कोलकाताका कप्तान गम्भिरले गरे उथप्पाको बचाउ...

कोलकाता नाइटराइडर्सका कप्तान गौतम गम्भिरले आफ्नो टोलीका विकेट किपर तथा ओपनर ब्याट्सम्यान रोविन उथप्पाको वचाउ गरेका छन् । गम्भिरले कोलकत्ता र बैंगलोर रोयल च्यालेन्जर्सबिचको खेलमा उथप्पाको कुनै गल्ति नगरेको बताए । उथप्पाको बचाउ गर्दै गम्भिरले भने ‘खेलका लागि जब मैदामानमा खेलाडी पस्छन सबै खेलाडी आक्रमक हुनुपर्छ ।’

मंगलबार पत्रकारहरुसँगको कुराकानीमा गम्भिरले जव दुई टोलीविच रोमाञ्चक खेल भइरहेको छ भने त्यस खेलमा सामान्य आक्रोश ब्यक्त हुनु खेलको हिस्सा भएको दावी गरे । सञ्चार माध्यमले यस कुरालाई अब अघि बढाउनु जरुरत नभएको बताउदै गम्भिरले भने ‘घटनाका बारेमा बैंगलोरले कुनै उजुरी गरेन भने रेफ्री जगवाल श्रीनाथले घटनाका बारेमा आफूलाई जानकारी नभएको भन्नुपर्ने ठिक हुनेछ ।’

गम्भिरले कोलकत्ताका खेलाडी र कुनै पदाधिकारीलाई यस प्रकारको घटनाबारे थाहा नभएको समेत स्पस्ट पारे । गत शनिबार भएकोे खेलमा कोलकाता उथप्पा र बैंगलोरका सरफराज खानबिच झगडा भएको थियो । त्यस क्रममा उथप्पाले सरफराजको कलरमा समातेको दावीसहितका समाचार भारतीय सञ्चार माध्यममा आएका थिए ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner