सुरुआती व्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको पाकिस्तानको ब्याटिङ लाइन अप एकपटक फेरि चल्न नसक्दा पाकिस्तानले खेलमा १ बल बाँकी छँदा अलआउट हुँदै २ सय १३ रन जोडको हो ।
काठमाडौं, चैत्र ६ । एक दिवसीय विश्वकप क्रिकेटको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अष्ट्रेलिया र पाकिस्तान भिडिरहेका छन् ।

अष्ट्रेलियाको एड्लेडमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले जितका लागि अष्ट्रेलियासामु २ सय १४ रनको चुनौती पेश गरेको छ ।


पाकिस्तानका लागि ह्यारिस सोहेलले ४१ रन, मिसवाह उल हकले ३४ रन जोडे । यसैगरी, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन तथा उमर अकमलले २० रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए ।

विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा शनिबार आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals