कोलकाताले पञ्जावलाई हरायो...

काठमाडौं, वैशाख ६ – इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलाकाताले किंग्स इलाभेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जावले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्या कोलकाताले १७ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । कोलकाताका लागि आन्द्रे रसलले ६६, युसुफ पठानले नटआउट २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए ।

पञ्जापका सन्दिप शर्माले चार विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । उसका लागि जर्ज बेलीले ६० तथा ग्लेन म्याक्वेलले ३३ रनको योगदान दिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

कोलकाताका उमेश यादवले ३ तथा मोर्न मोर्केल र आन्द्रे रसलले समान दुई दुई विकेट लिए । खेलेका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको कोलकाता ४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ भने खेलेका चार खेलमा तीनमा हार र एकमा मात्र जित निकालेको पञ्जव दुई अंक सहित छैंटौं स्थानमा छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals