प्रेमिकाका लागि ज्यान समेत दिन तयार छु : विराट कोहली..

वैशाख ८ – भारतीय क्रिकेटर विराट कोहलीले प्रेमिकाका लागि ज्यान समेत दिन तयार रहेको बताएका छन् । एक अंग्रेजी पत्रिकासँगको कुराकानीमा भारतीय टेष्ट टोलीका कप्तान समेत रहेका कोहलीले आफूले जोसँग माया गरेको छ उसका लागी आफ्नो ज्यान समेत दिन सक्ने बताएका हुन् ।

बलिउड अभिनेत्री अनुष्का शर्मासँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका कोहलीले अब भने आफ्नो सम्बन्धका बारेमा खुलेरै कुरा गर्न थालेका छन् । अनुष्का र आफ्नो सम्बन्ध विल्कुल अलग भएको बताउँदै कोहलीले भने ‘हामी दुवै जना आ–आफ्नो क्षेत्रमा चर्चित तथा स्थापित भएका छाै, तर मानिसहरुले हाम्रो सम्बन्धलाई क्षणिक रमाइलोका रुपमा ब्याख्या गर्ने गरेका छन् तर ति कुरा भन्दा वास्तविकता धेरै फरक छ ।’

उनले भने ‘अनुष्का र मेरो सम्बन्ध विश्वासमा टीकेको छ । हामी एक आर्काबीच पुर्णरुपमा भरोसा राख्दछौं ।’ एक अर्काको काममा असर नपु¥याउने निर्णय गरेकाले आफूहरुलाई आ–आफ्नो काम गर्न स्वतन्त्रता रहेको विरातले बताए ।

आफूहरुको सम्बन्धका बारेमा विभिन्न किसिमका कुरा गर्नेलाई रोक्न नसक्ने भन्दै विराटले भने ‘हाम्रा लागि हाम्रो सम्बन्ध सबैभन्दा महत्वपुर्ण छ । त्यसैले हाम्रो सम्बन्धका बारेमा बोल्नेलाई रोक्न सक्दैनौं र वास्ता पनि गर्दैनौं ।’

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav