अष्ट्रेलियालाई पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि

यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली न्युजिल्याण्ड ४५ ओभरमा मात्र १ सय ८३ रनमा अल आउट भयो । अष्ट्रेलियन तिब्र गतिका बलर सामु निरिह देखिएका न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले केहि राम्रो प्रर्दशन गरेपनि सुरुवाती र पुछारका ब्याट्सम्यान चल्न सकेनन । ३९ रनमा तेश्रो विकेट गुमाएको न्युजिल्याण्डलाई चौथो विकेटका लागि रोज टेलर र ग्रान्ट इलियटले १ सय ११ रनको साझेदारी गरेपनि अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । ८२ बल खेलेका इलियटले ८३ र रोज टेलरले ४० रन बनाए । न्युजिल्याण्डका ५ जना ब्याट्सम्यानले खाता सम्म खोल्न भ्याएनन । न्युजिल्याण्डलाई सस्तैमा समेट्नका लागि जेम्स फङकलर र मिचेल जोन्सनले समान ३, मिचेल स्टार्चले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । न्युजिल्याण्डले अन्तिम २३ रन जोड्नका लागि ७ विकेट गुमाएको थियो ।
Comments
Post a Comment