ICC ले छान्यो ड्रिम टिम, भारतका एक जना पनि परेनन्...



काठमाडौं, चैत १६  - आइसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसी टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ घोषणा गरेको हो ।

आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलमसहित ५ खेलाडी परेका छन् । म्याकुलमलाई यो टिमको पनि कप्तान बनाईएको छ । भारत र पाकिस्तानका एक जना खेलाडी पनि यो टिममा परेनन् । विज्ञहरु सहभागी टिमले टिम अफ द आइसिसी क्रिकेट वर्ल्ड कप २०१५ छनौट गरेको आइसिसीले स्पष्ट पारेको छ ।  आइसिसीका क्रिकेट सम्बन्धी जनरल म्यानेजर तथा टिम छनौट गर्ने टोलीका अध्यक्ष जिओफ अल्लार्डेकले १२ जना खेलाडी छनौट गर्न निक्कै कठिन भएको बताउनुभयो । यो विश्वकपमा २ दोहोरो शतक र ३८ शतक बनेको तथा बलरहरुले पनि २ ह्याट्रिकसहित २८ पटक ४ विकेट लिएका थिए ।
आइसिसीले घोषणा गरेको टिमको ब्याटिङ अर्डर :

मार्टिन गुप्टिल – न्युजिल्याण्ड
ब्रेण्डन म्याकुलमा – न्युजिल्याण्ड (कप्तान)
कुमारा सांगाकार – श्रीलंका (विकेटकिपर)
स्टेभेन स्मिथ – अष्ट्रेलिया
एबी डि भिलियर्स – दक्षिण अफ्रिका
ग्लेन म्याक्सवेल – अष्ट्रेलिया
कोरे एन्डर्सन – न्युजिल्याण्ड
डेनियल भिट्टोरी – न्युजिल्याण्ड
मिचेल स्टार्क – अष्ट्रेलिया
ट्रेन्ट बोल्ट – न्युजिल्याण्ड
मोर्ने मोर्केल – दक्षिण अफ्रिका
ब्रेण्डन टेलर – जिम्बाबे (१२ औं खेलाडी)

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism