धोनी पत्नी साक्षीले भनिन्- मलाई भारतीय टिमको प्रदर्शनप्रति गर्व छ

विश्वकप क्रिकेटको सेमीफाइनलबाटै घर फर्केको भारतबारे विभिन्न टिका टिप्पणीबीच भारतीय टिमका कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षीले खुलेरै प्रशंसा गरेकी छन्।

विश्वकपमा हारका बाबजुत पूरै टिमले बहादुरीसाथ प्रदर्शन गरेको भन्दै जीन्दगीमा हार जित चलिरहने प्रतिक्रिया दिएकी छन्।
‘पूरै टीमले बहादुरीका साथ खेल्यो। मलाई भारतीय टिमप्रति गर्व छ,’ टिमलाई हौस्याउँन अष्ट्रेलिया पुगेकी उनले भनिन्, ‘जिन्दगीमा हार-जीत चलिरहन्छ। सेमीफाइनलसम्म टीमलाई पुर्‍याउन सबैले समान त्याग र मेहनत गरेका छन्। अब मलाई मेरा श्रीमानसँग घर फर्कन मन छ। फाइनल उनीसँगै हेर्न पाउँछु।’

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav