वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित...


काठमाडौं फागुन ४ - (अपडेट) दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित भएको छ । विश्वकप क्रिकेटको समूह चरणको पहिलो खेलमा वेष्ट इण्डिज सोमबार आयरल्याण्डसँग ४ विकेटले पराजित भएको हो । न्युजिल्याण्डको नेल्सनमा  जितका लागि पाएको ३ सय ५ रनको लक्ष्य आयरल्याण्डले खेल सकिन २५ बल अघि नै ६ विकेट गुमाएर पुरा गर्‍यो । आयरल्याण्डले विश्वकपमा भेट्टाएको यो तेश्रो ठूलो लक्ष्य हो  । यसअघि आयरल्याण्डले सन् २०११ को विश्वकपमा ईंग्ल्याण्डविरुद्ध ३ सय २९ र नेदरल्याण्डविरुद्ध ३ सय ७ रनको लक्ष्य भेट्टाएको थियो । आयरल्याण्डलाई जिताउन पउल स्टेर्लिङले ९२, एड जोयसले ८४ र निल ओब्रायनले नटआउट ७९ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो । ८७ रनको अवस्थामा ५ विकेट गुमाएर दवावमा परेपनि वेष्ट इण्डिजका लागि छैटौं नम्बरमा ब्याटिङमा आएका लेन्डल सिमोन्सले १ सय २ र सातौ नम्बरमा ब्याटिङमा आएका डारेन सामीले ८९ रन बनाएका थिए । अब आयरल्याण्डले आफ्नो दोश्रो खेलमा आउँदो १३ गते युएईसँग खेल्ने छ भने वेष्ट इण्डिजले आउँदो शनिबार पाकिस्तानसँग खेल्ने छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals