चौथो जितसँगै राजस्थान शीर्षमा

टस जितरे फिल्डिंग रोजेको राजस्थानले सनराइजर्सलाई १ सय २८ रनमा रोक्यो । राजस्थानका धवल कुलकर्णी र प्रवीन ताम्बेले २ २ विकेट लिए । सनरार्जसका कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । जवाफी ब्याटिंगमा उत्रिएको राजस्थानलाई १ सय २९ को सानो योगफल पछ्याउन अन्तिम बलसम्म कुर्नुपऱ्यो ।
अजिंक्या रहानेले फेरि एकपटक आफूलाई प्रमाणित गर्दै ६२ रन बनाए । अन्तिमका दुई ओभरबाट १२ रन चाहिने स्थितिमा आएपछि भने राजस्थान रोकियो । अजिंक्या रहाने आउट भएपछि प्रवीण कुमारको अन्तिम ओभरमा खेल झन् रोचक भएको थियो । अन्तिम दुई बलबाट २ रन चाहिने अवस्थामा पहिलो बलमा स्टुअर्ट बिनीले १ रन मात्र जोडे र स्कोर बराबर भयो । अन्तिम बलमा १ रन ल्याउनै पर्ने दबाबका बीच राजस्थानका जेम्स फक्नरले चौका प्रहार गरे र टिमलाई जित दिलाए । हैदरावादका लागि रवि वोपाराले २ विकेट लिए ।
लगातार चार जितबाट राजस्थान रोयल अंक तालिकामा शीर्षमा छ ।
Comments
Post a Comment