अष्ट्रेलिया विश्वकपको क्वाटर फाइनलमा...
काठमाडौं, फागुन २४ - (अपडेट) अष्ट्रेलिया विश्वकप क्रिकेटको क्वाटर फाइनलमा पुगेको छ । आइतबार सिड्नीमा भएको खेलमा श्रीलंकालाई ६४ रनले हराउँदै घरेलु टोली श्रीलंका क्वाटर फाइनलमा पुगेको हो । हारपछि पनि श्रीलंकाको क्वाटर फाइनलमा पुग्ने संभावना कायम छ ।
जितका लागि ३ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ दशमलव २ ओभरमा सबै १० विकेट गुमाएर ३ सय १२ रन बनायो । श्रीलंकाको कुमारा सांगाकाराले १ सय ४ तथा तिलक रत्ने दिल्सानले ६२ रन बनाए । २४ बलमा ५२ रन बनाएका दिनेश चण्डिमल घाइते हुँदै क्रिजबाट बाहिरिएपछि श्रीलंकाली इनिङस ओरालो लागेको थियो । ४१ दशमलव ४ ओभरमा उनी घाइते हुँदासम्म श्रीलंकाले ४ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७६ रन बनाएको थियो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १ सय २ तथा स्टेभेन स्मिथले ७२ रन बनाए ।
म्याक्सवेलको विश्वकपमा दोश्रो छिटो शतक
५२ बलमा शतक पुरा गरेका म्याक्सवेल विश्वकपमा दोश्रो छिटो शतक पुरा गर्ने खेलाडी बने । सन् २०११ मा आयरल्याण्डका केबिन ओब्रोनले ५१ बलमा बनाएको शतकको कीर्तिमान तोड्नबाट चुके । तर पनि उनी एक दिवसीय क्रिकेटमा छिटो शतक पुरा गर्ने अष्ट्रेलियाको पहिलो खेलाडी बने । जारी विश्वकपमा नै वेष्ट इण्डिजविरुद्ध दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ५२ बलमा शतक बनाएका थिए ।
Comments
Post a Comment