विराट चौथौ नम्बरमा

विराट कोहली भारतीय खेलाडीमा ‘अब्बल’
भर्खरै सकिएको आइसिसी विश्वकपमा भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोहलीको धेरै आलोचना भयो। रंगशालामा उनकी प्रेमिका अनुष्का शर्मासमेत रहेको सेमिफाइनल खेलमा विराटले १३ बलमा १ मात्र रन बनाएर आउट भएपछि अनुष्का समेत आलोचनामा परिन्। कति प्रसंशकले त विराटको तस्विर समेत जलाए।
तर आइसिसीले भने विराटलाई भारतका खेलाडीमध्ये अब्बल बनाएको छ। आइसिसीले तयार पारेको र्‍याङकिङमा विराट चौथौ नम्बरमा परेका छन्। एकदिवसीय क्रिकेटमा उनी भारतका पहिलो नम्बर ब्याट्सम्यान बनेका छन। भारतीय टिमकै शिखर धवन छैटौं  स्थानमा छन भने कप्तान महेन्द्रसिँह धोनी आठौं नम्बरमा परेका छन्।
आइसिसीको नयाँ र्‍याङकिङमा ब्याटिङतर्फ दक्षिण अफ्रिकाका कप्तान एबी डीविलियर्स पहिलो नम्बरमा छन भने बलिङतर्फ अष्ट्रलियाका मिचेल स्टार्क पहिलो नम्बरमा रहेका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav