अस्ट्रेलियालाई न्युजिल्यान्डको १८४ रनको चुनौती
काठमाडौं : विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ ।
मेलबर्नमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा अलआउट हुँदै १८३ रन बनाएपछि आयोजक अस्ट्रेलियाले १८४ रनको सामान्य लक्ष्य पाएको हो ।
मेलबर्नमा अस्ट्रे लियाविरुद्ध टस जितेर पहिलो विश्वकप उपाधि उचाल्ने लक्ष्याका साथ ब्याटिङमा उत्रेको न्युजिल्यान्डले शुरुबाटै संकटमा पर्यो । आजको खेलमा न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सर्वाधिक ८३ रनको पारी खेले । उनले ८२ बलको सामना गर्दै ७ चौका र १ छक्का समेत हाने ।
त्यसपछि रोज टेलरले ४० रन बनाए । उनले ७२ बलको सामना गरेर सो पारी खेले । न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
अस्ट्रेलियाका बलरले न्युजिल्यान्डका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्काए । ओपनर बे्रन्डन म्याकुलम खेलको शुरुमै आउट भए । उनले तीन बल सामना गरेको अवस्थामा खाता नै नखोली पेभेलियन फर्के ।
त्यसैगरी वेस्टइन्डिजविरुद्ध विष्फोटक पारी खेल्दै दोहोरो सतक खेलेका मार्टिन गुप्तिल पनि आजको खेलमा जम्न सकेनन् । उनलाई ३४ बलमा १५ रन बनाएको अवस्थामा गेलेन म्याक्सवेलले बोल्ड गर्दै पेभेलियन फर्काए ।
न्युजिल्यान्डका अर्का ओपनर केन विलियम्सन पनि सस्तैमा आउट भए । उनी ३३ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन फर्के । त्यसैगरी रोज टेलर ७२ बलमा ४० रन बनाएको अवस्थामा आउट भए । कोरी एन्डरसन र ल्युक रोन्ची शून्यमै आउट भए ।
ड्यानियल भिटोरी ९ रनमा आउट भए । टिम साउथी ११ रनमा समेटिए । म्याट हेनरी पनि शून्य मै पेभेलियन फर्के । अस्ट्रेलियाका लागि मिचेल जोन्सन र जेम्स फक्नरले ३÷३ विकेट लिए । त्यसैगरी मिचेल स्टर्टले २ विकेट लिए ।
१० वटा विश्वकपमा अस्ट्रेलियाले अहिलेसम्म पाँचौ पटक उपाधि जित्ने धुनमा छ भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको न्युजिल्यान्ड छिमेकीबाट उपाधि खोसेर पहिलो खुसी मनाउने दाउमा छ ।

Comments
Post a Comment