आइपिएलमा दिल्लीले मुम्बईलाई हरायो..
वैशाख ११ – ईन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा दिल्ली डेयरडेभिल्सले मुम्बई ईन्डियन्सलाई ३७ रनले हराएको छ । टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिङ्मा उत्रिएको मुम्बईले ९ विकेटको क्षतीमा मात्र १ सय ५३ रन बनायो ।
यो जितसँगै दिल्लीले ६ खेलमा ३ मा जित निकालेको छ । ६ खेल खेलेको मुम्बईले भने अहिलेसम्म एउटा मात्र खेल जितेको छ । आइपिएलमा शुक्रबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङलोरबीच खेल हुनेछ । मुम्बईका लागि पार्थिव पटेलले २८, राहित शर्माले ३० र अम्बाती राइडुले ३० रन बनाएका थिए। दिल्लीका बलरहरु इमरान ताहिर ३ र आशिष मिश्राले २ विकेट लिए। दिल्ली ६ खेलमा ३ जितका साथ चौथो स्थानमा उक्लिएको छ।
Comments
Post a Comment