‘विश्व मुवाँ थाई’मा पदक जित्ने दुई नेपाली खेलाडी सम्मानित

काठमाडौं, चैत्र १३ । थाइल्यान्डको बैंककमा हालै सम्पन्न ‘१२औं विश्व मुवाँ थाई प्रतियोगिता’मा पदक जित्न सफल दुई नेपाली खेलाडीहरु सम्मानित भएका छन् ।नेपाल मुवाँ संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी प्रतियोगितामा कास्यपदक जित्न सफल खेलाडीहरु छुल्टीम लामा र सूर्यबहादुर बुढाथोकीलाई जनही ५ हजार नगदसहित सम्मान गरेको हो । />लामाले ६३ दशमलव ५ केजीतर्फ तथा बुढाथथोकीले ७० केजीतर्फ कास्यपदक जितेका थिए । थाइल्यान्डबाट सुरु भएको मुँवा थाई खेल पछिल्लो समय विश्वमा एकै ठाँउमा उभिएर खेल्ने व्यवसायिक भिडन्तको रुपमा लोकप्रिय छ ।विश्व मुँवा थाई परिषदले विश्वभरका खेलाडीहरुबीच व्यवसायिक लिगसमेत सन्चालन गर्ने गरेको छ ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015