भारत कि अस्ट्रेलिया ?
तथ्यांकमा अष्ट्रेलिया अगाडि
काठमाडौ, चैत्र ११ - सिड्नीमा बिहीबार डिफेन्डिङ च्याम्पियन भारत र घरेलु टीम अस्ट्रेलिया बीच हुने विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डले दक्षिण अफ्रिकामाथि बुधबार ४ विकेटको जित दर्ता गरि फाइनल प्रवेश गरिसकेको छ । विश्व क्रिकेटका दुई ठूला टिम भारत र अस्ट्रेलिया बीचको खेलको पखाईमा रहेका छन्, क्रिकेटका फ्यानहरू । तर कसले खेल जित्छ र फाइनलमा न्यूजिल्यान्डसँगको भेट पक्का गर्छ, बिहीबारै पत्ता लाग्ने छ । भारत र अस्ट्रेलिया बीचको सेमिफाइनल खेल हुनु अघि केहि तथ्यहरूले भने अस्टे्रलियालाई बलियो देखाउँछ । यी दुईले पहिले खेलेका खेलका आधारमा ८ तथ्यहरुः १. अस्ट्रेलिया विश्वकपको सबैभन्दा सफल टिम हो । उसले चारपल्ट विश्वकप जितिसकेको छ भने तीनपल्ट फाइनलमा पुगेर पराजित भएको छ । यस हिसाबले अस्टे्रलिया ११ औं विश्वकपसम्म आइपुग्दा अहिलेसम्म ७ पटक फाइनल पुगिसकेको छ । दुईपटक विश्वकप जितेको भारतले तीन पटक फाइनल यात्रा तय गरेको छ । २. भारत र अस्ट्रेलिया पहिलोपटक विश्वकपको सेमिफाइनलमा भिड्न लागेका हुन् । यस अघि उनीहरू सुपर सिक्स, क्वाटरफाइनल र फाइनलमा भिडेका थिए । ३. दुई टिम १० पटक विश्वकपमा भिडेका छन्, जसमा अस्ट्रेलियाले ७ पटक र भारतले ३ पटक जितेका छन् । ४. अस्ट्रेलिया अहिलेसम्म विश्वकपको सेमिफाइनलमा हारेको छैन । सन् १९९९ मा दक्षिण अफ्रिकासँग एक खेल बराबरी खेलेको थियो भने सन् १९९५, १९८७, १९९६, २००३ र २००७ मा जितेको छ । ५. अजय जडेजा एकमात्र भारतीय खेलाडी हुन्, जसले विश्वकपमा अस्ट्रेलियाविरूद्ध सतक प्रहार गरेका छन् । ६. दुई टिम बीचको सेमिफाइनल वर्षा वा अन्य कारणले नभए फाइनलमा भारत पुग्ने छ । किनकी भारतले समूह चरणमा अस्ट्रेलियाभन्दा माथि सुरूआत गरेको छ । अस्ट्रेलिया समूहमा दोस्रो नम्बरमा थियो भने भारत समूहमा एक नम्बरमा रह्यो । ७. अस्ट्रेलियाका रिकी पोन्टिङले भारतविरूद्ध विश्वकपमा सबैभन्दा बढी रन हानेको कीर्तिमान छ । उनले ५ इनिङ्समा ३०३ रन हानेका छन् । अस्टे्रलियाविरुद्ध धेरै रन हान्ने भारतीय खेलाडी सचिन तेन्दुलकर हुन् । उनले ६ खेलमा १ सय ९४ रन बनाएका छन् । ८. अस्ट्रेलियाका स्टिभ वा र क्रेग म्याकडेर्मोट भारतविरूद्ध धेरै ८ विकेट लिने खेलाडी हुन् । भारतका भने कपिल देवले अस्ट्रेलियाविरुद्ध ९ विकेट लिएका छन् । विश्वकपमा भारत र अस्ट्रेलिया बीचको नतिजा सन् १९८३, इंग्ल्यान्ड : अस्ट्रेलियाद्धारा भारत १ सय ६० रनले पराजित । सन् १९८३, इंग्ल्यान्ड (अर्को खेल) : भारतद्धारा अस्ट्रेलिया १ सय १८ रनले पराजित । सन् १९८७, भारत : अस्ट्रेलियाद्धारा भारत एक रनले पराजित । सन् १९८७, भारत (अर्को खेल) : भारतद्धारा अस्ट्रेलिया ५६ रनले पराजित । सन् १९९२, अस्ट्रेलिया : अस्ट्रेलियाद्धारा भारत एक रनले पराजित । सन् १९९६, भारत : अस्ट्रेलियाद्धारा भारत १६ रनले पराजित । सन् १९९९, इंग्ल्यान्ड : अस्ट्रेलियाद्धारा भारत ७७ रनले पराजित । सन् २००३, दक्षिण अफ्रिका : भारतद्धारा अस्ट्रेलिया ९ विकेटले पराजित । सन् २००३, दक्षिण अफ्रिका (अर्को खेल): अस्ट्रेलियाद्धारा भारत १ सय २५ रनले पराजित । सन् २०११, भारत : भारतद्धारा अस्ट्रेलिया ५ विकेटले पराजित ।
Comments
Post a Comment