शतक बनाउन नसकेकामा पछुतो

एडिलेड (एएफपी), चैत्र ८ - पाकिस्तानका कप्तान मिसवाह उल-हकले एकदिवसीयमा शतक बनाउन नसक्नु
आफ्नो जिन्दगीभरको पश्चतापका रूपमा रहेको बताएका छन् । विश्वकपमा अस्ट्रेलियासँग क्वाटरफाइनलमा पराजित भएसँगै मिसवाहको १ सय ६२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल यात्रा टुंगिएको थियो ।
मिसवाहले ३४ रनमात्र बनाउन सकेपछि पाकिस्तानले अस्ट्रेलियासँग २ सय १३ रनमात्र बनाउन सकेको थियो । जसको कारण अस्ट्रेलियाले १६ ओभरभन्दा अगाडि नै खेल टुंग्याएको थियो । मिसवाहसँगै साहिद अपि|mदीले अस्ट्रेलियासँगको खेलबाट एकदिवसीय क्रिकेट टुंगाए ।
एकदिवसीयमा शतक बनाउन नसक्नु ठूलो पछुतो भएको मिसवाहले बताए । 'शतक बनाउनु मेरो पनि इच्छा थियो, मैले आफ्नो सबै प्रयास लगाएको थिएँ । तर शतक कहिल्यै बनेन । यो निराशाजनक रह्यो तर आफ्नो खेलजीवनमा मैले रमाइलो गरें, त्यसमा म सन्तुष्ट छु ।'
एकदिवसीयमा एउटै शतक नबनाई सबैभन्दा बढी रन बनाउने कीर्तिमान मिसवाहको नाममा छ । उनले ५ हजार १ सय २२ रन बनाए । सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा वेस्ट-इन्डिजमा द ओबलमा वेस्ट-इन्डिजविरुद्ध ९६ रन बनाउनु मिसवाहको एकदिवसीयमा उच्च स्कोर हो ।
'आफ्नो देशको नेतृत्व गर्न पाउनु साँच्चिकै सम्मान हो,' टेस्ट क्रिकेटलाई निरन्तरता दिने बताउँदै मिसवाहले भने, 'मैले राष्ट्रका लागि सक्दो योगदान दिएँ ।'

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner