अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द....

अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द...

काठमाडौं, फागुन ९  - विश्वकप क्रिकेट अन्तर्गत शनिबार हुने भनिएको अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द भएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा भएको भारी वर्षाले खेल सुरु नै हुन नसकेपछि दुवै टिमले १–१ अंक बाँडेका छन् ।यो खेलमा अंक बाँडेपछि अष्ट्रेलिया र बंगलादेश दुवैको २ खेलबाट समान ३ अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया दोश्रो र बंगलादेश तेश्रो स्थानमा छन् । आफूले खेलेका ३ वटै खेल जितेको न्युजिल्याण्ड समूह एको शीर्ष स्थानमा छ । अब बंगलादेशले आउँदो बिहीबार श्रीलंकासँग खेल्ने छ भने अष्ट्रेलियाले आउँदो शनिबार न्युजिल्याण्डसँग खेल्ने छ ।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals