तेन्दुलकरको जर्सी ६ लाखमा बिक्री
भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो खेल जीवनको अन्तिम टेष्ट क्रिकेटमा लगाएको जर्सी ६ लाख भारतीय रुपैयाँमा बिक्री भएको छ ।
...
...
जोधपुरका राजा गज सिंहका छोरा शिवराज सिंहले जोधपुरको उम्मिद भवनमा गरेको लिलामीका क्रममा सचिनको जर्सी ६ लाखमा बिक्री भएको हो । सचिनको जर्सीसहितको यो लिलामीबाट ८० लाख रुपैयाँ संकलन भएको छ र यो सबै रकम टाउकोको चोटबाट पीडित मानिसको उपचारका लागि खर्च गरिने छ ।
सन् २०१३ को नोभेम्बरमा मुम्बईमा वेष्ट इण्डिजविरुद्ध खेल्दा सचिनले यो जर्सी लगाएका थिए । जुन उनको खेल जीवनको २०० औं टेष्ट क्रिकेट थियो । यो खेल भारतले एक इनिङ र १ सय २६ रनले जितेको थियो । जसमा तेन्दुलकरले ७४ रन बनाएका थिए ।
यो खेलपछि तेन्दुलकरले आफ्नो जर्सी च्यारिटीका लागि लिलामी गर्न दिएका थिए । सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका तेन्दुलकर जारी विश्वकपको दूत बनेका छन् ।

Comments
Post a Comment