काल्स ग्राहकको अटोग्राफ र फुटबल सगरमाथामा पुर्‍याउने

काल्सवर्ग वियरले आफ्ना ग्राहकको अटोग्राफभएको ब्यानर र लिभरपुल क्लबका खेलाडीको हस्ताक्षरयुक्त फुटबल सगरमाथामा पुर्‍याउने भएको छ। क्लबका खेलाडी रिकी लामवर्ट, लुकास लिभा, लाजार मार्कोभिक फिलिप कोटिन्होको हस्ताक्षर भएको  बारक्लेज प्रिमियर लिगको आधिकारिक फुटबल नेपाल ल्याउन  लागिएको हो।
रिकी लामवर्टको हस्ताक्षर भएको फुटबल र नेपाली ग्राहकको अटोग्राफ भएको ब्यानर आगामी वैशाखको अन्तिम हप्ता सगरमाथाको चुचुरोमा पुर्‍याउने कार्यक्रम छ। 
काल्र्सवर्गको नेपाली उत्पादक गोर्खा ब्रुअरीले नेपालका फुटबल ôानका लागि यो एकपटक मात्र आउने मौका भएको बताएको छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner