीले सुबिसुको इन्टरनेटको अनलिमिटेड सुविधा पाउनेछन्। नेपाली क्रिकेट खेलाडीले निरन्तर क्रिकेटका माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै सुबिसुले खेलाडीको मनोबललाई उच्च बनाउन पनि आफूले यो सुविधा उपलब्ध गराएको सुबिसुले जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यस्ता साना साना कुराले पनि खेलाडीलाई हौसला दिने बताए। 'यस्ता खालका सम्मान र सुविधाले खेलाडीको हौसला बढ्छ,' उनले भने, 'यसमा सानो वा ठूलो भन्दा

सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित | Award

Image
अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो। क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन्। उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन्। यो पटक सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ। पुरस्कार राशी १ लाख छ। यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन्। चारै जनाले जनही ५० हजार नदग पाएका छन्।