वार्षिक कार्यक्रम तयार पार्न क्रिकेट प्रशिक्षकहरुलाई क्यानको निर्देशन दीइयो...

वार्षिक कार्यक्रम तयार पार्न क्रिकेट प्रशिक्षकहरुलाई क्यानको निर्देशन

काठमाडौं, फागुन ६ - नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षकहरुलाई वार्षिक कार्यक्रम तयार गर्न निर्देशन दिएको छ । कार्यवाहक अध्यक्ष दीपक कोइरालासहितका पदाधिकारीहरुले यू–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत बहादुर टमाटा, महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक श्यामसन जङ्ग थापा र राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक विनोद दासलाई बार्षिक कार्यक्रम तयार पारी क्यानमा पेश गर्न निर्देशन दिएको हो । माघ २७ गते बसेको संघको बोर्ड बैठकले उनीहरुलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

संघका कार्यवाहक महासचिव उत्तम्कुमार कर्माचार्यले निकालेको विज्ञप्तिका अनुसार संघका कार्यवाहक अध्यक्ष  कोइराला, कार्यवाहक कोषाध्यक्ष शैलेशकुमार चौधरी तथा संघका कार्यवाहक महासचिव उत्तम कुमार कर्माचार्य लगायतको उपस्थितिमा संघका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलगायत संघका कर्मचारीहरुसंग क्यानको भावी कार्यक्रम लगायत दैनिक कामकारवाहीहरु व्यवस्थित ढंगले सञ्चालन गर्ने बारेमा पनि छलफल तथा परामर्श भएको छ ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav