जापानी क्लवले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाइदिने घोषणा..


काठमाडौं, फागुन ४– एउटा जापानी खेल क्लबले काठमाडौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको छ । नेपालमा बेसबल खेलको सम्भावनाबारे अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले काठमाडौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको हो ।

क्लबका सचिव सुजुकी हिजोतोषीले सोमबार भक्तपुर बेसबल प्रमोशन टीमले संचालन गरिरहेको खेल गतिविधि अवलोकनपछि काठमाडौ उपत्यकाभित्र सरकारी स्वामित्वको जग्गा पाए क्लब मैदान बनाउनका लागि सबै किसिमको लगानी गर्न तयार रहेको बताउनुभयो । बेसबलको अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन झण्डै २ करोड रुपैयाँ लाग्छ ।

नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले भक्तपुर बेसबल प्रमोशन टीमलाई एक लाख रुपैयाँ बराबरका खेल सामग्री पनि प्रदान गरेको छ । क्लबका सचिव हिजोतोषीले भक्तपुर बेसबल प्रमोशन टीमका संयोजक रोशन थापालाई खेल सामाग्री प्रदान गर्नुभयो । एक साताको अध्ययन भ्रमणमा आएको १० सदस्यीय जापानी टोलीले भक्तपुरका २ वटा र कास्कीका ६ वटा विद्यालयमा बेसबलको प्रशिक्षण पनि दिएको छ ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner