बजेट नबढाए धर्नामा बस्ने खेलकुद मन्त्रीको चेतावनी....


नेपालगन्ज, फागुन २४ – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले  राष्ट्रिय बजेटको एकदमै न्यून रकम मन्त्रालयका लागि विनियोजन हुने गरेको भन्दै बजेट थप नभए संघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा आइतबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको प्रधानमन्त्री कप इण्डो नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिताको उदघाटन गर्दै मन्त्री पौडेलले बजेटमा वृद्धि नभए आफू मन्त्रीकै हैसियतमा भएपनि युवा तथा खेलाडीको हकहितका लागि धर्ना, सडक संघर्ष तथा अनसनमा बस्न तयार रहेको बताउनुभयो ।

अहिले बजेटमा एक अरब ४५ करोड मन्त्रालयका लागि छुट्टाइएको र त्यसको आधा रकम प्रशासनिक काममा खर्च भैरहेको उहाँले जानकारी दिनुभयो । नेपालले पछिल्लो समय क्रिकेटमा राम्रो गरेको भएपनि बजेट अभावका कारण अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन नसकिएको उहाँको भनाई छ ।

फुटबल र भलिबलमा पनि स्तरीय अन्तर्राष्ट्रिय मैदानको अभाव रहेको भन्दै उहाँले यसका लागि बजेट कम्तिमा एक प्रतिशत हुनुपर्ने माग गर्नुभयो ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015