इंग्ल्याण्डलाइ ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले समुह "A" प्रथम स्थानमा...
काठमाडौं, फागुन ८ - विश्वकप क्रिकेटको ९ औं खेलमा शुक्रबार न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले हरायो । यो खेलमा बनेका केहि कीर्तिमान :
१८ बलमा अर्धशतक
न्युजिल्याण्डका ब्राण्डम म्याकुलमले १८ बलमा ५० रन पुरा गरे । जुन विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । एक दिवसीय क्रिकेटमा भने दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले वेष्ट इण्डिजविरुद्ध गत महिना १६ बलमा अर्धशतक पुरा गरेर कीर्तिमान बनाएका थिए । यसअघि सन् १९९६ श्रीलंकाका सनथ जयासुर्याले १७ बलमा अर्धशतक बनाएका थिए । म्याकुलमसहित अरु ५ जना ब्याट्सम्यानले १८ बलमा अर्धशतक पुरा गरेका छन् ।
विश्वकपमा तेश्रो पटक सात विकेट
न्युजिल्याण्डका टिम साउथीले ७ विकेट पुरा गरे । विश्वकपमा कुनै पनि बलरले ७ विकेट लिएको यो तेश्रो पटक हो । उनले ९ ओभर बलिङ गर्दै ३३ रन दिएर ७ विकेत हात पारे । यसअघि सन् २००३ को विश्वकपमा अष्ट्रेलियाका ग्लेनम्याग्राले नामिबियाविरुद्ध (१५ रन दिएर ७ विकेट) र एन्डी बिचले ईंग्ल्याण्डविरुद्ध (२० रन दिएर ७ विकेट लिएका थिए । विश्वकप क्रिकेटमा कुनै बलरले ७ भन्दा बढी विकेट लिन सकेका छैनन् । एक दिवसीय क्रिकेटमा भने चामिन्दा भासले जिम्बाबेविरुद्ध सन् २००१ मा ८ विकेट लिएका थिए । एक दिवसीय क्रिकेटमा कुनै बलरले १० विकेट नलिएपनि नेपालका मेहबुब आलमले सन् २००८ को आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ मा मोजाम्बिकविरुद्ध १० विकेट लिएर कीर्तिमान बनाएका छन् ।
३०८ को स्ट्राइक रेट
न्युजिल्याण्डका ब्राण्डम म्याकुलले यो खेलमा ३ सय ८ को स्ट्राइक रेटले २५ बलमा ७७ रन बनाए । यो एक दिवसीय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानको दोश्रो धेरै स्ट्राइक रेट हो । पाकिस्तानका सहिद अफ्रिदी र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले मात्र ३ सयभन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।
विश्वकपको तेश्रो न्युन स्कोर
इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध बनाएको १ सय २३ रन विश्वकप क्रिकेटमा उनीहरुले बनाएको तेश्रो न्युन स्कोर हो । इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दा विश्वकपमा बनाएको सबैभन्दा न्युनस्कोर पनि हो यो । इंग्ल्याण्डले सन् १९७५ मा अष्ट्रेलियाविरुद्ध ९३ र १९९९ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ३ रन बनाएको थियो ।
Comments
Post a Comment