पाकिस्तानी कप्तान मिस्बाहको अनौठो विश्व रेकर्ड...

एजेन्सी : पाकिस्तानका कप्तान मिस्बाह उल हकले शनिबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा अनौठो विश्व रेकर्ड बनाएका छन्।
उनले विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार न्यूजिल्यान्डको अक्ल्यान्डमा भइरहेको खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वान डे क्रिकेटमा पाँच हजार रन पूरा गरेका छन्। 

मिस्बाहाले यो रेकर्ड आफ्नो १६० औं वान डे म्याचमा बनाएका हुन् । यो खेलका क्रममा उनीसँग एउटा अनौठो रेकर्ड समेत जोडिन पुगेको छ। 
मिस्बाहले वान डे क्रिकेटमा अहिलेसम्म एउटा पनि सतक बनाउन सकेका छैनन् । उनी वान डे क्रिकेटमा सतक नै नबनाई सबैभन्दा बढी रन बनाउने खेलाडी बन्न सफल भएका हुन्। 
मिस्बाहले अहिलेसम्म खेलेका १६० वटा वान डे खेलमा ४१ वटा अर्धसतक हानेका छन् । तर उनले सतक भने बनाउनै सकेका छैनन् । मिस्बाहले वान डे क्रिकेटमा सर्वाधिक ९६ रन बनाएका छन्। 
४० वर्षीय मिस्बाहले वान डे करियर सन् २००२ मा न्यूजिल्यान्डविरुद्धको खेलबाट शुरु गरेका थिए।
 उनले वान डे क्रिकेटमा ४३ को उतत्कृष्ट औसतमा रन बनाएका छन् । उत्कृष्ट ब्याटिङ गरेपनि उनी सतक बनाउन चुक्दै आएका छन् ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav